प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १७, १८. मानिसहरूले आफू परमेश्‍वरसित नजिक हुनुपर्छ भनेर किन बुझ्नुपर्छ? आफ्ना श्रोताको मन छुन पावलले गरेको प्रयासबाट हामी के सिक्न सक्छौँ?

      १७ मानिसहरूले आफू परमेश्‍वरसित नजिक हुनुपर्छ भनेर बुझ्नुपर्छ। परमेश्‍वरले गर्दा नै “हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ” भनी पावलले बताए। केही शास्त्रविद्‌अनुसार यहाँ पावल ईसापूर्व छैटौँ शताब्दीका क्रेटका कवि एपिमेनिडेसका शब्दलाई सङ्‌केत गर्दै थिए, जो “एथेन्सवासीहरूको धार्मिक परम्पराले मान्यता दिएको व्यक्‍ति” थिए। मानिसहरू परमेश्‍वरसित नजिक हुनुपर्ने अर्को कारण पावलले यसरी बताए: “‘हामी त उहाँकै सन्तान हौँ’ भनेर तपाईँहरूकै कोही-कोही कविले पनि भनेका छन्‌।” (प्रेषि. १७:२८) परमेश्‍वर सबैभन्दा पहिले सृष्टि गरिएका मानिसको बुबा हुनुहुन्थ्यो र तिनैबाट हामी सबै आएका हौँ। त्यसैले परमेश्‍वर हाम्रो पनि बुबा हुनुहन्छ र हामी उहाँसित नजिक हुनुपर्छ। आफ्ना श्रोताहरूको मन छुन पावलले बुद्धिमानीपूर्वक ग्रीक साहित्यहरूबाटै उद्धरण गरे, जसलाई उनीहरू मान्यता दिन्थे।e पावलको उदाहरण पछ्याउँदै हामी पनि कहिलेकाहीँ संसारको इतिहास, विश्‍वकोश वा मानिसहरूले मान्यता दिएका अन्य स्रोतबाट केही हदसम्म उद्धरण गर्न सक्छौँ। उदाहरणको लागि, कुनै झूटो धार्मिक परम्पराको सुरुवात कसरी भयो भन्‍ने विषयमा सबैले मान्यता दिएको स्रोतबाट प्रसङ्‌गसँग मिल्ने कुरा उद्धरण गर्दा हामीले सुसमाचार सुनाएका मानिसहरू पनि त्यसबारे विश्‍वस्त हुन सक्छन्‌।

  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • e स्तोइक कवि अराटसको खगोलसम्बन्धी कविता फेनोमेना-बाट पावलले उद्धरण गरेका थिए। त्यसैगरि स्तोइक लेखक क्लिआन्थिसले लेखेका ज्युसको लागि भजन-जस्ता ग्रीक लेखोटहरूमा यस्तै शब्द पाइन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने