-
कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्प्रहरीधरहरा—२०१२ | जनवरी १५
-
-
४, ५. पावल र तिनका सहयात्रीहरूले पवित्र शक्तिको निर्देशन पाएको कुरा कसरी महसुस गरे?
४ पहिलो, कहाँ प्रचार गर्ने भनेर पाएको निर्देशनलाई प्रेषितहरूले ध्यान दिए। एउटा असाधारण यात्राको दौडान प्रेषित पावल र तिनका सहयात्रीहरूलाई डोऱ्याउन येशूले यहोवाबाट पाएको पवित्र शक्ति कसरी प्रयोग गर्नुभयो, एउटा विवरणमा हामी त्यसबारे सिक्छौं। (प्रेषि. २:३३) आउनुहोस्, हामी तिनीहरूको यात्राको विवरण केलाऔं।— प्रेषित १६:६-१० पढ्नुहोस्।
-
-
कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्प्रहरीधरहरा—२०१२ | जनवरी १५
-
-
७ यस घडीमा आएर तिनीहरूले अलि छक्कलाग्दो जस्तो देखिने निर्णय गरे। पद ८ यसो भन्छ: “तिनीहरू मिसिया हुँदै त्रोआस आइपुगे।” तिनीहरू पश्चिमतर्फ लागे र एउटा सहरबाट अर्को सहर हुँदै म्यासिडोनिया जाने सबैभन्दा सजिलो बाटो—त्रोआसको बन्दरगाह पुगे। यसको लागि तिनीहरू ५६३ किलोमिटर हिंडे। अब तेस्रो पटक पावल र तिनका सहयात्रीहरूले त्यहाँको ढोका ढकढक्याए। यसपालि भने ढोका खोलियो! त्यसपछि भएको घटनाबारे पद ९ मा यस्तो लेखिएको छ: “राती पावलले एउटा दर्शन देखे: एक जना म्यासिडोनियाली पुरुष खडा भएर तिनलाई यस्तो बिन्ती गरिरहेका थिए: ‘म्यासिडोनिया आउनुहोस् र हामीलाई मदत गर्नुहोस्।’ ” अब भने कहाँ प्रचार गर्ने पावललाई थाह भयो। ढिलासुस्ती नगरी तिनीहरू म्यासिडोनियातर्फ जाने जहाज चढे।
-