प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १२ हननियाले आफूले पाएको जिम्मेवारी आज्ञाकारी भई पूरा गरे र आशिष्‌ पाए। राम्ररी साक्षी दिने जिम्मेवारी पूरा गर्न तपाईँलाई गाह्रो लागे तापनि के तपाईँ यो आज्ञा पालन गर्नुहुन्छ? कसै-कसैलाई घरघरमा गएर नचिनेका मानिसहरूसित कुरा गर्न डर लाग्छ। अरूलाई भने मानिसहरूलाई तिनीहरूको काम गर्ने ठाउँमा, सडकमा अनि टेलिफोन वा चिठीमार्फत साक्षी दिन चुनौतीपूर्ण लाग्छ। हननियाले आफ्नो डरलाई जित्न सके र सावललाई पवित्र शक्‍ति पाउन मदत गर्ने सुअवसर पाए।b येसुमाथि भरोसा गरेकोले अनि सावललाई सम्भाव्य ख्रिष्टियन भाइ ठानेकोले हननिया सफल भए। हामीले पनि हननियाले जस्तै साक्षीकार्यलाई येसुले डोऱ्‍याउँदै हुनुहुन्छ भनेर भरोसा गऱ्‍यौँ, मानिसहरूप्रति समानुभूति देखायौँ र डरलाग्दो मानिसहरूलाई पनि आफ्नो सम्भाव्य भाइ वा बहिनी ठान्यौँ भने आफ्नो डर जित्न सक्छौँ।—मत्ति ९:३६.

  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • b साधारणतया पवित्र शक्‍तिको वरदान प्रेषितहरूमार्फत दिइन्थ्यो। तर यस विशेष अवसरमा सावललाई पवित्र शक्‍ति दिन उहाँले हननियालाई नै अख्तियार दिनुभयो। ख्रिष्टियन भएको लामो समयसम्म सावलले १२ प्रेषितलाई भेट्‌न पाएनन्‌। तर त्यस अवधिभरि तिनी सक्रिय रहे। त्यसैले यहोवाले तिनलाई साक्षी दिने जिम्मेवारी पूरा गर्न आवश्‍यक शक्‍ति दिइरहनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने