प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • ७, ८. स्वर्गदूतको निर्देशनले प्रेषितहरूमा कस्तो प्रभाव पाऱ्‍यो? हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

      ७ मुद्दा छिनोफानो हुने पर्खाइमा झ्यालखानामा बसिरहेका प्रेषितहरूको मनमा आफू सहिद हुनुपर्ने हो कि भन्‍ने कुरा खेलिरहेको हुन सक्छ। (मत्ति २४:९) तर त्यस रात कल्पनै नगरेको घटना घट्यो—“यहोवा परमेश्‍वरको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए।”b (प्रेषि. ५:१९) त्यसपछि स्वर्गदूतले तिनीहरूलाई तोकेरै यस्तो निर्देशन दिए: “मन्दिरमा खडा भएर . . . सबै कुरा बताइरहो।” (प्रेषि. ५:२०) त्यस्तो आज्ञा पाएपछि आफूले गरिरहेको काम सही हो भनेर प्रेषितहरू पक्कै ढुक्क भए। ती स्वर्गदूतको कुरा सुनेपछि तिनीहरूले जस्तोसुकै परिस्थिति आए तापनि दृढ अडान लिन थप बल पाएको हुनुपर्छ। बलियो विश्‍वास र साहसका साथ प्रेषितहरू “बिहान हुनेबित्तिकै मन्दिरभित्र पसेर सिकाउन थाले।”—प्रेषि. ५:२१.

  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • b मूल भाषामा हेर्दा प्रेषितको पुस्तकमा लगभग २० चोटि स्वर्गदूतहरूबारे तोकेरै उल्लेख गरिएको छ। त्यसमध्ये यो पहिलो चोटि हो। त्यसअघि प्रेषित १:१० मा भने स्वर्गदूतहरूलाई “सेता लुगा लगाएका . . . मानिस” भनेर मात्र उल्लेख गरिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने