प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • पावल र बर्णाबास लिस्त्रामा भीडले दिएको महिमाको प्रतिरोध गर्छन्‌। मानिसहरू गीत गाउँदै, बलि तयार पार्दै र ती दुई पुरुषलाई दण्डवत्‌ गर्दै छन्‌।

      “यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी . . . बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌।”​—प्रेषित १४:१५

      ११-१३. (क) लिस्त्राका मानिसहरूलाई पावल र बर्णाबासले के भने? (ख) पावल र बर्णाबासले भनेको कुराबाट हामीले सिक्न सक्ने एउटा पाठ के हो?

      ११ यस्तो नाटकीय अवस्था सृजना भए तापनि पावल र बर्णाबासले अझै आफ्ना श्रोताहरूको मनसम्म पुग्न हर प्रयास गरे। मानिसहरूलाई साक्षी दिने प्रभावकारी तरिका लुकाले यस घटनामा लेखे। पावल र बर्णाबासले आफ्ना श्रोताहरूसँग कसरी मन छुने तरिकाले कुरा गरे, ध्यान दिनुहोस्‌: “हे मानिसहरू हो, तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ। अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌ भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ। विगतमा उहाँले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मार्गमा चल्न दिनुभयो। तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”—प्रेषि. १४:१५-१७.

  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १४-१६. पावल र बर्णाबासले लिस्त्राका मानिसहरूलाई भनेका कुराबाट हामीले सिक्न सक्ने दोस्रो र तेस्रो पाठ के हो?

      १४ पावल र बर्णाबासले दिएको भाषणबाट हामीले सिक्न सक्ने दोस्रो पाठ विचार गर्नुहोस्‌। तिनीहरू परिस्थितिअनुसार छाँटकाँट गर्थे। आइकोनियमका यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई बाइबलबारे र परमेश्‍वरसँग इस्राएलीहरूको सम्बन्धबारे राम्ररी थाह थियो। तर लिस्त्राका मानिसहरूलाई भने त्यसबारे अलिअलि मात्र थाह थियो वा पटक्कै थाह थिएन। पावल र बर्णाबासका श्रोताहरू खेतीकिसानी गर्थे। लिस्त्राको हावापानी राम्रो थियो र भूमि पनि उर्वर थियो। ती मानिसहरूले थुप्रै कुरामा, जस्तै: ऋतुअनुसार प्रशस्त बाली लागेको बेला सृष्टिकर्ताका गुणहरू छर्लङ्‌गै देख्न सक्थे। आफ्ना श्रोताहरूको मन छुन यी मिसनरीहरूले तिनीहरू पनि सहमत हुने यही विषयबाट कुरा सुरु गरे।—रोमी १:१९, २०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने