प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | जनवरी १५
    • ४, ५. पावल र तिनका सहयात्रीहरूले पवित्र शक्‍तिको निर्देशन पाएको कुरा कसरी महसुस गरे?

      ४ पहिलो, कहाँ प्रचार गर्ने भनेर पाएको निर्देशनलाई प्रेषितहरूले ध्यान दिए। एउटा असाधारण यात्राको दौडान प्रेषित पावल र तिनका सहयात्रीहरूलाई डोऱ्‍याउन येशूले यहोवाबाट पाएको पवित्र शक्‍ति कसरी प्रयोग गर्नुभयो, एउटा विवरणमा हामी त्यसबारे सिक्छौं। (प्रेषि. २:३३) आउनुहोस्‌, हामी तिनीहरूको यात्राको विवरण केलाऔं।— प्रेषित १६:६-१० पढ्‌नुहोस्‌।

  • कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | जनवरी १५
    • ६, ७. (क) पावल र अरू सहयात्रीहरू बिथिनिया नजिकै पुग्दा के भयो? (ख) चेलाहरूले कस्तो निर्णय गरे र नतिजा कस्तो भयो?

      ६ ती उत्सुक यात्रीहरू कहाँ गए? पद ७ ले के भन्छ ध्यान दिनुहोस्‌: “साथै, माइसिया पुगेपछि तिनीहरूले बिथिनिया जाने प्रयास गरे तर येशूले पवित्र शक्‍तिद्वारा तिनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभएन।” एसियामा प्रचार गर्ने अनुमति नपाएपछि पावल र तिनका सहयात्रीहरू बिथिनियाका सहरहरूमा प्रचार गर्ने उद्देश्‍यले उत्तरतर्फ लागे। तर बिथिनिया नजिक पुग्दा तिनीहरूलाई रोक्न येशूले फेरि पवित्र शक्‍ति प्रयोग गर्नुभयो। अब भने ती मानिसहरू अलमल्लमा परेको हुनुपर्छ। के प्रचार गर्ने र कसरी प्रचार गर्ने तिनीहरूलाई थाह थियो, तर कहाँ प्रचार गर्ने, त्योचाहिं थाह थिएन। यसलाई हामी यसरी भन्‍न सक्छौं: तिनीहरूले एसियाको ढोका ढकढक्याए—तर प्रयास व्यर्थ भयो। बिथिनियाको ढोका ढकढक्याए—प्रयास फेरि पनि व्यर्थ भयो। अब के तिनीहरूले हरेस खाए? अहँ खाएनन्‌!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने