प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ९/१५ p. ३२
  • “को योग्य छ भनी खोज”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “को योग्य छ भनी खोज”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ९/१५ p. ३२

“को योग्य छ भनी खोज”

दमीशक हाम्रो सामान्य युगको प्रथम शताब्दीको एउटा संवृद्ध सहर थियो। फलफूलहरूको बगैंचाले घेरिएको यो सहर पूर्वबाट आउने यात्रीहरूका लागि मरुद्यान सरह थियो। येशू ख्रीष्टको मृत्यु भएको केही समयपछि नै दमीशकमा एउटा मसीही मण्डली स्थापना भएको थियो। यस मण्डलीका सदस्यहरूमा सा.यु. ३३ को पेन्तिकोस चाडको दौडान यरूशलेममा येशूका अनुयायी बनेका यहूदीहरू पनि थिए। (प्रेरित २:५, ४१) स्तिफनसलाई ढुङ्‌गाले हानेर मारेपछि उत्पन्‍न सतावटको कारण यहूदाका केही चेलाहरू पनि दमीशक गएका हुन सक्छन्‌।—प्रेरित ८:१.

सम्भवतः सा.यु. ३४ तिर हननिया नाउँ गरेका दमीशकका एक जना मसीहीले एउटा असाधारण जिम्मेवारी पाए। प्रभुले तिनलाई यसो भन्‍नुभयो: “उठ, र ‘सीधा’ भन्‍ने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससको शावल नाउँ भएको मानिसलाई खोजी गर। किनभने हेर, तिनी प्रार्थना गर्दछन्‌।”—प्रेरित ९:१०-११.

सीधा भन्‍ने गल्ली लगभग साढे एक किलोमिटर लामो र दमीशकको बीचबाट भएर जान्थ्यो। सँगै देखाइएको १९ औं शताब्दीको शिलालेखबाट हामी प्राचीन समयका गल्लीहरू कस्ता हुन्थे भन्‍ने केही छनक पाउँछौं। यो गल्लीको स्वरूपको कारण यहूदाको घर पत्ता लगाउन हननियाले केही समय खोज्नु परेको हुन सक्छ। तथापि, हननियाले पत्ता लगाइछाडे र तिनले गरेको भेटको कारण शावल पछि गएर सुसमाचारको एक जना जोसिला उद्‌घोषक प्रेरित पावल बने।—प्रेरित ९:१२-१९.

येशूले आफ्ना चेलाहरूलाई पठाउनुका साथै “को योग्य छ भनी खोज” भन्‍नुभएको थियो। (मत्ती १०:११, NRV ) स्पष्टतः हननियाले शाब्दिक रूपमै शावललाई खोजे। हननियाले जस्तै यहोवाका साक्षीहरू पनि खुसीसाथ योग्य व्यक्‍तिहरू खोज्छन्‌ र मानिसहरूले परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार्दा तिनीहरू रमाउँछन्‌। त्यस्ता व्यक्‍तिहरू भेट्‌दा तिनीहरूले गरेका सबै प्रयत्नहरू सार्थक हुन्छन्‌।—१ कोरिन्थी १५:५८.

[पृष्ठ ३२-मा भएको चित्र]

अहिलेको “‘सीधा’ भन्‍ने गल्ली”

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

From the book La Tierra Santa, Volume II, 1830

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने