यहोवाका जोसिला साक्षीहरू कदम मिलाएर अघि बढ़ेका!
यहोवाका प्रथम शताब्दीका साक्षीहरू निडर र सक्रिय मानिसहरू थिए। तिनीहरूले उत्सुकतासाथ येशूका यो आदेश पालन गरे: “गएर सबै देशमा जातिहरूलाई चेला बनाओ।”—मत्ती २८:१९,२०
तर ख्रीष्टका प्राचीन समर्थकहरूले त्यो आदेशलाई गम्भीरतापूर्वक पालन गरे भनेर हामी कसरी भन्न सक्छौं? बाइबलको प्रेरितहरूका कामको पुस्तकमा दिइएको प्रमाण अनुसार तिनीहरू साँच्चै नै कदम मिलाएर अघि बढ़ने, यहोवाका जोसिला साक्षीहरू थिए!
लाभ र अरू विशेषताहरू
लूकाको सुसमाचार र प्रेरितको लेखनशैली र भाषामा देखिने समानता अनुसार, दुवैको लेखक एकै जना हुनुपर्छ—अर्थात उही “प्रिय वैद्य, लूका।” (कलस्सी ४:१४) प्रेरितको पुस्तकको विशेषताहरू मध्य, त्यहाँ बचाएर राखिएका प्रार्थनाहरू र सम्बादहरू हुन्। यस पुस्तकको २० प्रतिशत्, सत्य विश्वासको पक्षमा, पावल र पत्रुसले दिएका भाषणहरूले भरिपूर्ण छन्।
प्राय सन् ६१ सालमा, प्रेरितको पुस्तक रोममा लेखिएको थियो। शायद त्यही कारण, त्यस्मा पावल, सिजरको साम्ने पुगेको र लगभग ई. स. ६४ सालमा निरो ले मसीहीहरूलाई सताएको कुरा उल्लेखित छैन्।—२ तिमोथी ४:११
लूकाको सुसमाचारमा जस्तै, प्रेरितको पुस्तकमा पनि थियोफिलसलाई सम्बोधन गरिएकोछ। यो पुस्तक विश्वासलाई बलियो पार्न र मसीहीधर्मको अभिवृद्विको समाचार दिन लेखिएको थियो। (लूका १:१-४; प्रेरित १:१, २) यस पुस्तकले यहोवाको हात, उहाँका वफादार सेवकहरू सँग भएको प्रमाण दिन्छ। यसले हामीलाई उहाँको आत्माको शक्ति महसूस गराउँदछ र ईश्वरीय प्रेरणा द्वारा आएका अगमवाणीहरूमा हाम्रो विश्वासलाई अझ बलियो पारीदिन्छ। प्रेरितको पुस्तकले हामीलाई सतावट सहने सहायता र यहोवाको आत्म-त्यागी साक्षीहरूहुने प्रेरणा दिनुका साथै राज्यको आशामा हाम्रो विश्वासलाई अझ बलियो पनि पार्दछ।
ऐतिहासिक विशुद्धता
पावलका सङ्गी हुनाकारण, लूकाले तिनीहरू दुवैका यात्राहरूको वर्णन गर्नुभएको छ। लूकाले प्रत्यक्ष साक्षीहरू सँग पनि कुरा-कानी गर्नु भयो। यो र स्वयम्ले गर्नु भएको गहिरो अनुसन्धानलेगर्दा, लूकाको लेख, ऐतिहासिक विशुद्धिको कुरा गर्ने हो भने, उच्चकोटिको एउटा कृति हो।
यसै कारण, विद्वान विलियम रामसेले एसो भन्न सक्नु भयो: “लूका उत्तम श्रेणिका इतिहासकार हुनुहुन्छ। उहाँका वक्तब्यहरू विश्वासयोग्य मात्र छैनन्। उहाँमा एउटा असली इतिहासकारको भाव पनि छ। यो लेखकलाई संसारका सबै भन्दा महान ऐतिहासकारहरू सँग स्थान दिनु पर्छ।”
एक जना विश्वासी साक्षी—पत्रुस
यहोवाको पवित्र आत्माको शक्ति द्वारा मात्र सुसमाचार सुनाउने ईश्वरीय काम गर्न सकिन्छ। येशूका चेलाहरूले पवित्र आत्मा पाए पछि, यरूशलेम, यहूदिया, समारिया र “पृथ्वीको छेउ सम्मै” तिनीहरूले उहाँबारे साक्षी दिनु परेको थियो। सन् ३३ साल, पेन्तिकोसको दिनमा, तिनीहरू सबै पवित्र आत्माले भरिन्छन्। बिहान ९:०० मात्र बजेको हुनाकारण, तिनीहरू, कसै कसैले सोंचे अनुसार, दाखमद्यले मातेका हुन सक्तैनन्। पत्रुस उठनु भएर एउटा रोमाञ्चकारी साक्षी दिनु हुन्छ र ३००० जन्हरूले बप्तिस्मा लिन्छन्। धार्मिक विरोधीहरूले, यी राज्यका प्रचारकहरूको आवाज बन्द गर्न खोज्छन् तर प्रार्थनाको जवाब दिनु हुँदै, परमेश्वरले आफ्ना साक्षीहरूलाई उहाँका वचन अझ निडर भएर बोल्न दिनुहुन्छ। अरूहरूले फेरि धम्काउँदा, तिनीहरू यस प्रकार उत्तर दिन्छन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरका आज्ञा अवश्य मान्नु पर्छ।” जसै तिनीहरू घर-घर प्रचार गर्दै जान्छन्, काम लगातार अघि बढछ।—१:१–५:४
यहोवाको आत्मामा भरोसा राख्दा उहाँका साक्षीहरूले सतावट सहने बल पाउछन्। तसर्थ, विश्वासी साक्षी स्तिफनसलाई विरोधीहरूले ढुङ्गाले हानेर मारे पछि, येशूका चेलाहरू तितर-बितर हुन्छन्, तर यसले गर्दा वचन झन् फैलिन्छ। सुसमाचारक फिलिप सामरियामा गएर अग्रगामी सेवा गछर्न्। अचानक, टार्सस भन्ने ठाउँका, शावल नाउँ भएका मानिसले धर्म परिवर्तन गर्नुहुन्छ। यो मानिसले पहिला पहिला, मसिहीहरूलाई हिंसात्मक रूपमा सताउद थियो। तर अब, उहाँ प्रेरित पावल कहलाइनुहुन्छ र दमीशकमा कड़ा विरोधको अनुभव गर्नु भए पछि, यहूदीहरूका हत्याजनक चाल बाट उम्कनुहुन्छ। थोरै समयका लागि पावल यरूशलेमका प्रेरितहरू सँग सङ्गत गर्नुहुन्छ। त्यस पछि, उहाँ आफ्नो मसिही सेवकाईमा लाग्नु हुन्छ।—प्रे ६:१–९:३१
यहोवाको हात उहाँका साक्षीहरू सँग छ भनेर प्रेरितको पुस्तकले अझ प्रदर्शित गर्छ। पत्रुसले डरकासलाई (तबीथा) मरेको अवस्था बाट बिंउताउँनु हुन्छ। विशेष बुलावा भएको हुनाकारण, पत्रुस सिजरियामा जानु भएर कर्नीलियस, उनका परिवार र मित्रहरूलाई सुसमाचार सुनाउनु हुन्छ। तिनीहरू बप्तिस्मा लिन्छन्। येशूका चेला हुने प्रथम अन्यजातिहरू यिनै हुन्। “सत्तरी हप्ताह” समाप्त हुन्छ र हामी सन् ३६ सालमा आई पुग्छौं। (दानियल ९:२४) थोरै समय पछि, हेरोद अग्रीपा प्रथमले, प्रेरित याकूबको हत्या र पत्रुसको गिरफ्तार गराई दिन्छ। तर, प्रेरित पत्रुसलाई स्वर्गदूतले झ्यालखाना बाट स्वतन्त्र पारीदिन्छ र यस प्रकार ‘यहोवाका वचन प्रबलता साथ बढ़दै गयो।’ (दी न्यु वर्ल्ड ट्रान्सलेशन्)—प्रे ९:३२–१२:२५
पावलका तीन धर्म-प्रचारका यात्राहरू
पावलले झैं, परमेश्वरको सेवामा आफूलाई रित्याउनेहरू माथि आशिषको धारा बग्दछ। पावलको प्रथम धर्म-प्रचार यात्रा सिरियामा शुरू हुन्छ। सायप्रसको टापुमा, बड़ा हाकिम सर्गियस पौलस र अरू धेरै जनाले विश्वास गर्छन्। प्याम्फिलियाको पर्गा भन्ने ठाउँमा, यूहन्ना मर्कूस यरूशलेम तर्फ लाग्छ तर पावल र बर्णाबास पिसिडियाको एन्टिओक तिर अघि बढ़नुहुन्छ। लिस्त्रामा यहूदीहरूले तिनीहरूको विरोध गर्ने षड़यन्त्र रच्छन्। पावललाई खूब सँग पिटे पछि मुर्दा भनि ठानेर छाड़छन्। तापनि पावल निको हुन्छन् र सेवकाईको काममा निरन्तर लाग्नुहुन्छ। अन्तमा, उहाँ र बर्णाबस सिरियाको एन्टिओकमा फर्केर आउँछन्। यस प्रकार धर्म प्रचारको प्रथम यात्रा समाप्त हुन्छ।—प्रे १३:१–१४:२८
प्रथम शताब्दीमा जस्तै, आजका शासनकारी दलले पनि पवित्र आत्माको निर्देशन अनुसार, प्रश्नहरूका समाधान गर्छन्। “मूर्तिहरूलाई बलि चढ़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस” भन्ने आवश्यक कुराहरू मध्य खतना थिएन। (१५:२८, २९) पावल र बर्णाबसको दोस्रो यात्रामा तिमोथी पनि सँगै जान्छ। म्यासिडोनियामा कदम राख्ने बुलावा आउन साथै उहाँहरू हिड़छन्। फिलिप्पीमा साक्षी दिए पछि ठूलो गड़बड़ी मचिन्छ र झ्यालखानाको थुनामा पर्छन्। तर भैंचालोले गर्दा तिनीहरू स्वतन्त्र हुन्छन् र झ्यालखानाका हाकिम र उनका परिवारलाई प्रचार गर्छन्, र यिनीहरूले पनि विश्वास गर्छन्।—प्रे १५:१–१६:४०
यहोवाका सेवकहरूले उहाँका वचन ध्यान लगाएर पढनु पर्छ। शास्त्रको खोजी गर्ने, बिरियाको मानिसहरू यसो गर्थे र प्रेरित पावलले पनि यसै गर्नु हुन्थियो। एथेन्सका अरैयापागसमा पावलले यहोवा सृष्टिकर्ता हुनुहन्छ भनेर साक्षी दिनु हुन्छ र केही मानिसहरूले विश्वास गर्छन्। कोरिन्थमा मानिसहरूले धेरै चासो देखाएको हुनाकारण, उहाँ त्यहाँ लगभग १८ महिना सम्म बस्नु हुन्छ। त्यहाँ हुनु भएको बेलामा, उहाँले थिस्सलोनिकीहरूलाई आफ्नो प्रथम र दोस्रो पत्र लेख्नु हुन्छ। सिलास र तिमोथी सँग विदा भएर, पावल एफिसस तर्फ जहाजमा जानु हुन्छ र त्यस पछि सिजरिया र यरूशलेमको बाटो लाग्नुहुन्छ। एन्टिओकको सिरियामा फर्कनुहुँदा, उहाँको धर्म प्रचारको दोस्रो यात्रा शेष हुन्छ।—प्रे १७:१–१८:२२
पावलले देखाउनु भएझैं घर-घर गएर साक्षी दिने काम मसीही सेवकाइको एउटा मुख्य भाग हो। तेस्रो यात्रामा (ई. स. ५२-५६) उहाँ धेरै जसो आफ्नो दोस्रो यात्राको बाटो दोहर्याउनु हुन्छ। पावलको सेवकाइले गर्दा, एफिससमा ठूलो विरोध खड़ा हुन्छ। यही ठाउँ बाट उहाँले कोरिन्थीहरूलाई आफ्नो प्रथम पत्र लेखेर पठाउनु हुन्छ। दोस्रो पत्र म्यसिडोनियामा लेख्नुहुन्छ तर रोमीहरूलाई पत्र आफू कोरिन्थ मै छँदा लेख्नु हुन्छ। मिलेतुसमा पावलले एफिससका प्राचीनहरू सँग भेट गर्नु हुन्छ र उहाँले तिनीहरूलाई खुल्लमखुल्ला र घर घरमा शिक्षा दिनुभएको कुरा याद गराउनु हुन्छ। यरूशलेम पुग्नु भएर, उहाँको तेस्रो यात्रा समाप्त हुन्छ।—प्रे १८:२३–२१:१४
सतावट निष्फल
सतावटलेगर्दा यहोवाका विश्वासी साक्षीहरूको मुख बन्द हुँदैन। यरूशलेमको मन्दिरमा हिंसात्मक हूल पावलको विरूद्धमा उठेर आउदा पनि, निर्भयता साथ उहाँले ती क्रोधित उपद्रवीहरूलाई साक्षी दिनु हुन्छ। सिजरियामा, गर्भनर फेलिक्सकहाँ उहाँलाई सैनिक रक्षक सँग पठाएको हुनाकारण, उहाँको हत्या गर्ने षड़यन्त्र पनि निष्फल हुन्छ। फेलिक्सले पावल बाट घुसको आशा गर्दै बस्छ र त्यो घुस पावलले न दिएको हुनाकारण, पावल दुई वर्ष थुनामा बस्नु पर्छ। पावलले सिजरलाई गरेको अपील, फेलिक्सको उत्तराधिकारी, फेस्टसले स्वीकार गर्छ। तर रोम तर्फ लाग्नु अघि, यो प्रेरितले राजा अग्रीपाको सामुन्ने एउटा स्फूर्तिमय प्रतिवाद पेश गर्नुहुन्छ।—प्रे २१:१५–२६:३२
सङ्कष्टहरूको वास्ता नगर्दै, यहोवाका सेवकहरू प्रचार गरीनै रहन्छन्। पावल अझ बढ़ी। सिजरलाई अपील गरेको हुनाले, सन् ५८ साल तिर, प्रेरित पावल लूका सँग रोम तर्फ लाग्नुहुन्छ। लिसिया भन्ने ठाँउको मिरामामा, उहाँहरू अर्को जहाज चढछन्। यो जहाज दुर्घटना ग्रस्त भएर, उहाँहरू माल्टा भन्ने टापुको किनार लाग्नु परेता पनि, अर्को जहाजले उहाँहरूलाई ईटाली सम्म पुर्याइदिन्छ। रोममा सैनिक रक्षकको निगरानीमा बस्नु परेता पनि, पावलले मानिसहरूलाई भित्र बोलाएर सुसमाचार सुनाउनु हुन्थियो। यस पटकको कारावास बाट नै उहाँले एफिसीहरू, फिलिप्पीहरू, कलस्सीहरू र फिलेमनलाई पत्रहरू पठाउनु भयो।—प्रे २७:१–२८:३१
कदम मिलाएर सधैं अघि बढ़ने
परमेश्वरको पुत्रले आरम्भ गर्नु भएको काम, प्रथम शताब्दीका यहोवाका साक्षीहरूले, विश्वासी भएर अघी बढ़ाएको कुरा प्रेरितको पुस्तकमा प्रदर्शित गरिएको पाउँछौं। हो, परमेश्वरको पवित्र आत्माको शक्ति द्वारा तिनीहरू जोसिला भएर साक्षीको काम गरे।
येशूका प्राचिन चेलाहरूले प्रार्थनापूर्वक परमेश्वरमा भरोसा राखेको हुनाकारण, परमेश्वरका हात उहाँहरू सित थियो। हजारौंले विश्वास गरे र ‘स्वर्गमनि भएका सारा सृष्टिमा’ सुसमाचार प्रचार गरियो। (कलस्सी १:२३) यो सत्य हो, दुवै त्यस बेला र आज, साँचो मसीहीहरू यहोवाका जोसिला साक्षीहरू साबित भएका छन्, सधैं कदम मिलाएर अघि बढ़ी रहने! (w90 5/15)
[पेटी/चित्र]
कप्तान कर्नीलियस: कर्नीलियस एक जना पल्टनको कप्तान हुनु हुन् थियो। (प्रे १०:१) कप्तानको वार्षिक तलव साधारण सिपाहीको भन्दा ५ गुणा बढ़ी हुन् थियो अथवा १२०० दिनार र बढ़ी पनि हुनुसक् थियो। पल्टनबाट रिटायर गर्दा पैसा अथवा जमीन उसलाई प्रदान गरिन्थियो। कप्तानको सैनिक पोशाक निकै रङ्गीन हुन् थियो। माथि सिरमा चाँदीको टोप, विशेष प्रकारको पोशाक माथि असल दर्जाको उनी खास्टो र गोड़ाको रक्षाको लागि लगाइने सुन्दर कवचहरू। कप्तानको मनिको दलमा, प्राय १०० जना मानिसहरू हुन्थिये तर कोही बेला ८० जना मात्र पनि हुनु सक्थियो। इटाली नामक पल्टनमा अकसर रोमी नागरिकहरू अथवा अन्य स्वतन्त्र मानिसहरू भर्ना हुन्थिये।
[पेटी/चित्र]
घरको कौसीमाथि गरेको प्रार्थना: पत्रुसले अरूलाई देखाउनको निम्ति एकलै कौसीमाथि प्रार्थना गर्नु भएको थिएन। (प्रे १०:९) छाती जति अल्गो, वरी-परी जाने पर्खालले गर्दा, पत्रुसलाई अरूहरूले हेर्न पनि सक्तैन थियो होला। (व्यवस्था २२:८) बाहिर सड़कको आवाज बाट टाढा भएर एक छिन् आराम गर्नकालागि पनि मानिसहरू साँझको बेलामा घरको कौसी माथि जान्थे।
[पेटी/चित्र]
मानिसको रूपमा देवता भनौदाहरू: पावलले एक जना लङ्गड़ो लाई निको पारेको हुनाकारण, लिस्त्राका निवासीहरूले मानिसको रूपमा देवताहरू आएछन् भनि ठाने। (प्रे १४:८-१८) मुख्य यूनानी देवता जिअसको त्यो शहरमा मन्दिर थियो र उनको पुत्र, हरमिस, देवहरूका दूत, आफ्नो भाषणकलाका लागि प्रसिद्ध थिये। बोल्नमा अगुवा भएको हुनाकारण, पावललाई मानिसहरूले हरमिस भनि ठान्छन् र बर्णाबसलाई जिअस। त्यस बेलामा, झूटो देवताहरूका मूर्तिहरूलाई फुलको अथवा धूपीको पातका माला लगाइ दिने चलन थियो। तर पावल र बर्णाबसले यस प्रकारका मूर्तिपूक चलनलाई अस्वीकार गरे।
[पेटी/चित्र]
झ्यालखानाका हाकिमले विश्वास गर्छ: भैंचालोले झ्यालखानाका ढोकाहरू खोली दिएर कैदीहरूलाई स्वतन्त्र पार्दा, फिलिप्पीका बासिन्दा, त्यो झ्यालखानाका हाकिम आत्म-हत्या गर्न खोज्छन्। (प्रे १६:२५-२७) किन? किनभने रोमी कानून अनुसार, झ्यालखाना बाट छुटने कैदीको सजाय झ्यालखानाको हाकिमले भोगनु पर्थियो। त्यो झ्यालखानामा कुनै-कुनै कैदीहरूले सन्तापपूर्ण मृत्यु दण्ड पाएको हुनु सक्छ। त्यसै कारण ता, त्यो दण्ड आफू माथि आइ पर्ला भनेर, झ्यालखानाका हाकिम बरू आत्म-हत्या द्वारा मर्न चाहे। तर उसले पनि सुसमाचार स्वीकार गरे, र “उनी र उनका परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” (प्रे १६:२८-३४)
[पेटी/चित्र]
सिजरलाई अपील: जन्म देखिन् रोमी नागरिक हुनाकारण, सिजरलाई अपील गर्ने र रोममा सुनवाइ माँगने अधिकार पावलको थियो। (प्रे २५:१०-१२) रोमी नागरिक लाई बाँध्नु, कोर्रा ठोकनु अथवा बिना मुद्दा सजाय दिनु निषेध थियो। (प्रे १६:३५-४०; प्रे २२:२२-२९; प्रे २६:३२)
[पेटी/चित्र]
आरटेमिसको मन्दिर-पाल: पावलले गरेको प्रचार बाट खलबलिएर, चाँदीको शिल्पकारी डेमेत्रियसले, मानिसहरू जम्मा गरेर कोलाहल मचाउछ। तर तिनीहरूलाई शहरको हाकिमले बिसर्जन गराइदिन्छ। (प्रे १९:२३-४१) थुप्रै स्तन भएकी, त्यो उर्व्वताकी देवीको मन्दिर भित्रको सबै भन्दा पवित्र स्थानको साना-साना चाँदीका प्रतिमाहरू बनाउथिए। यो देवीको नि-ओ-कोरोस अथवा ‘मन्दिर पाल’ हुने मान पाउनको निम्ति शहरहरू बीच प्रतियोगिता हुन् थियो।
[पेटी/चित्र]
समुद्रमा क्लेश: पावल चढ़ेको जहाजलाई यूरोआक्वीला नामक तूफानी बतासले भत्काउदा, ‘जहाजको पछि-पछि आउने डुँगालाई सकी न सकी तहमा’ ल्याए। (दी न्यु वर्ल्ड ट्रान्सलेशन्, प्रे २७:१५,१६) यो डुँगालाई डोरी द्वारा जहाजले अघि अघि बाट तान्नु पर् थियो। जहाजमा प्रशस्त डोरी पनि बोकेर हिड़ थिये। तूफान चल्दा जहाजको मस्तूलले गर्दा जहाजको तल्लो भागमा अति नै भार पर्थियो। यो भारलाई कम गर्नको निम्ति, साथमा भएका ती डोरी जहाजको तल्लो भागको वरी-परी लैजान्थिये। (प्रे २७:१७) ती मल्लाहहरूले चारवटा लङ्गर खसाले र जहाज खियाउने डाँड़ीको चुटाइलाई कम पारे। (प्रे २७:२९, ४०) अलेक्जेन्ड्रियाको एउटा जहाजमा “जिअसको पुत्रहरू”—क्यास्टर र पोलुक्सको मूर्तिको चिन्ह थियो। तिनीहरूलाई मल्लाहरूका संरक्षक मान्दथिए।—प्रे २८:११