प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लिडिया परमेश्‍वरको आतिथेय उपासक
    प्रहरीधरहरा—१९९६ | सेप्टेम्बर १५
    • फिलिप्पीमा पावलको प्रचारकार्य

      सा.यु. ५० तिर पावल पहिलो चोटि युरोप गए र फिलिप्पीमा प्रचार गर्न थाले।a नयाँ शहरमा पुगेपछि सर्वप्रथम सभाघरमा गएर त्यहाँ भेला भएका जन्मजात यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी धर्म मानेकाहरूलाई प्रचार गर्ने पावलको चलनै थियो। (प्रेरित १३:४, ५, १३, १४; १४:१ तुलना गर्नुहोस्‌।) तथापि, केही जानकारीअनुसार रोमी व्यवस्थाले यहूदीहरूलाई फिलिप्पीको “पवित्र सिमाना[भित्र]” तिनीहरूको धर्म मान्‍न निषेध गर्थ्यो। त्यसैकारण, “केही दिन” त्यहाँ बिताएर विश्रामको दिनमा ‘प्रार्थना गर्ने ठाउँ त्यही हो भन्‍ने सम्झेर’ मिसनरीहरू शहरको मूलढोकाबाहिर नदीको किनारमा भेला भए। (प्रेरित १६:१२, १३) स्पष्टतः, यो ग्याङगटेस नदी थियो। मिसनरीहरू त्यहाँ पुग्दा स्त्रीहरू मात्रै थिए, जसमध्ये एक लिडिया थिइन्‌।

  • लिडिया परमेश्‍वरको आतिथेय उपासक
    प्रहरीधरहरा—१९९६ | सेप्टेम्बर १५
    • a म्यासिडोनियाका मुख्य शहरहरूमध्ये फिलिप्पी तुलनात्मक रूपमा सम्पन्‍न सैनिक उपनिवेश हुनुका साथै यहाँ यस इटालेकुम-को (पुरातन इटालेली प्रणाली) शासन लागू थियो। यस विधानले गर्दा फिलिप्पीहरूले रोमी नागरिकहरूसरह नै अधिकारहरू पाएका थिए।—प्रेरित १६:९, १२, २१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने