प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १, २. बर्णाबास र सावलले सुरु गर्न लागेको यात्रा किन विशेष थियो? प्रेषित १:८ का शब्दहरू तिनीहरूले कसरी पूरा गर्ने थिए?

      एन्टिओक मण्डलीको लागि यो दिन एकदमै रोमाञ्चकारी छ। त्यस मण्डलीमा भएका भविष्यवक्‍ता अनि शिक्षकहरूमध्ये बर्णाबास र सावल पवित्र शक्‍तिद्वारा टाढा-टाढासम्म सुसमाचार फैलाउन छानिएका छन्‌।a (प्रेषि. १३:१, २) हो, विगतमा पनि योग्य पुरुषहरू साक्षी दिन पठाइएका थिए। तर त्यतिबेला मिसनरीहरू ख्रिष्टियन धर्म स्थापना भइसकेका इलाकाहरूमा मात्र गएका थिए। (प्रेषि. ८:१४; ११:२२) यसपालि भने बर्णाबास, सावल र सहयोगीको रूपमा मर्कुस नाम गरेका युहन्‍नालाई पहिला कहिल्यै सुसमाचार नसुनाइएको इलाकामा पठाइयो।

      २ लगभग १४ वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभएको थियो: “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) मिसनरीको रूपमा सेवा गर्न बर्णाबास र सावल छानिएपछि येसुका भविष्यसूचक शब्दहरू अझै जोडतोडले पूरा हुने थियो!b

  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • ४. (क) बर्णाबास र सावल कसरी छानिए? यस नियुक्‍तिप्रति भाइहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) मण्डलीमा कसैले कुनै जिम्मेवारी पाउँदा हामी कसरी समर्थन गर्न सक्छौँ?

      ४ तर पवित्र शक्‍तिले तोकेरै बर्णाबास र सावललाई नै “काम गर्न” अलग पार भनेर निर्देशन दिनुको कारण के थियो? (प्रेषि. १३:२) बाइबल यसबारे केही बताउँदैन। तर यी पुरुषहरू छानिनुमा पवित्र शक्‍तिको डोऱ्‍याइ थियो भनेर चाहिँ हामीलाई थाह छ। एन्टिओकका भविष्यवक्‍ता अनि शिक्षकहरूले यस निर्णयको विरोध गरेको कुनै सङ्‌केत हामी पाउँदैनौँ। बरु तिनीहरूले यसको पूरापूर समर्थन गरे। भाइहरूले ईर्ष्या नगरी तिनीहरूको लागि उपवास बसेको, प्रार्थना गरेको अनि ‘तिनीहरूमाथि आफ्नो हात राखेर पठाएको’ देख्दा बर्णाबास र सावलले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! (प्रेषि. १३:३) हामीले पनि मण्डलीका कसैले कुनै जिम्मेवारी पाउँदा समर्थन गर्नुपर्छ। यसमा कसैले निरीक्षकको रूपमा नियुक्‍ति पाउँदा समर्थन गर्नु पनि समावेश छ। त्यस्ता सुअवसर पाउने भाइहरूको ईर्ष्या गर्नुको सट्टा हामीले “तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन्‌ धेरै आदर” गर्नुपर्छ।—१ थिस्स. ५:१३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने