प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एक-अर्कासँग प्रेमपूर्ण व्यवहार गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
    • ८. (क) पावल र बर्णबासका बीच कुन समस्या उत्पन्‍न भएको थियो? (ख) यदि तपाईं त्यहाँ उपस्थित हुनुभएको भए र सो झगड़ा देख्नु भएको भए तपाईं के निष्कर्षमा पुग्न सक्नु हुने थियो?

      ८ एक समयमा प्रेरित पावल र तिनका सहयात्री बर्णाबास बीच पनि समस्या उठेको थियो। आफ्नो दोस्रो धर्म प्रचार यात्रामा हिड़ने तयारी गर्दा, बर्णाबासले आफ्नो भाइ पर्ने मर्कूसलाई पनि आफूसँगै लैजान चाहे। तर, पावलले मर्कूसलाई साथमा लैजान चाहेनन्‌, किनभने धर्म प्रचारको प्रथम यात्राको समयमा मरकुस तिनीहरूलाई छाड़ेर घरतर्फ गएका थिए। (प्रेरित १३:१३) बाइबलमा उल्लेखित छ: “तिनीहरूका बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए।” (प्रेरित १५:३७-४०) के तपाईं यस्तो कल्पना गर्न सक्नु हुन्छ। यदि तपाईं त्यहाँ हुनुहुँदो हो र त्यो “चर्को मतभेद” देख्नु भएको भए, तिनीहरूको व्यवहार बाट पावल र बार्णबास परमेश्‍वरको सङ्‌गठनका भाग होइनन्‌ भन्‍ने निष्कर्षमा के तपाईं पुग्नु हुन्‌थियो?

  • एक-अर्कासँग प्रेमपूर्ण व्यवहार गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
    • ११. (क) पावल र बर्णबासको बीच चर्को मतभेद भएता पनि, तिनीहरू साँचो मसीहीहरू हुन्‌ भनेर कसरी जनाउन सके? (ख) तिनीहरूको उदाहरण बाट हामीहरू कसरी लाभ उठाउन सक्दछौं?

      ११ पावल र बर्णबासका बीचको समस्या चाहिं के भयो? त्यस्को पनि प्रेम द्वारा हल भयो। पछि, पावलले कोरिन्थीको मण्डलीलाई लेख्दा, बर्णबासलाई आफ्नो निकटतम सङ्‌गी कार्यकर्त्ता भनेर सम्बोधन गरेकोछ। (१ कोरिन्थी ९:५, ६) यद्यपि, एउटा यात्रा साथीको रूपमा, मर्कूसको योग्यतामा शङ्‌का गर्नु पर्ने पावलसँग उचित कारण थियो होला। तथापि, पछि यो युवा पुरूष परिपक्वताको उच्च बिन्दु सम्म पुग्न सकेको हुनाले पावलले तिमोथीलाई यसो भनेर लेखे: “मर्कूसलाई लिएर तिम्रो साथैमा ल्याऊ, किनभने तिनी सेवाको निम्ति मलाई उपयोगी छन्‌।” (२ तिमोथी ४:११) मतभेद हटाउने यस उदाहरणबाट हामीहरू लाभ उठाउन सक्दछौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने