-
बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन्येसु—बाटो, सत्य र जीवन
-
-
तिनको सन्देश सुनेर मानिसहरू उत्साहित हुन्छन्। धेरैले पश्चात्ताप गर्नुपर्ने अर्थात् आफ्नो मनोवृत्ति र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने कुरा बुझ्छन्। तिनीकहाँ “यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका” मानिसहरू आउँछन्। (मत्ति ३:५) युहन्नाकहाँ आउने धेरैले पश्चात्ताप गर्छन्। अनि तिनले उनीहरूलाई यर्दन नदीमा बप्तिस्मा गराउँछन्। तिनी किन बप्तिस्मा गराउँछन्?
युहन्नाले परमेश्वरको व्यवस्थाको करारविरुद्ध मानिसहरूले गरेको पापको पश्चात्तापको प्रतीकस्वरूप बप्तिस्मा गराउँछन्। (प्रेषित १९:४) तर सबै यसको लागि योग्य छैनन्। आफूकहाँ आउने फरिसी र सदुकी धर्मगुरुहरूलाई युहन्ना यसो भन्छन्: “हे विषालु सर्पका बच्चाहरू हो!” तिनी अझ यसो भन्छन्: “पश्चात्ताप प्रकट हुने फल फलाओ। तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान। किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।”—मत्ति ३:७-१०.
-
-
बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन्येसु—बाटो, सत्य र जीवन
-
-
त्यसैले “पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ” भन्ने युहन्नाको सन्देश साँच्चै उपयुक्त छ। (मत्ति ३:२) यस सन्देशले यहोवा परमेश्वरद्वारा नियुक्त राजाले सेवाको काम चाँडै सुरु गर्न लाग्नुभएको छ भन्ने सूचनाको रूपमा काम गर्छ।
-