प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • एक दम्पती बाइबल र बाइबलआधारित प्रकाशनहरू प्रयोग गर्दै आफ्नो घरअगाडि बसिरहेको एक मानिसलाई साक्षी दिँदै छन्‌।

      प्रेषितहरूजस्तै हामी पनि “घरघरमा गएर” सुसमाचार सुनाउँछौँ

      १६. प्रेषितहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए भनेर किन भन्‍न सक्छौँ? प्रेषितहरूको तरिका हामी कसरी पछ्याउँछौँ?

      १६ फेरि साक्षीकार्यमा लागिहाल्न प्रेषितहरूले अलिकति पनि आलेटाले गरेनन्‌। “हरेक दिन मन्दिरमा र घरघरमा गएर . . . येसु ख्रिष्टको विषयमा” तिनीहरूले नडराई “सुसमाचार घोषणा” गरिरहे।d (प्रेषि. ५:४२) ती जोसिला चेलाहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए। याद गर्नुहोस्‌, तिनीहरूले येसु ख्रिष्टको निर्देशनबमोजिमै घरघरमा गएर सुसमाचार सुनाए। (मत्ति १०:७, ११-१४) त्यसो गरेकोले नै तिनीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसिद्ध्याएका थिए। ती प्रेषितहरूझैँ आज यहोवाका साक्षीहरू पनि घरघरमा गएर सुसमाचार सुनाउने मानिसहरू भनेर चिनिन्छन्‌। हामी इलाकामा एउटै घर नछोडी सबैलाई सुसमाचार सुनाउँछौँ। त्यसमा राम्ररी साक्षी दिने हाम्रो सङ्‌कल्प झल्किन्छ। के यहोवाले आज घरघरको साक्षीकार्यमा आशिष्‌ दिँदै हुनुहुन्छ? अवश्‍य! अन्तको यस समयमा लाखौँले राज्य सन्देश स्विकारेका छन्‌ र कतिपयले त पहिलो चोटि साक्षीहरू तिनीहरूको घरमा आउँदा सुसमाचार सुनेका थिए।

      “घरघरमा गएर” सुसमाचार सुनाउनु

      यहुदी न्यायपरिषद्‌ले साक्षीकार्यमा प्रतिबन्ध लगाए तापनि चेलाहरूले “हरेक दिन मन्दिरमा र घरघरमा गएर” साक्षी दिन र सिकाउन छोडेनन्‌। (प्रेषि. ५:४२) “घरघरमा” भन्‍ने वाक्यांशले वास्तवमा के बुझाउँछ?

      मूल ग्रीकमा काट-ओइ-कोन-को शाब्दिक अर्थ “घरमा जानु” हो। केही अनुवादकअनुसार का-टा शब्दले चेलाहरूले घरघरमा गएर साक्षी दिए भनी बुझाउँछ। लुका ८:१ मा पनि का-टा शब्द यही अर्थमा चलाइएको छ। त्यहाँ येसुले “सहर-सहर अनि गाउँ-गाउँ”-मा गएर सुसमाचार सुनाउनुभयो भनी बताइएको छ।

      प्रेषित पावलले प्रेषित २०:२० मा ग्रीक शब्द काट-ओइ-कुस्‌ चलाउँदै ख्रिष्टियन निरीक्षकहरूलाई यसो भने: “तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष र घरघरमा सिकाउन नै पछि हटेँ।” कसै-कसैको विचारमा यस पदमा पावलले एल्डरहरूको घरघरमा गएर तिनीहरूलाई नै सिकाउनेबारे चर्चा गरिरहेका थिए। तर त्यसपछिको पद विचार गऱ्‍यौँ भने कुरा यस्तो होइन भनेर बुझ्न सकिन्छ। प्रेषित २०:२१ मा यस्तो लेखिएको छ: “तर मैले यहुदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्कने र हाम्रा प्रभु येसुमा विश्‍वास गर्ने विषयमा राम्ररी साक्षी दिएँ।” पावलका सङ्‌गी ख्रिष्टियनहरूले पश्‍चात्ताप गरेर येसुमा विश्‍वास गरिसकेका थिए। त्यसैले घरघरमा साक्षी दिने र सिकाउने काम सङ्‌गी ख्रिष्टियनहरूलाई नभई अरूलाई साक्षी दिनुसित सम्बन्धित छ भनेर स्पष्ट हुन्छ।

  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने