-
‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
८. पावल र बर्णाबास किन आइकोनियमबाट अन्तै गए? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
८ यसको केही समयपछि आइकोनियमका विरोधीहरूले पावल र बर्णाबासलाई ढुङ्गाले हान्ने योजना बनाए। त्यसको सुइँको पाउनेबित्तिकै यी दुई मिसनरी साक्षी दिन अर्कै इलाका गए। (प्रेषि. १४:५-७) आज पनि राज्य प्रचारकहरू यस्तै बुद्धिमानी तरिका अपनाउँछन्। मौखिक दुर्व्यवहार हुँदा हामी निडर भई बोल्छौँ। (फिलि. १:७; १ पत्रु. ३:१३-१५) तर जब हिंसा हुने सङ्केत पाउँछौँ, तब हामी आफ्नो वा भाइबहिनीको जीवनलाई खतरामा पार्ने कुनै मूर्ख काम गर्दैनौँ।—हितो. २२:३.
-