प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सतावटको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १५. तन्त्रमन्त्र र त्यससित सम्बन्धित कुराहरूबाट अलग रहने सन्दर्भमा हामी कसरी एफिसीहरूको उदाहरणको अनुकरण गर्न सक्छौँ?

      १५ स्केवाका छोराहरूको बेइज्जत भएकोले थुप्रै मानिसमा परमेश्‍वरको डर छायो। परिणामस्वरूप थुप्रै येसुको चेला बने र तिनीहरूले तन्त्रमन्त्र छोडे। एफिसीहरूको संस्कृतिमा जादुगरी र तन्त्रमन्त्रले बलियो जरा गाडेको थियो। मन्त्र जप्नु र बुटी लगाउनु त सामान्य थियो। मन्त्रहरू प्रायजसो लेखेर राखिएका हुन्थे। तन्त्रमन्त्रका पुस्तकहरू एकदमै महँगा हुन्थे र अहिलेको बजारभाउअनुसार लाखौँ पर्थ्यो। तैपनि एफिससका थुप्रै मानिसले जादुगरीसित सम्बन्धित आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु जलाए।d लुकाले यस्तो लेखे: “यसरी यहोवा परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै गयो।” (प्रेषि. १९:१७-२०) झूट र प्रेतहरूको शक्‍तिमाथि सत्यको कत्ति ठूलो जित! ती वफादार मानिसहरूले हाम्रो लागि राम्रो उदाहरण बसाले। आज हामी पनि तन्त्रमन्त्रले चुर्लुम्म डुबेको संसारमा बाँचिरहेका छौँ। हामीसित तन्त्रमन्त्रसित सम्बन्धित सरसामान छन्‌ भने एफिससका ख्रिष्टियनहरूले जस्तै त्यसलाई तुरुन्तै नाश गर्नुपर्छ। जस्तोसुकै मोल चुकाउनुपरे तापनि त्यस्ता घृणित चलनहरू त्यागौँ।

  • सतावटको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • d ती पुस्तकहरूको मूल्य ५० हजार चाँदीको टुक्रा थियो भनेर लुकाले बताए। यदि तिनले दिनारसँग तुलना गरेर भनेका हुन्‌ भने एक जना कामदारलाई हप्ताको सातै दिन काम गरेर त्यति चाँदीको टुक्रा कमाउन ५० हजार दिन लाग्थ्यो अर्थात्‌ लगभग १३७ वर्ष।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने