प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • प्रेषित १२:१-२५ मा आधारित

      १-४. पत्रुसमाथि कस्तो कठिन अवस्था आइपऱ्‍यो? तपाईँ तिनको ठाउँमा भएको भए कस्तो महसुस गर्नुहुने थियो?

      फलामका बडेमाका ढोकाहरू बन्द गरेको ठूलो आवाज आउँछ। साङ्‌लाले बाँधिएका पत्रुसलाई दुई रोमी सिपाहीले दुईतिरबाट पहरा दिँदै झ्यालखानाको कोठामा लैजान्छन्‌। त्यसपछि आफूले कस्तो नतिजा भोग्नुपर्ने हो भनी थाह पाउन तिनले पर्खनै पर्छ, सायद केही दिनसम्म। तिनको आँखाअगाडि कोठाको चारभित्ता, फलामे बार, तिनलाई बाँधेर राखेको साङ्‌ला र पहरेदारहरूबाहेक अरू केही छैन।

      २ पत्रुसविरुद्ध कठोर सजाय सुनाइन्छ। राजा हेरोद अग्रिपा प्रथम पत्रुसलाई सिद्ध्याउन कसिएका छन्‌।a भन्‍नै पर्दा पत्रुसलाई निस्तार चाड सिद्धिएलगत्तै जनतासामु उभ्याइनेछ। जनता रिझाउनकै लागि तिनलाई मृत्युदण्ड दिइनेछ। स्पष्ट छ, हेरोदले पत्रुसलाई तर्साउन मात्र धम्की दिएका होइनन्‌। केही समयअघि मात्रै यिनै शासकले पत्रुसका साथी प्रेषित याकुबलाई मृत्युदण्ड दिइसकेका छन्‌।

  • “यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • ७, ८. पत्रुसलाई झ्यालखानामा थुनिएको बेला मण्डलीले के गऱ्‍यो?

      ७ याकुबलाई मृत्युदण्ड दिँदा अग्रिपाले आशा गरेझैँ यहुदीहरू खुसी भए। यसले गर्दा तिनको साहस झनै बढ्यो र तिनले पत्रुसलाई तारो बनाए। सुरुमा बताइएझैँ पत्रुसलाई गिरफ्तार गरियो। तर विगतमा प्रेषितहरू झ्यालखानाबाट चमत्कारपूर्ण ढङ्‌गमा छुटेका घटना अग्रिपाले सम्झेको हुनुपर्छ। उक्‍त घटनाबारे हामीले अध्याय ५ मा पढेका थियौँ। त्यसैले पत्रुस भाग्न नपाऊन्‌ भनेर हेरोदले तिनलाई साङ्‌लाले बाँधे र पहरा दिन दुई जना सिपाहीलाई तिनको दुईतिर खटाए। साथै १६ जना पहरेदारलाई रातदिन पालैसित तिनको पहरा दिन खटाए। तिनी भागेको खण्डमा ती पहरेदारहरूले नै मृत्युदण्ड पाउने थिए। यस्तो कठिन घडीमा भाइबहिनीले के गर्न सक्थे?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने