प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १, २. सावल दमिसक जानुको उद्देश्‍य के थियो?

      गम्भीर मुद्रामा हिँडिरहेका यात्रुहरू दमिसक पुग्नै लागेका छन्‌। त्यहाँ पुगेर तिनीहरू आफ्नो दुष्ट योजनाअनुसारै काम गर्ने विचारमा छन्‌। तिनीहरूले येसुका चेलाहरूलाई घिस्याउँदै घरबाट बाहिर निकाल्नेछन्‌ र बाँध्नेछन्‌; अपमान गर्नेछन्‌ र यहुदी न्यायपरिषद्‌को हातबाट सजाय दिन जबरजस्ती यरुसलेम लैजानेछन्‌।

      २ त्यस हिंस्रक समूहका नाइके सावल हुन्‌। तिनी एक जना ख्रिष्टियनको हत्यामा संलग्न भइसकेका छन्‌।a तिनले हालै आफ्ना कट्टरपन्थी साथीहरूले येसुका एक भक्‍त चेला स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्दा त्यो घटना हेरिरहेका थिए र त्यसमा पूर्ण समर्थन जनाएका थिए। (प्रेषि. ७:५७–८:१) यरुसलेममा बस्ने येसुका अनुयायीहरूको मात्र खेदो गरेर तिनको चित्त बुझ्दैन। त्यसैले सावल अरू ठाउँमा पनि सतावटको आगो सल्काउने नाइके बन्छन्‌। जताततै फैलिरहेको “त्यस मार्ग” भनेर चिनिने ख्रिष्टियनहरूको समूहलाई तिनी नामेट पार्न चाहन्छन्‌।—प्रेषि. ९:१, २; पृष्ठ ६१ मा भएको “दमिसकमा सावलको अख्तियार” शीर्षकको पेटी हेर्नुहोस्‌।

  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने