-
‘पुनर्स्थापन हुने समय’ नजिकै छ!प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
त्यो दायित्व केही दिन, हप्ता अथवा महिनाहरूमा पूरा गर्न सकिने थिएन। तथापि, चेलाहरूले तुरुन्तै प्रचार गर्न थाले र तिनीहरूले पुनर्स्थापनको आशालाई कम हुन दिएनन्। यरूशलेममा भेला भएको विशाल समूहलाई सम्बोधन गर्दै पत्रुसले यसबारे यसो भने: “पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईंहरूका पाप मेटिओस्, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै ठहराउनुभएको उनै येशू, अर्थात् ख्रीष्टलाई पठाइदिनुहुन्छ, जसलाई सबै थोकको पुनःर्स्थापन नहोउञ्जेल स्वर्गले अवश्य थामिराख्नै पर्छ। जुन समयको विषयमा परमेश्वरले आदिदेखिनै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभयो।”—प्रेरित ३:१९-२१.
-
-
‘पुनर्स्थापन हुने समय’ नजिकै छ!प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
प्रेरित पत्रुसले यरूशलेमको विशाल समूहलाई सम्बोधन गर्दा व्यक्त गरेझैं स्वर्गले ‘येशूलाई थामिराखेको थियो।’ येशूले १९१४ मा आफ्नो राजकीय शक्ति हासिल गरेर परमेश्वरले नियुक्त गर्नुभएको राजाको हैसियतमा शासन सुरु नगरुञ्जेल त्यही अवस्था रह्यो। त्यतिबेला, यहोवाले येशूलाई “पठाइदिनुहुन्छ” अर्थात् ईश्वरीय उद्देश्यहरूको मुख्य कर्ताको भूमिका पूरा गर्ने अनुमति दिनुहुनेछ भनेर पत्रुसले भविष्यवाणी गरे। बाइबल त्यस घटनालाई प्रतिकात्मक भाषामा यसरी वर्णन गर्छ: “अनि [परमेश्वरको स्वर्गीय संगठनले] सारा जातिलाई फलामको डण्डाले शासन गर्ने एउटा छोरो जन्मा[यो] [अर्थात् परमेश्वरको राज्य येशू ख्रीष्टको हातमा आयो]।”—प्रकाश १२:५.
-