-
ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छप्रहरीधरहरा—२००२ | मार्च १५
-
-
७. (क) पृथ्वीभरिका मण्डलीहरूमा नेतृत्व लिन येशूले कसरी परिचालक निकाय चलाउनुहुन्छ? (ख) मसीही निरीक्षकहरू पवित्र आत्माद्वारा नियुक्त भएका हुन्छन् भनेर किन भन्न सकिन्छ?
७ प्रथम शताब्दीमा जस्तै अहिले पनि अभिषिक्त निरीक्षकहरूमध्येबाटै केही योग्य पुरुषहरूले परिचालक निकायमा सेवा गर्छन् अनि तिनीहरूले विश्वासी र बुद्धिमान् दासको प्रतिनिधित्व गर्छन्। हाम्रो नेताले यस परिचालक निकायमार्फत् योग्य पुरुषहरूलाई प्राचीनहरूको हैसियतमा छान्नुहुन्छ, चाहे तिनीहरू आत्मा-अभिषिक्त होऊन् या नहोऊन्। यस सन्दर्भमा यहोवाले येशूलाई चलाउन अधिकार दिनुभएको पवित्र आत्माले निर्णायक भूमिका निर्वाह गर्छ। (प्रेरित २:३२, ३३) प्रथमतः यी निरीक्षकहरूले पवित्र आत्माद्वारा परमेश्वरको प्रेरित वचनमा औंल्याइएका आवश्यकताहरू पूरा गर्नुपर्छ। (१ तिमोथी ३:१-७; तीतस १:५-९; २ पत्रुस १:२०, २१) प्रार्थनापूर्वक पवित्र आत्माको निर्देशनमा सिफारिस तथा नियुक्तिहरू गरिन्छन्। साथै, यस प्रकार नियुक्त व्यक्तिहरूले पनि आत्माका फलहरू फलाएको प्रमाण दिन्छन्। (गलाती ५:२२, २३) अतः पावलको यो सल्लाह प्राचीनहरू, चाहे उनीहरू अभिषिक्त होऊन् वा नहोऊन् सबैलाई उत्तिकै लागू हुन्छ: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको” छ। (प्रेरित २०:२८) यी नियुक्त पुरुषहरूले परिचालक निकायबाट निर्देशनहरू प्राप्त गर्छन् र राजीखुसीसाथ मण्डलीको गोठालो गर्छन्। यस प्रकार, ख्रीष्ट अहिले हाम्रो साथमा हुनुहुन्छ र सक्रियतासाथ मण्डलीको नेतृत्व लिइरहनुभएको छ।
-
-
ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छप्रहरीधरहरा—२००२ | मार्च १५
-
-
११. प्राचीनहरूको प्रबन्धलाई आदर गर्नु किन हाम्रो बप्तिस्माअनुरूप जीवन बिताउनुसित सम्बन्धित छ?
११ हाम्रो नेता सिद्ध हुनुहुन्छ। उहाँले वरदानको रूपमा दिनुभएका पुरुषहरू सिद्ध छैनन्। त्यसैकारण तिनीहरूले कहिलेकाहीं गल्ती गर्न सक्छन्। तैपनि, हामी ख्रीष्टको प्रबन्धप्रति वफादार हुनु अत्यावश्यक छ। वास्तवमा भन्ने हो भने, हाम्रो समर्पण र बप्तिस्माअनुसार जीवन बिताउनुको अर्थ हामीले मण्डलीमा आत्मअभिषिक्त अधिकारको वैधतालाई स्वीकार्नु र राजीखुसीसाथ त्यसको अधीनमा बस्नु हो। हामीले “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनु भनेको यहोवाका उद्देश्यहरू पूरा गर्ने काममा पवित्र आत्माले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनेर बुझेका छौं र त्यसलाई स्वीकार्छौं भनी जनसमक्ष घोषणा गर्नु हो। (मत्ती २८:१९) त्यस्तो बप्तिस्माले हामी आत्माको कार्यलाई साथ दिन्छौं अनि ख्रीष्टका अनुयायीहरूमाझ यसको सञ्चालनमा केही बाधा नपुऱ्याउन होसियार छौं भन्ने अर्थ बुझाउँछ। पवित्र आत्माले प्राचीनहरूको सिफारिस र नियुक्तिमा निर्णायक भूमिका निर्वाह गर्ने भएकोले मण्डलीमा प्राचीनहरूको प्रबन्धलाई सहयोग गर्न असफल भयौं भने, के हामीले समर्पणअनुरूप जीवन बिताइरहेका हुनेछौं र?
-