प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. १० pp. ९०-९८
  • दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मृत शमूएल जस्तै स्वाँग गरेको
  • स्वर्गदूतहरू जो दुष्टात्मा हुन गए
  • दुष्टात्माहरूले कसरी ठग्छन्‌
  • दुष्टात्माहरूको प्रतिरोध गर्नु
  • दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईं किन प्रेतविद्याबाट अलग बस्नुपर्छ
    ब्यूँझनुहोस्‌!—२०००
  • दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. १० pp. ९०-९८

अध्याय १०

दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌

१. मृतकहरूसँग कुरा गर्न सकिन्छ भनेर धेरै मानिसहरू किन विश्‍वास गर्छन?

मरेकाहरूसँग कुरा गरेकाछौं भनेर मानिसहरू अक्सर भन्दछन्‌। एउटा प्रमुख इपिस्कोपेलिएन बिशप, दिवङ्‌गत जेम्स ए. पाइकले आफ्नो मृत छोरा, जीम सँग कुरागरें भनेका छन्‌। पाइकको भनाइ अनुसार, उनको छोराले उनलाई यसो भन्यो: “मेरो चारै तिर ठूलो जनसमूह छ, र मलाई हाथहरूले थामी राखेका छन्‌ . . . यो कुरा तपाईंलाई नभनुञ्जेल म बड़ो दु:खी थिएँ।”

२. (क) मृतकहरूसँग कसैले पनि किन कुरा गर्न सकदैनन्‌? (ख) त्यसकारण के प्रश्‍नहरू उठ्‌दछन्‌?

२ यस प्रकारका अनुभवहरू आम चर्चाको विषय भइसकेको हुनाले, धेरै मानिसहरूले आत्मिक लोकका कसैनकसै सँग कुरा गरेकै हुनु पर्छ। तर तिनीहरूले मरेका मानिसहरू सँगचाहिं कुरा गरेका होइनन्‌। बाइबल यस कुरामा अति स्पष्ट छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) अत: आत्मिक लोकबाट मरेकाहरूले बोलेको होइन भने, ती बोल्नेहरू को हुन ता? मरेका व्यक्‍तिहरू जस्तो स्वाँग गर्ने तिनीहरू को हुन्‌?

३. (क) मृत व्यक्‍तिहरूको स्वाँग कसले गर्दछ, र किन? (ख) दुष्टात्माहरूले धेरै जसो कसलाई सूचना दिन्छन्‌?

३ दुष्टात्माहरू हुन्‌। यी आत्माहरू, वा प्रेतहरू, परमेश्‍वरसँग विद्रोह गर्ने शैतानलाई साथ दिने स्वर्गदूतहरू हुन्‌। मरेका मानिसहरू जस्तै स्वाँग यिनीहरू किन गर्दछन्‌? मरेकाहरू अझै जिउँदैछन्‌ भन्‍ने विचारलाई बढ़ावा दिनकालागि। यी दुष्टात्माहरूले मृत्यु भनेको एउटा जीवनबाट अर्को जीवनमा परिवर्तित हुनु मात्र हो भन्‍ने झूटमाथि धेरैलाई विश्‍वास दिलाएका छन्‌। यो झूटलाई प्रसार गराउन यी दुष्टात्माहरूले मरेका मानिसहरूबाट मात्र आउन सक्ने विशेष ज्ञान आत्मिक माध्यमहरू, भविष्यवक्‍ताहरू, र धामी-झाँक्रीहरूलाई प्रदान गर्दछन्‌।

मृत शमूएल जस्तै स्वाँग गरेको

४. (क) शाऊल राजा सहायता पाउन किन त्यस्तो आतुर भएका थिए? (ख) भूत-प्रेत खेलाउने माध्यम र ज्योतिषीहरू वारे परमेश्‍वरको के नियम थियो?

४ एउटा दुष्टात्माले परमेश्‍वरको मृत अगमवक्‍ता शमूएल हुँ भन्‍ने स्वाँग गरेको उदाहरण बाइबलमा पाइन्छ। यो घटना, शाऊल राजाको शासनको ४० वाँ वर्षमा, घटेको थियो। शाऊलका इस्राएली फौजहरूका विरुद्धमा पलिश्‍तीहरूको एउटा शक्‍तिशाली फौज आइलाग्दा, तिनी धेरैनै डराए। शाऊललाई परमेश्‍वरको नियम थाह थियो: “तिमीहरू झाँक्री, बोक्सी र जादू-मंत्र गर्नेतिर नलाग्नू। तिनीहरूसित परामर्श लिएर तिमीहरू आफूलाई अशुद्ध नपार।” (लेवी १९:३१) तर, केही समय पछि, शाऊल यहोवा वाट विमुख हुनगए। यसकारण, शमूएल जीवित भएतापनि, शाऊललाई भेटगर्न इन्कार गरे। (१ शमूएल १५:३५) र अब, यो अप्ठ्यारो परेको बेलामा तिनले मददकालागि पुकारा गर्दा, यहोवाले नसुन्‍नु भएकोमा राजा शाऊल आच्छु-आच्छुमा परेकाथिए।

५. (क) शाऊल सहायताकालागि कहाँ गए? (ख) भूत-प्रेत खेलाउने माध्यमले के गर्न सक्यो?

५ के हुनेवाला छ भनेर जान्‍न शाऊल आतुर भएर एन्दोर भन्‍ने ठाउँमा भूत-प्रेत खेलाउने कहाँ गए। आफूले देख्न सक्ने गरी एउटा व्यक्‍तिको स्वरूप उसले आफ्नो सामुन्‍ने ल्याउन सक्‌थिइ। उसले वर्णन गरे अनुसार, त्यो रूप “शमूएलको” हो भनी शाऊलले ठहर गरे। शमूएल जस्तै स्वाँग गर्दै त्यो भूतात्माले यसो भन्यो: “मेरो शान्तिलाई तिमीले किन भङ्‌ग गरेर मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए: “म ठूलो सङ्‌कष्टमा परेको छु। पलिश्‍तीहरू मलाई पेलि रहेका छन्‌।” भूतात्माले जवाफ दियो: “यहोवाले तिमीलाई त्याग्नु भएको छ, र उहाँ तिम्रो विरोधी हुनुभएकोछ भने तिमी किन मलाई सोध-पूछ गर्छौ?” पलिश्‍तीहरूसँगको लड़ाइँमा शाऊल मारिनेछन्‌ भनेर शमूएल जस्तै स्वाँग गर्ने त्यो दुष्ट भूतात्माले भन्यो।—१ शमूएल २८:३-१९.

६. शाऊलसँग बोल्ने, शमूएल किन हुन सक्दैन थिए?

६ वास्तवमा, त्यो भूत-प्रेत खेलाउने माध्यमले साँच्चैका शमूएलसँग सम्पर्क गरेको होइन। शमूएल मरी सकेका थिए र मरे पछि त्यो “व्यक्‍ति माटोमा मिलिहाल्छ; त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजनसंग्रह १४६:४) यस विषयमा अलिकता अरू सोंच्दा अगाड़ि के देखिन्छ भने त्यो आवाज पनि शमूएलको थिएन। शमूएल परमेश्‍वरका अगमवक्‍ता थिए। त्यसकारण, उनले भूत-प्रेत खेलाउने माध्यमको विरोध गरेका थिए। र हामीहरूले देखि सकेकाछौं, तिनी जीवित रहँदानै अनाज्ञाकारी शाऊलसँग कुरा गर्न समेत इन्कार गरेका थिए। त्यसकारण, शमूएल त्यसबेला सम्म जीवितै रहेका भए, शाऊलसँग भेट गर्ने प्रबन्ध शमूएलले के कुनै भूत-प्रेत खेलाउने माध्यमलाई मिलाउन दिने थिए होला र? अरू पनि सोंच्नु होस्‌: शाऊललाई कुनै पनि सूचना दिन यहोवाले अस्वीकार गर्नु भएको थियो। के भूत-प्रेत खेलाउने माध्यमले मृतक शमूएल द्वारा शाऊललाई सन्देश दिन यहोवालाई वाध्य गराउन सक्‌थियो? र यदि मरेका आफ्ना प्रियजनहरूसँग बाँचेकाहरूले वास्तवमा कुरागर्न सक्ने भए, भूत-प्रेत खेलाउने माध्यमहरूलाई प्रेमका परमेश्‍वर यहोवाले “अशुद्ध” भन्‍नु हुने थिएन।

७. दुष्टात्माहरूबाट आफ्ना जनहरूलाई संरक्षण गर्न परमेश्‍वरले के चेतावनी दिनु भएको थियो?

७ यथार्थमा, ती दुष्टात्माहरू मानवजातिलाई हानि पुऱ्‍याउन तम्‌-तयार रहेका हुनाले, आफ्ना सेवकहरूका बचावकालागि यहोवाले चेतावनी दिनुहुन्छ। इस्राएली राष्ट्रलाई दिइएको निम्नलिखित चेतावनीलाई पढ़नुहोस्‌। प्रेतहरूले मानिसहरूलाई पथभ्रष्ट पार्ने विधिहरू वारे अलिकता जानकारी तपाईंलाई हुनेछ। बाइबल भन्दछ: “आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति यहोवाको अघि घृणित हो।” (व्यवस्था १८:१०-१२) आज मानिसहरूलाई हानि पुऱ्‍याउन दुष्टात्माहरू के गरिरहेकाछन्‌ र त्यसबाट आफूलाई कसरी बचाउन सकिन्छ भन्‍ने कुरा हामीहरूले जान्‍न जरूरी छ। तर त्यो जान्‍नु भन्दा पहिले, कहिले र कहाँ दुष्टात्माहरूको शुरूआत भयो भन्‍ने तर्फ ध्यान दिउँ।

स्वर्गदूतहरू जो दुष्टात्मा हुन गए

८. (क) परमेश्‍वरको विरुद्ध विद्रोह गर्न शैतानले अरू कसलाई पनि लगायो? (ख) स्वर्गमा आफ्नो काम छोड़ेर तिनीहरू कहाँ गए?

८ अदनको बगैंचामा हव्वासँग झूट बोले पछि, एउटा विशेष स्वर्गदूतले आफूलाई दुष्टात्मा शैतान, अर्थात दियाबल बनायो। पछिगएर, परमेश्‍वरको विरुद्धमा अरू स्वर्गदूतहरूलाई पनि त्यसले भड़काउने प्रयत्न शुरू गऱ्‍यो। समयमा त्यो सफल पनि भयो। परमेश्‍वरले स्वर्गमा तिनीहरूलाई दिनु भएको काम-कुरा बन्द गरेर, तिनीहरू पृथ्वीमा तल झरेर आए र मानवीय शरीर धारण गरे। तिनीहरू वारे मसीही चेलाहरूले यसो भनेर लेखेकाछन्‌: “औ आफ्नो मर्यादामा नरहने, तर आफ्ना घरवार छोड़ने स्वर्गदूतहरू।” (यहूदा ६) पृथ्वीमा तिनीहरू किन आएका थिए? स्वर्गमा भएको आफ्नो राम्रो स्थान छोड़ेर आउनकालागि शैतानले तिनीहरूको मनमा के कस्तो गलत इच्छा हालिदियो?

९. (क) स्वर्गदूतहरू पृथ्वीमा किन आए? (ख) तिनीहरूले गरेको कुरा ठीक थिएन भनेर बाइबल कसरी देखाउँछ?

९ बाइबलले यसो भनेर हामीहरूलाई जानकारी दिन्छ: “परमेश्‍वरका छोराहरूले मानिसकी छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए।” (उत्पत्ति ६:२) हो, स्वर्गदूतहरूले मानव शरीर धारण गरेर तिनीहरू सुन्दरी आइमाइहरू सँग मैथुनिक सम्बन्ध कायम गर्न पृथ्वीमा आए। तर स्वर्गदूतहरूकालागि यस प्रकारको प्रेम सम्बन्ध राख्नु अनुचित थियो। यो एउटा अनाज्ञाकारी कार्य थियो। तिनीहरूले गरेको काम सदोम र गमोराका मानिसहरूले गरेका समलैंगिक कार्य जस्तै गलत कार्य थियो। (यहूदा ६, ७) त्यसको परिणाम के भयो?

१०, ११. (क) स्वर्गदूतहरूका सन्तान कस्ता भए? (ख) जल-प्रलय भए पछि ती राक्षसहरूलाई के भयो? (ग) जल-प्रलयको समयमा स्वर्गदूतहरूलाई के भयो?

१० स्वर्गदूतहरू र तिनकी पत्नीहरू बाट बच्चाहरू जन्मिए। तर बच्चाहरू बेग्लै प्रकारका थिए। तिनीहरू बढ़दा बढ़दा राक्षसहरू, हो दुष्ट राक्षसहरू हुन गए। बाइबलले तिनीहरूलाई “उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू हुन” भनेको छ। यी राक्षसहरूले सबैलाई आफू सरह खराब हुने दबाब दिनथाले। फलस्वरूप, बाइबल भन्दछ “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको थियो।” (उत्पत्ति ६:४, ५) त्यसकारण यहोवाले जल-प्रलय ल्याउनु भयो। ती राक्षसहरू, अर्थात “नपीलहरू”, र सबै दुष्ट मानिसहरू पानीमा डुबेर मरे। तर पृथ्वीमा आएका ती स्वर्गदूतहरूलाई के भयो?

११ तिनीहरू डुबेनन्‌। तिनीहरूले आफ्नो मानव शरीरलाई त्यागेर फेरि आत्मिक व्यक्‍तिहरू भएर स्वर्गमा फर्के। तर तिनीहरू फेरि पवित्र स्वर्गदूतहरूको ईश्‍वरीय सङ्‌गठनको अङ्‌ग हुन पाएनन्‌। बरू, बाइबल भन्दछ “परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा [टारटारस, न्यु.व.] हाल्नुभयो, र न्यायको दिनसम्म जोगाएर अन्धकारका खाल्डाहरूमा राख्नुभयो।”—२ पत्रुस २:४.

१२. (क) स्वर्गमा फर्के पछि ती दुष्ट स्वर्गदूतहरूलाई के भयो? (ख) मानव शरीर फेरि तिनीहरूले किन धारण गर्न सक्दैनन्‌? (ग) त्यसकारण तिनीहरू अहिले के गर्दैछन्‌?

१२ यी दुष्ट स्वर्गदूतहरू टारटरस भन्‍ने कुनै वास्तविक ठाउँमा फालिएका होइनन्‌। टारटरस, जसलाई कुनै कुनै बाइबलमा “नरक” भनेर गलत अनुवाद गरिएकोछ, यथार्थमा ती स्वर्गदूतहरूको खसेको अवस्था वा पतित स्थितिलाई जनाउँदछ। तिनीहरू परमेश्‍वरको सङ्‌गठनको आत्मिक ज्योतिबाट बञ्चित गरिएका छन्‌, र तिनीहरूमाथि आइपर्ने अनन्त विनाशकालागि पर्खि रहेका छन्‌। (याकूब २:१९; यहूदा ६) जल-प्रलयको समय देखिन, परमेश्‍वरले ती प्रेतात्मा स्वर्गदूतहरूलाई मानव शरीर धारण गर्ने अनुमति दिनु भएको छैन। त्यसकारण तिनीहरूले आफ्ना आफ्ना अप्राकृतिक इच्छाहरूलाई सोझै पूरा गर्न सकेका छैनन्‌। तथापि तिनीहरू अझै पनि पुरुषहरू र स्त्रीहरूमाथि भयङ्‌कर शक्‍ति प्रयोग गर्न सक्दछन्‌। यथार्थमा, यी प्रेतहरू द्वारानै शैतानले “सारा संसारलाई ठग्ने काम गरिरहेकोछ” (प्रकाश १२:९) यौन अपराध, हिंसा र अन्य अरू गलत कामहरूको अत्यधिक बृद्धिले गर्दा हामीहरू तिनीहरू द्वारा ठगिनु नपरोस भनेर सदा सचेत हुनु परेको छ।

दुष्टात्माहरूले कसरी ठग्छन्‌

१३. (क) दुष्टात्माहरूले कसरी झुक्याउछन्‌? (ख) प्रेतवाद के हो, र बाइबलले यसवारे के भन्दछ?

१३ हामीहरूले अघिनै बुझ्यौं कि शैतानले, “जो यस संसारको देव हो”, बाइबलको सच्चाइहरू प्रति मानिसहरूलाई अन्धा तुल्याइ दिन सांसारिक सरकारहरू र झूटा धर्मलाई प्रयोग गरिरहेको छ। (२ कोरिन्थी ४:४) दुष्टात्माहरूले पुरुष र महिलाहरूलाई भ्रममा पार्ने एउटा अर्को महत्वपूर्ण तरकिव हो, प्रेतवाद। प्रेतवाद के हो? सोझै अथवा एउटा कुनै मानव माध्यम द्वारा दुष्टात्मासँग सम्पर्क राख्नु प्रेतवाद हो। प्रेतवाद द्वारा एउटा व्यक्‍ति प्रेतहरूको अधीनमा आउँछ। प्रेतवादसित सम्बन्धित हरेक प्रकारको प्रयोगबाट आफूलाई अलग राख्न बाइबलले हामीहरूलाई चेतावनी दिन्छ।—गलाती ५:१९-२१; प्रकाश २१:८.

१४. (क) जोखना हेर्ने विद्या के हो? (ख) त्यसवारे बाइबल के भन्दछ?

१४ जोखना हेर्ने विद्या प्रेतवादको एउटा प्रचलित रूप हो। यो, अदृश्‍य प्रेतहरू द्वारा, आफ्नो भविष्यको विषयमा वा कुनै अज्ञात विषयमा जान्‍ने प्रयत्न गर्ने प्रक्रिया हो। यो कुरा मसीही चेला लूकाको लेखाइबाट देखिन्छ: “जोखना हेर्ने विद्या भएकी एउटी दासीसँग हाम्रो भेट भयो, जसले जोखनाबाट त्यसका मालिकहरूका निम्ति धेरै पैसा कमाएर ल्याइदिने गर्थी।” प्रेरित पावलले त्यस केटीलाई दुष्टात्माको शक्‍तिबाट मुक्‍त गरी दिए, र त्यसपछि कहिले पनि भविष्य बताउने काम उसले गर्न सकिन।—प्रेरित १६:१६-१९.

१५. (क) प्रेतवादसँग सम्बन्धित केही कुराहरू के हुन्‌? (ख) यस्ता कुराहरूमा भाग लिनु किन खतरनाक हो?

१५ प्रेतवादमा धेरै मानिसहरू रुचि राख्दछन्‌ किनभने यो रहस्यमय र विचित्र छ। यसले तिनीहरूलाई मोहित पार्दछ। त्यसकारण तिनीहरू बोक्सी विद्या, झाँक्री विद्या, मोह विद्या, जादूगरी, ज्योतिष विद्या, मृत आत्मासँग कुरागर्दा प्रयोग हुने पाटी (OUIJA BOARD) वा प्रेतवादसँग सम्बन्धित अन्य कुनै पनि कुराहरूसँग तिनीहरू संलग्न भइ हाल्छन्‌। तिनीहरू यस विषयका पुस्तकहरू पढ्‌न सक्छन्‌, सिनेमा हेर्न सक्छन्‌, वा यससँग सम्बन्धित टेलीभिजन कार्यक्रमहरू हेर्न सक्छन्‌। तिनीहरू प्रेत संसारसँग एउटा माध्यम द्वारा सम्पर्क राख्ने सभामा पनि जान सक्छन्‌। तर सत्य परमेश्‍वरलाई सेवागर्न चाहनेहरूकालागि यी सबै बुद्धिमत्तापूर्ण कुरा होइनन्‌। यो खतरनाक पनि हो। यसले अहिले पनि हामीलाई सङ्‌कटमा पार्न सक्छ। यस अतिरिक्‍त, परमेश्‍वरले प्रेतवादको अभ्यास गर्नेहरू सबैको न्याय गर्नु हुनेछ तथा तिनीहरूलाई बहिष्कार गर्नु हुनेछ।—प्रकाश २२:१५.

१६. मसीहीहरूको लड़ाइँ दुष्टात्माहरूको विरुद्ध हो भनेर बाइबल कसरी दर्शाउँछ?

१६ एउटा व्यक्‍तिले आफूलाई आफ्नो शक्‍तिले भ्याएसम्म प्रेतवादबाट मुक्‍त गर्न खोजे तापनि, दुष्टात्माको आक्रमण उसमाथि अझै भइ रहन सक्छ। परमेश्‍वरको नियम भङ्‌ग गर्न प्रेरित गर्दै स्वयं दियाबलले बोलेको आवाज येशू ख्रीष्टले सुन्‍नु भएको घटनालाई याद गर्नुहोस्‌। (मत्ती ४:८, ९) परमेश्‍वरका अन्य सेवकहरू माथि पनि यस्ता आक्रमणहरू भएका छन्‌। प्रेरित पावलले भन्‍नुभएको छ: “हाम्रो लड़न्त . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” यसको अर्थ, परमेश्‍वरका प्रत्यक सेवकले “परमेश्‍वरका सारा हात-हतियार उठाएर खराब दिनमा सामना गर्न र सबै काम गरेर खड़ा हुनसक्नु पर्छ।”—एफिसी ६:११-१३.

दुष्टात्माहरूको प्रतिरोध गर्नु

१७. प्रेत लोकबाट एउटा “आवाजले” तपाईंसँग बोल्यो भने तपाईंले के गर्नु पर्छ?

१७ प्रेतलोकबाट एउटा “आवाजले” तपाईंसँग कुरा गऱ्‍यो भने, तपाईंले के गर्नु उचित हुनेछ? त्यो “आवाजले” तपाईंको मृत नातेदार वा एउटा असल आत्माको जस्तै स्वाँग गरेमा के गर्ने? “भूतहरूका मालिकले” येशूसँग बोल्दा, उहाँले के गर्नु भयो? (मत्ती ९:३४) उहाँले भन्‍नुभयो: “ए शैतान हटी जा!” (मत्ती ४:१०) तपाईं पनि त्यसै गर्न सक्नु हुन्छ। साथै, मददकालागि यहोवालाई पुकार्न सक्नु हुन्छ। ठूलो स्वरले प्रार्थना गर्नुहोस्‌ र परमेश्‍वरको नाउँको प्रयोग गर्नुहोस्‌। याद राख्नुहोस्‌, दुष्टात्माहरू भन्दा परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ। यो बुद्धिमत्तापूर्ण बाटोको अनुसरण गर्नुहोस्‌। प्रेतलोक बाट आउने त्यस्ता आवाजहरूलाई ध्यान नदिनुहोस्‌। (हितोपदेश १८:१०; याकूब ४:७) सुनिने प्रत्यक “आवाजहरू” सँधैनै प्रेतहरू बाट आएको हो भनेर भन्‍न सकिंदैन। कहिलेकाहिं शारीरिक अथवा मानसिक रोगहरूले गर्दा पनि आवाजहरू सुनेको जस्तो हुन सक्दछ।

१८. प्रेतवादबाट मुक्‍त हुन चाहने व्यक्‍तिले एफिसस्‌का प्रारम्भिक मसीहीहरूका कुनचाहिं राम्रो उदाहरण अनुसरण गर्न सक्छन्‌?

१८ हुनसक्छ कुनैबेला तपाईंले पनि कुनै प्रकारको प्रेतवादमा भाग लिनु भएको थियो होला र अब त्यसबाट मुक्‍त हुन चाहनु हुन्छ। तपाईंले के गर्न सक्नु हुन्छ? एफिसीका प्रारम्भिक मसीहीहरूको उदाहरणमाथि ध्यान दिनुहोस्‌। प्रेरित पावलले प्रचार गरेको “यहोवाको वचनलाई” तिनीहरूले स्वीकार गरी सके पछि, बाइबल भन्छ: “औ तिनीहरूमध्ये धेरै जना, जस जसले टुना-मुना गर्थे, आफ्ना आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामु जलाइदिए।” तिनीहरूको मोल गर्दा पचास हजार चाँदीका टुक्राहरू जत्तिको थियो! (प्रेरित १९:१९, २०) एफिसस्‌का ख्रीष्टका अनुयायी हुनेहरूको अनुकरण गर्दै, यदि तपाईंहरूसँग पनि प्रेतवाद सम्बन्धी केही सामानहरू छन्‌ भने, ती जतिनै मूल्यवान भएतापनि, तिनलाई नष्ट गरी दिनुनै बुद्धिमानीको कुरा हुनेछ।

१९. (क) प्रेतवादमा भाग लिनेहरू मध्य धेरैले कुन कुरा जान्दैनन्‌? (ख) हामीहरू आनन्दका साथ पृथ्वीमा सदा जीवित रहन चाहन्छौं भने, हामीहरूले के गर्न आवश्‍यक छ?

१९ आज विचित्र र रहस्यमय कुराहरूमा मानिसहरूले यत्तिका धेरै रुचि देखाएका हुनाले, प्रेतवादमा धरैनै मानिसहरू ग्रस्त छन्‌। तर, यस मध्ये धेरैलाई थाहा छैन कि वास्तवमा यसबाट तिनीहरू दुष्टात्मासँग सम्पर्क राख्दै छन्‌। यो कुनै निस्पाप खेलवाड़ होइन। दुष्टात्माहरू सँग चोट तथा हानि पुऱ्‍याउन सक्ने शक्‍ति छ। तिनीहरू दुष्ट हुन्‌। र, ख्रीष्टले तिनीहरूलाई सदाकालागि विनाशमा कैद गर्नुभन्दा अघि, मानिसहरूलाई आफ्नो दुष्ट शक्‍तिको अधीनमा ल्याउन तिनीहरू हर प्रयत्न गरिरहेकाछन्‌। (मत्ती ८:२८, २९) त्यसकारण, सबै दुष्टता हटाइए पछि यस संसारमा आनन्दका साथ सदाकालागि तपाईं बस्न चाहनुहुन्छ भने, हर प्रकारका प्रेतवादबाट अलग्ग रहेर प्रेतशक्‍तिबाट मुक्‍त हुनु आवश्‍यक छ।

[पृष्ठ -मा भएको चित्र]

एन्दोरको भूत-प्रेत खेलाउने माध्यमले को सँग सम्पर्क स्थापित गऱ्‍यो?

[पृष्ठ -मा भएको चित्र]

स्वर्गदूतको हैसियतमाहुने परमेश्‍वरका पुत्रहरूले मानवीय पुत्रीहरूलाई ध्यान दिए

[पृष्ठ -मा भएको चित्र]

भौतिक देह धारण गरेका स्वर्गदूतहरू डुबेनन्‌। तिनीहरूले आफ्नो मानवीय शरीरलाई परित्याग गरेर स्वर्गमा फर्के

[पृष्ठ -मा भएको चित्र]

बाइबल चेतावनी दिन्छ: ‘सबै प्रकारको प्रेतवादबाट अलग बस’

[पृष्ठ -मा भएको चित्र]

एफिसस्‌मा मसीही हुनेहरूले प्रेतवादसँग सम्बन्धित आफ्ना पुस्तकहरू डढ़ाइदिए—हामीहरूकालागि आज एउटा राम्रो उदाहरण

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने