-
“तिमी हेर्नमा सुन्दरी छौ”प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या ३
-
-
एकदिन अब्राहाम एकदमै उत्साहित हुँदै साराकहाँ आए। भर्खरै जे घटना घट्यो, त्यसलाई अब्राहामले पत्याउनै सकिरहेका थिएनन्। तिनीहरू जुन ईश्वरको उपासना गर्थे, उहाँ भर्खरै स्वर्गदूतमार्फत देखा परेर अब्राहामसित बोल्नुभएको थियो! साराले उत्सुकतासाथ आफ्नो पतिलाई यो प्रश्न सोधेको कल्पना गर्नुहोस्: “उहाँले तपाईंलाई के भन्नुभयो? मलाई पनि भन्नुस् न!” यहोवाले भन्नुभएका कुराहरू सारालाई बताउनुअघि सायद अब्राहाम एकछिन कतै बसे; त्यसपछि यहोवाले भन्नुभएको यो कुरा सारालाई सुनाए: “तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।” (प्रेषित ७:२, ३) सुरुको उत्साह अलि साम्य भएपछि तिनीहरूले यहोवाले दिनुभएको जिम्मेवारीबारे मनन गरे। तिनीहरूले आफ्नो आरामदायी जीवन त्यागेर फिरन्तेको रूपमा जीवन बिताउनुपर्थ्यो। साराले कस्तो प्रतिक्रिया देखाउने थिइन्? अब्राहाम पक्कै पनि साराको जवाफ सुन्न उत्सुक थिए। के जीवनको यो नयाँ मोडमा तिनले आफ्नो पतिलाई राजीखुसीले साथ दिने थिइन्?
साराले गर्नुपरेको छनौटबारे बुझ्न हामीलाई गाह्रो लाग्न सक्छ। हामीलाई यस्तो लाग्न सक्छ, ‘ईश्वरले म र मेरो पतिलाई/पत्नीलाई यस्तो काम कहिल्यै अह्राउनुभएको छैन!’ तर के हामीले पनि यस्तै खालको छनौट गर्नुपर्दैन र? हामी भौतिक चिजबिजलाई एकदमै महत्त्व दिने संसारमा बाँचिरहेका छौं। यो संसारले आफ्नै सुविधा र धनसम्पत्तिलाई पहिलो स्थान दिन प्रोत्साहन दिन्छ। तर बाइबलले हामीलाई ईश्वरसित सम्बन्धित कुराहरूलाई पहिलो स्थान दिन र आफूलाई खुसी पार्ने कुरालाई भन्दा ईश्वरलाई खुसी पार्ने कुरालाई महत्त्व दिन आग्रह गर्छ। (मत्ती ६:३३) साराको छनौटलाई विचार गर्दै हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौं, ‘म कस्तो छनौट गर्छु?’
-
-
“तिमी हेर्नमा सुन्दरी छौ”प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या ३
-
-
अनि परिवारका सदस्यहरू नि? साराले क-कसलाई छोड्नुपर्थ्यो? “तिम्रो देश अनि तिम्रा नातेदारहरूलाई छोडेर त्यस देशमा जाऊ” भनेर ईश्वरले दिनुभएको आज्ञा पूरा गर्न खासगरि सारालाई गाह्रो भएको हुन सक्छ। दयालु र मायालु स्त्री साराको पक्कै पनि दाजुभाइ दिदीबहिनी, भदा-भदै, काका-काकीजस्ता एकदमै नजिकका आफन्तहरू थिए होलान्। तिनीहरूलाई अबउसो कहिल्यै भेट्न नसक्ने पनि हुन सक्थ्यो। तर जाने दिन नजिकिंदै जाँदा साराले साहसी हुँदै आफूलाई तम्तयार अवस्थामा राखिन्।
-