प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • प्रेषित २१:१-१७ मा आधारित

      १-४. पावल किन यरुसलेम जाँदै छन्‌? त्यहाँ तिनले के-कस्तो परिस्थिति सामना गर्नुपर्ने हुन सक्छ?

      पावल र लुका मिलेटसबाट बिदा हुँदा सबै भावुक हुन्छन्‌। आफूले औधी माया गर्ने एफिससका एल्डरहरूबाट बिदा हुनु तिनीहरूको लागि कत्ति गाह्रो छ! ती दुई मिसनरी जहाजको खुला ठाउँमा उभिन्छन्‌। यात्राको लागि चाहिने सबै सामान पोका पारिएको छ। तिनीहरूले खाँचोमा परेका यहुदियाका ख्रिष्टियनहरूको लागि सङ्‌कलन गरेको चन्दा पनि बोकेका छन्‌। यो चन्दा त्यहाँका भाइहरूलाई जिम्मा दिन तिनीहरू आतुर छन्‌।

      २ मन्द-मन्द हावा चलिरहेको छ र कल्याङकुलुङ हल्लाले भरिएको बन्दरगाहबाट जहाज चल्न थाल्छ। यी दुई पुरुष र तिनीहरूका साथमा हिँडेका सात जना सहयात्री समुद्र किनारमा मलिन अनुहार लगाएर उभिरहेका भाइहरूलाई एकटकले हेर्छन्‌। (प्रेषि. २०:४, १४, १५) आफ्ना साथीहरूलाई देखुन्जेल ती यात्रुहरू बिदाइको हात हल्लाइरहन्छन्‌।

  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • ५. पावल र तिनका साथीहरू कुन बाटो भएर टायर गए?

      ५ पावल र तिनका साथीहरू चढेको जहाज “सीधै” गयो। सीधै गयो भन्‍नुको अर्थ तिनीहरू चढेको जहाज यताउता नहुर्री मन्द हावाको बहाबमा त्यही दिन कोस पुग्यो। (प्रेषि. २१:१) रोडस र पटारा लाग्नुअघि तिनीहरूले रात त्यहीँ काटेजस्तो देखिन्छ। एसिया माइनरको दक्षिणी तट पटारामा भाइहरू मालमत्ता लैजाने ठूलो जहाज चढे र त्यहाँबाट तिनीहरू सीधै फोनिसियाको टायरमा पुगे। यात्राको दौडान तिनीहरूले “साइप्रस टापु” देखे र “त्यसलाई देब्रेतिर पार्दै” लागे। (प्रेषि. २१:३) प्रेषितको पुस्तकका लेखक लुकाले किन यो विवरण समावेश गरे?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने