-
“परमेश्वर पक्षपाती हुनुहुन्न”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
१-३. पत्रुसले कस्तो दर्शन देखे र हामीले किन यसको महत्त्व बुझ्नु जरुरी छ?
इस्वी संवत् ३६ शरद् ऋतुको कुरा हो। पत्रुस बन्दरगाह सहर जोप्पामा छन्। तिनी समुद्रनजिकैको एउटा घरको कौसीको न्यानो घाममा बसेर प्रार्थना गर्दै छन्। तिनी यस घरमा केही दिनदेखि पाहुना भएर बसेका छन्। यसबाट तिनको निष्पक्ष मनोवृत्ति केही हदसम्म देखिन्छ। यस घरका घरधनी सिमोन पेसाले चर्मकार हुन्। त्यतिबेलाका प्रायजसो यहुदीहरू यस्तो काम गर्ने मानिसको घरमा बास बस्दैनथे।a यहोवा पक्षपाती हुनुहुन्न भन्नेबारे अब पत्रुसले एउटा महत्त्वपूर्ण पाठ सिक्न लागेका छन्।
-
-
“परमेश्वर पक्षपाती हुनुहुन्न”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
a यहुदीहरू चर्मकारहरूलाई तुच्छ ठान्थे। किनभने चर्मकारहरूले जनावरको लास र सिनु छुनुपर्थ्यो अनि छालाको प्रशोधन गर्न कुकुरको दिसाजस्ता घिनलाग्दा चीजहरू प्रयोग गर्नुपर्थ्यो। उपासनाको लागि मन्दिरमा जान समेत तिनीहरूलाई अयोग्य ठानिन्थ्यो। तिनीहरूको काम गर्ने ठाउँ सहरदेखि कम्तीमा पनि २२ मिटर टाढा हुनुपर्थ्यो। सिमोनको घर “समुद्रनजिकै” हुनुको एउटा कारण यो पनि हुन सक्छ।—प्रेषि. १०:६.
-