प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लिडिया परमेश्‍वरको आतिथेय उपासक
    प्रहरीधरहरा—१९९६ | सेप्टेम्बर १५
    • “बैजनी लुगा बेच्ने”

      लिडिया म्यासिडोनियाको मुख्य शहर, फिलिप्पीमा बस्थिन्‌। तथापि, तिनी पश्‍चिमी एसिया माइनरको लिडिया प्रान्त, थाइआटीरा शहरकी बासिन्दा थिइन्‌। यसैकारण तिनलाई फिलिप्पीमा “लिडिया” भन्‍ने उपनाम दिइएको हो भन्‍ने कसै कसैको भनाइ छ। अर्को शब्दमा भन्‍ने हो भने, येशू ख्रीष्टले प्रचार गर्नुभएको स्त्रीलाई “सामरी आइमाई” भनेझैं तिनी “लिडियाली” थिइन्‌। (यूहन्‍ना ४:९) तिनले “बैजनी” लुगा वा यस रंगबाट रँगाइएका चीजबीजहरू बेच्थिन्‌। (प्रेरित १६:१२, १४) थाइआटीरा र फिलिप्पी दुवै ठाउँमा रञ्जकहरू थिए भनेर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका शिलालेखहरूबाट पुष्टि हुन्छ। लिडिया आफ्नो रोजगारी, आफ्नै व्यापार सँभाल्न वा थाइआटीराका रञ्जकहरूको प्रतिनिधिको रूपमा त्यहाँ बसाइँ सरेकी हुनसक्छ।

      विभिन्‍न स्रोतहरूबाट बैजनी रंग निकाल्न सकिन्छ। सबैभन्दा महँगो चाहिं एक प्रकारको समुद्री शंखकीराबाट निकालिन्थ्यो। प्रथम शताब्दीका रोमी कवि मार्सलअनुसार टायरको (यो चीज उत्पादन गर्ने अर्को केन्द्र) सर्वोत्तम बैजनी रंगको पोशाकको मूल्य १०,००० सेस्टर्सस्‌ वा २,५०० डिनारीसम्म पर्थ्यो जुन एक श्रमिकको २,५०० दिनको ज्याला बराबर हुन्थ्यो। स्पष्टतः, त्यस्ता पोशाकहरू विलासका वस्तुहरू थिए र थोरैले मात्र किन्‍न सक्थे। तसर्थ, लिडिया आर्थिक तवरमा सम्पन्‍न थिइन्‌ होली। तर जे होस्‌, लिडियाले प्रेरित पावल तथा तिनका सँगीहरू लूका, सिलास, तिमोथी र शायद अरूको पनि अतिथि सत्कार गर्न सकिन्‌।

  • लिडिया परमेश्‍वरको आतिथेय उपासक
    प्रहरीधरहरा—१९९६ | सेप्टेम्बर १५
    • “ईश्‍वर-भक्‍त”

      लिडिया “ईश्‍वर-भक्‍त” थिइन्‌ तर धार्मिक सत्यको खोजीमा तिनले यहूदी धर्म अपनाएकी हुनसक्छ। आफ्नो रोजगारी राम्रो भए तापनि लिडिया भौतिकवादी थिइनन्‌। बरु तिनले आध्यात्मिक कुराको लागि समय छुट्याउँथिन्‌। “पावलले बोलेका कुरा ध्यानसित सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो” र लिडियाले सत्य स्वीकारिन्‌। भनौं भने, ‘तिनी र तिनको परिवार सबैले बप्तिस्मा लिए।’—प्रेरित १६:१४, १५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने