-
नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?प्रहरीधरहरा—१९९० | मे १
-
-
तर आफ्नो पक्षपातपूर्ण विचारमा सीमित न भएर अझ टाढा सम्म दृष्टिगर्न तैयार हुने मानिसहरू पनि थिये। उदाहरणकालागि, प्रेरित पावल र उहाँको सङ्गी सिलासले प्रचार गरेका सुसमाचार प्रति बेरियाका बासिन्दाहरूले के कस्तो प्रतिकृया प्रकट गरे? यी बेरियाका बासिन्दाहरू बारे बाइबलका एक जना लेखकले एसो भन्नु भयो: “यिनीहरू थिस्सलोनिकीहरू भन्दा उत्तम थिए। किनभने यिनीहरूले हृदयमा ज्यादै तैयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) के तपाईं बेरियाका बासिन्दाहरू जस्तै “उत्तम हृदयका” हुनुहुन्छ?
कृपया, मासाजी नामका एक जना व्यक्तिको अनुभव विचार गर्नु होस्। कुनै बेलामा, उनले इसाई धर्मलाई अत्यन्त घृणा गर्दथिए। तिनी, जापान खोल्दा विरोध गर्ने ती हठबादीहरू जस्तै थिये। आफ्नी पत्नीले बाइबल अध्ययन गर्न शुरू गर्दा उनले हिंसात्मक ढँगमा विरोघ गरे। आफ्नो परिवारको हत्या गरेर आफू पनि आत्म हत्या गर्ने विचार सम्म उनको मनमा आयो। उनको हिंसात्मक व्यवहारले गर्दा, परिवार जापानको उत्तरी भागमा, साचिकोको दाईको घरमा भागेर जानु पर्यो।
तर अन्तमा, मासाजीले आफ्नो मन खोल्ने फैसला गरे। उनले आफ्नो पत्नीको धर्मलाई जाँच गरेर हेर्ने भये। बाइबल सम्बन्धी केही पुस्तकहरू पढ़े पछि, मासाजीले आफ्नो जीवनमा परिवर्तनहरू ल्याउने खाँचो देखे। शास्त्र अध्ययन गर्दै लैजादा, उनको हिंसात्मक व्यवहारको ठाँउमा परमेश्वरको आत्माको फलहरू देखिन थाल्यो। (गलाती ५:२२, २३) तर यहोवाका साक्षीहरूको सभाहरूमा जान मासाजी अझै हिचकिचाये। तिनीहरूले उनको हिंसात्मक व्यवहारका लागि बदला लिने होलान् भन्ने डर उनलाई थियो। भएता पनि, तिनी एक दिन, एउटा राज्य-गृहमा गये। त्यहाँ सबैले उनको हार्दिक स्वागत गरे। यो देखेर उनको आँखा भरि आँसु आयो।
-
-
नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?प्रहरीधरहरा—१९९० | मे १
-
-
यसबाट हामी के सिक्न सकदछौं? नया विचारहरू ग्रहण गर्नु भन्दा अघि राम्रो सँग रोज्न सिक्नु पर्छ। हामीले पनि बेरियाका बासिन्दाहरू जस्तै “ती कुराहरू (पावलले सिकाएका कुराहरू) ठीक हुन् कि होइनन् भनेर दिनहूँ धर्मशास्त्रमा खोजी” गर्न उचित हुनेछ। (प्रेरित १७:११) यहाँ “खोजी” भनेर अनुवाद गरिएको युनानी शब्दको अर्थ “सावधानी साथ, कानूनी ढँगमा ठीक अनुसन्धान गर्नु हो।” (ए टी रबर्टसनको Word Pictures in the New Testament) साम्ने प्रस्तुत गरिएको प्रत्यक विचार अन्धो भएर स्वीकार गर्नु भन्दा, कानूनी मुद्दामा न्यायाधीशले गरेको जस्तै, हामीले पनि सावधानी साथ ठीक, ठीक अनुसन्धान गर्नु आवश्यक छ।
-