प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. सुसमाचार सुनाउनू भन्‍ने परमेश्‍वरको आज्ञा हामी पालन गर्छौँ

      प्रथम शताब्दीमा विरोधीहरूले येसुका चेलाहरूलाई सुसमाचार सुनाउनदेखि रोक्न खोजे। सुरुसुरुका ख्रिष्टियनहरूले सुसमाचार सुनाउने आफ्नो अधिकारलाई “कानुनी तवरमा स्थापना” गरे। (फिलिप्पी १:७) आज यहोवाका साक्षीहरू पनि त्यसै गर्छन्‌।a

      भिडियो हेर्नुहोस्‌।

      भिडियो: सुसमाचार सुनाउने अधिकारलाई कानुनी तवरमा स्थापना गर्ने (२:२८)

      प्रेषित ५:२७-४२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हामी किन सुसमाचार सुनाउन बन्द गर्नेछैनौँ? —पद २९, ३८ र ३९ हेर्नुहोस्‌।

  • तटस्थ रहनु भनेको के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • तटस्थ रहनु भनेको के हो?

      येसुले आफ्ना चेलाहरू ‘यस संसारका हुनु हुँदैन’ भनेर सिकाउनुभयो। (युहन्‍ना १५:१९) यसमा तटस्थ रहनु अर्थात्‌ संसारको राजनीति र युद्धमा कसैको पक्ष नलिनु समावेश छ। वास्तवमा तटस्थ रहन सधैँ सजिलो हुँदैन। तटस्थ रहेकोले अरूले हामीलाई हाँसोमा उडाउन सक्छन्‌। हामी कसरी तटस्थ रहेर यहोवाप्रति वफादार रहन सक्छौँ?

      १. साँचो ख्रिष्टियनहरू मानव सरकारहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

      ख्रिष्टियनहरू सरकारको आदर गर्छन्‌। हामी येसुले भन्‍नुभएझैँ गर्छौँ र “जे-जे सिजरका हुन्‌, सिजरलाई” दिन्छौँ अर्थात्‌ आफू बस्ने देशको नियमकानुन पालन गर्छौँ। (मर्कुस १२:१७) जस्तै: सरकारलाई तिर्नुपर्ने कर तिर्छौँ। यहोवाले अनुमति दिनुभएकोले मात्रै मानव सरकारहरूले शासन गरिरहेका छन्‌ भनेर बाइबलले सिकाउँछ। (रोमी १३:१) त्यसैले मानव सरकारहरूको अख्तियार सीमित छ भनेर हामी थाह पाउन सक्छौँ। मानिसजातिका समस्याहरूको समाधानको लागि हामी परमेश्‍वर र स्वर्गमा स्थापित उहाँको राज्यमा भर पर्छौँ।

      २. हामी तटस्थ रहेको कसरी देखाउन सक्छौँ?

      येसुले राजनीतिमा भाग लिनुभएन र हामी पनि लिँदैनौँ। येसु पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएको एउटा चमत्कार देखेपछि मानिसहरूले उहाँलाई आफ्नो राजा बनाउन खोजे। तर उहाँले इन्कार गर्नुभयो। (युहन्‍ना ६:१५) किन? किनभने पछि उहाँले भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६) हामी येसुका चेलाहरू भएकाले विभिन्‍न तरिकामा तटस्थ रहेको देखाउँछौँ। उदाहरणको लागि, हामी युद्धमा भाग लिँदैनौँ। (मिका ४:३ पढ्‌नुहोस्‌।) हामी राष्ट्रिय चिन्हहरूको आदर गर्छौँ तर उपासना भने गर्दैनौँ। जस्तै: हामी झन्डाको आदर गर्छौँ तर झन्डा सलामी भने गर्दैनौँ। (१ युहन्‍ना ५:२१) साथै हामी कुनै पनि राजनैतिक पार्टी अथवा उम्मेदवारको समर्थन वा विरोध गर्दैनौँ। यी र अन्य तरिकामा हामी परमेश्‍वरको सरकार अर्थात्‌ राज्यप्रति पूर्णतया वफादार भएको देखाउँछौँ।

      अझ खोतल्नुहोस्‌

      हाम्रो तटस्थताको जाँच हुन सक्ने अवस्थाहरू केलाउनुहोस्‌। साथै तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णयहरू गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      एक पुरुष तटस्थ रहन्छन्‌। दुई फरक पार्टीका राजनैतिक नेताहरूले भीडलाई भाषण दिँदा तिनी त्यसमा ध्यान दिँदैनन्‌।

      ३. साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌

      तटस्थ रहने सन्दर्भमा येसु र उहाँका चेलाहरूले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ। रोमी १३:१, ५-७ र १ पत्रुस २:१३, १४ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग १ (४:२८)

      • हामीले किन सरकारी अख्तियारवालाहरूको आदर गर्नुपर्छ?

      • हामी तिनीहरूको अधीनमा बसेको कुन-कुन तरिकामा देखाउन सक्छौँ?

      युद्धको बेला केही राष्ट्रले तटस्थ रहेको दाबी त गर्लान्‌। तर तिनीहरूले कुनै न कुनै तरिकामा युद्धमा भाग लिएका राष्ट्रहरूलाई समर्थन गरिरहेका हुन्छन्‌। तटस्थ रहनु भनेको वास्तवमा के हो? युहन्‍ना १७:१६ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग २ (३:११)

      • तटस्थ रहनु भनेको के हो?

      सरकारी अख्तियारवालाहरूले हामीलाई परमेश्‍वरको नियमविपरीत केही गर्न लगाएमा नि? प्रेषित ५:२८, २९ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌—भाग ३ (१:१८)

      • मानिसको नियम र परमेश्‍वरको नियम आपसमा बाझिँदा हामीले कसको नियम पालन गर्नुपर्छ?

      • के तपाईँ ख्रिष्टियनहरूले सरकारी अख्तियारवालाहरूको नियम पालन नगर्ने कुनै अवस्थाबारे बताउन सक्नुहुन्छ?

      ४. आफ्नो सोचाइ र कामबाट तटस्थ रहेको देखाउनुहोस्‌

      पहिलो युहन्‍ना ५:२१ पढ्‌नुहोस्‌। त्यसपछि भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?—तटस्थ रहन (२:४९)

      • भिडियोमा देखाइएका आएङ्‌गेले किन राजनैतिक पार्टीको सदस्य नहुने वा झन्डा सलामीजस्ता देशभक्‍ति देखाउने समारोहहरूमा भाग नलिने निर्णय गरे?

      • के तपाईँलाई तिनले सही निर्णय गरे जस्तो लाग्छ?

      अरू कस्ता अवस्थामा हाम्रो तटस्थताको जाँच हुन सक्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: विभाजित संसारमा तटस्थ रहनुहोस्‌ (५:१६)

      • अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरू हुँदा हामी कसरी तटस्थ रहेको देखाउन सक्छौँ?

      • राजनीतिज्ञहरूले गरेका निर्णयहरूले चाहे हामीलाई फाइदा होस्‌ वा बेफाइदा, हामी तटस्थ रहेको कसरी देखाउन सक्छौँ?

      • सञ्चार माध्यम वा सरसङ्‌गतले कसरी हाम्रो तटस्थतामा असर पुऱ्‍याउन सक्छ?

      चित्रहरूको सँगालो: १. आक्रोशित भीडले नारा लेखिएका प्लेकार्डहरू बोकेर विरोध गर्छ। २. एउटा खेल भइरहेको बेला एक पुरुषले राष्ट्रिय झन्डा फहराउँछन्‌। ३. एक विद्यार्थी राष्ट्रिय गान गाउँछन्‌। ४. एक सैनिक बन्दुक भिर्छिन्‌। ५. दुई राजनैतिक उम्मेदवार बहस गर्छन्‌। ६. एउटी स्त्री मतपेटिकामा आफ्नो भोट खसाल्छिन्‌।

      ख्रिष्टियनहरूले कुन-कुन क्षेत्रमा तटस्थ रहेको आफ्नो सोचाइ र कामबाट देखाउनुपर्छ?

      कसै-कसैले सोध्लान्‌: “तपाईँ किन झन्डा सलामी गर्नुहुन्‍न र राष्ट्रिय गान गाउनुहुन्‍न?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      ख्रिष्टियनहरू राजनैतिक मामिलाहरूमा आफ्नो बोली र काममा तटस्थ रहन हरप्रयास गर्छन्‌।

      तपाईँले के सिक्नुभयो?

      • हामीले किन मानव सरकारहरूको आदर गर्नुपर्छ?

      • हामी राजनैतिक मामिलाहरूमा किन तटस्थ रहन्छौँ?

      • कस्ता अवस्थामा हाम्रो तटस्थताको जाँच हुन सक्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      हामीले तटस्थ रहन कस्ता त्याग गर्नुपर्ने हुन सक्छ?

      यहोवाले आफ्नो वाचाअनुसारै सधैँ हाम्रो देखभाल गर्नुभएको छ (३:१४)

      भविष्यमा तटस्थताको जाँच हुने अवस्थाहरूको लागि परिवारहरूले कसरी पहिल्यै तयारी गर्न सक्छन्‌?

      सार्वजनिक कार्यक्रममा तटस्थ रहने (४:२५)

      एक जना व्यक्‍तिले आफ्नो देशको लागि ज्यान दिनु नै सबैभन्दा ठूलो सम्मानको कुरा होइन भनेर कसरी बुझे, हेर्नुहोस्‌।

      “परमेश्‍वरको लागि सबै कुरा सम्भव छ” (५:१९)

      जागिरको सन्दर्भमा निर्णय गर्नुपर्दा तपाईँ यस संसारको नहुन के गर्न सक्नुहुन्छ?

      “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” (प्रहरीधरहरा, अप्रिल १, २००६)

  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ५. खेदोको बाबजुद यहोवाको उपासना गरिरहनुहोस्‌

      अरूले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्न खोज्दा उहाँको सेवा गरिरहन साहस चाहिन्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: खेदोको बाबजुद साहसी हुनुहोस्‌ (६:२७)

      • भिडियोमा देखाइएका उदाहरणहरूले तपाईँलाई कसरी साहसी हुन मदत गर्छ?

      प्रेषित ५:२७-२९ र हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • सुसमाचार सुनाउने काम वा सभाहरूमाथि प्रतिबन्ध लगाइँदा समेत हामीले यहोवाको उपासना गरिरहनु किन महत्त्वपूर्ण छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने