प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | जनवरी १५
    • ११, १२. पत्रुसलगायत अन्य ख्रीष्टियनहरूलाई हेरोदले किन र कसरी दुर्व्यवहार गरे?

      ११ त्यस अवसरमा उपस्थित पत्रुसले व्यग्र प्रार्थना गर्नुको महत्त्व पछि आफैले अनुभव गरे। ( प्रेषित १२:१-६ पढ्‌नुहोस्‌) यस विवरणको सुरुका पदहरूले बताएअनुसार यहूदीहरूलाई रिझाउन हेरोदले ख्रीष्टियनहरूलाई दुर्व्यवहार गर्न थाले। याकूब येशूको घनिष्ठ प्रेषित हुन्‌ भन्‍ने कुरा हेरोदलाई पक्कै पनि थाह थियो। त्यसैले हेरोदले याकूबलाई “तरबारले” मारे। (पद २) यसरी मण्डलीले प्रिय प्रेषित गुमायो। भाइहरूका लागि कत्ति ठूलो परीक्षा!

  • कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | जनवरी १५
    • १३, १४. (क) पत्रुस झ्यालखानामा पर्दा मण्डलीले कस्तो प्रतिक्रिया देखायो? (ख) प्रार्थनाको सन्दर्भमा पत्रुसका सँगी ख्रीष्टियनहरूले बसालेको उदाहरणबाट हामी के सिक्न सक्छौं?

      १३ के गर्नुपर्ने हो, मण्डलीलाई थाह थियो। पद ५ मा हामी यस्तो लेखिएको पाउँछौं: “त्यसैले पत्रुस झ्यालखानामै रहिरहे तर मण्डलीले तिनको लागि परमेश्‍वरलाई तनमनले प्रार्थना गरिरहेको थियो।” हो, आफ्ना प्रिय भाइको खातिर तिनीहरूले मनैदेखि उत्कट बिन्ती चढाए। याकूबको मृत्युको कारण तिनीहरूले हरेस खाएका थिएनन्‌। प्रार्थना गर्नु बेकार छ भन्‍ने पनि तिनीहरूलाई लागेको थिएन। त्यसको विपरीत वफादार सेवकहरूको प्रार्थनालाई यहोवा असाध्यै महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। यस्ता प्रार्थनाहरू उहाँको इच्छासँग मेल खान्छ भने उहाँ त्यसको जवाफ दिनुहुन्छ।—हिब्रू १३:१८, १९; याकू. ५:१६.

      १४ पत्रुसका सँगी ख्रीष्टियनहरूको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? जागा रहनुमा आफ्नै लागि मात्र होइन तर आफ्ना भाइबहिनीहरूका लागि प्रार्थना गर्नु पनि समावेश छ। (एफि. ६:१८) के तपाईं परीक्षा भोगिरहेका भाइबहिनीहरूलाई चिन्‍नुहुन्छ? कसैले सतावट, सरकारी प्रतिबन्ध वा प्राकृतिक प्रकोपको सामना गरिरहेका हुन सक्छन्‌। तिनीहरूको लागि मनैदेखि प्रार्थना गरिदिए कसो होला? झट्टै नदेखिने कठिनाइ सामना गरिरहेकाहरूलाई पनि तपाईं चिन्‍नुहुन्छ होला। तिनीहरूले पारिवारिक समस्या, निराशा वा खस्कँदो स्वास्थ्य अवस्थाको सामना गरिरहेका होलान्‌। “प्रार्थना सुन्‍नुहुने” यहोवालाई प्रार्थना गर्नुअघि कुनै खास व्यक्‍ति सम्झेर तिनको नाम नै तोकेर प्रार्थना गर्न सक्नुहुन्छ।—भज. ६५:२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने