प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था
    प्रहरीधरहरा—२००३ | मार्च १५
    • यहूदी मसीहीहरू नि?

      १२. कुन प्रश्‍नको जवाफ प्रस्ट हुन बाँकी नै थियो?

      १२ अन्यजातिका मसीहीहरूले खतना गर्नु पर्दैन भनी परिचालक निकायले स्पष्टसित बताइसकेको थियो। तर यहूदी मसीहीहरूले नि? परिचालक निकायको निर्णयमा यस प्रश्‍नको प्रस्ट जवाफ पाइँदैनथ्यो।

      १३. उद्धार पाउनको लागि मोशालाई दिइएको व्यवस्था पालन गर्नु आवश्‍यक छ भन्‍ने निष्कर्षमा पुग्नु किन गलत थियो?

      १३ “व्यवस्थामा खुरन्धार” लागिरहने केही यहूदी मसीहीहरूले आफ्ना बच्चाहरूको खतना गर्ने र व्यवस्थाका खास पक्षहरू पालन गर्ने गरिरहे। (प्रेरित २१:२०) अझै अरूले त उद्धार पाउने हो भने यहूदी मसीहीहरूले व्यवस्था पालन गर्नुपर्छ भन्‍ने अडानसमेत लिए। यसरी तिनीहरूले पूर्णतया गलत सोचाइ राखिरहेका थिए। उदाहरणका लागि, कुनै मसीहीले पापको क्षमाको लागि कसरी पशुबलि चढाउन सक्थ्यो र? ख्रीष्टको बलिदानले यसलाई बदर गरिसकेको थियो। अन्यजातिका मानिसहरूसित घनिष्ठ नहुनु भनी व्यवस्थाले यहूदीहरूलाई दिएको नियम नि? यी प्रतिबन्धहरूको अधीनमा रहेर अन्यजातिहरूलाई येशूले सिकाउनुभएका सबै कुराहरू सिकाउने कार्यभार पूरा गर्न जोसिला मसीही प्रचारकहरूलाई असाध्यै गाह्रो भएको हुनुपर्छ। (मत्ती २८:१९, २०; प्रेरित १:८; १०:२८)a परिचालक निकायको सभामा यस मामिलालाई स्पष्ट पारिएको थियो भन्‍ने कुनै संकेत छैन। तथापि, मण्डली अलपत्र छोडिएको भने थिएन।

  • प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था
    प्रहरीधरहरा—२००३ | मार्च १५
    • [पृष्ठ २४-मा भएको पेटी/चित्र]

      पावल परीक्षासामु विनम्र रहन्छन्‌

      सफल मिसनरी यात्रापछि, सा.यु. ५६ मा पावल यरूशलेम आइपुगे। त्यहाँ तिनले एउटा परीक्षा सामना गर्नुपर्ने थियो। तिनले व्यवस्था रद्द भइसक्यो भनी सिकाउँदै छन्‌ भन्‍ने समाचार मण्डलीको कानमा पुगिसकेको थियो। पावलले व्यवस्थाबारे खुलमखुल्ला कुरा गर्दा भर्खरै धर्म परिवर्तन गरेका यहूदी मसीहीहरूले ठक्कर खालान्‌ र तिनीहरू मसीहीहरूले यहोवाका प्रबन्धहरूप्रति आदर देखाउँदैनन्‌ भन्‍ने निष्कर्षमा पुग्लान्‌ भनी धर्म-गुरुहरू डराएका थिए। मण्डलीमा भाकल गरेका चार जना यहूदी मसीहीहरू थिए। सायद तिनीहरूले नाजिरीको भाकल गरेका थिए। आफ्नो भाकल पूरा गर्नको लागि तिनीहरू मन्दिरमा जानुपर्थ्यो।

      धर्म-गुरुहरूले पावललाई ती चार जनासँगै मान्दिरमा जान र तिनीहरूको खर्च भरिदिन आग्रह गरे। तिनले लेखेका कम्तीमा पनि दुईवटा प्रेरित पत्रमा पावलले उद्धारको लागि व्यवस्था पालन गर्न आवश्‍यक छैन भनेर तर्क गरिसकेका थिए। तथापि, तिनले अरूको अन्तस्करणको पनि ख्याल गरे। तिनले पहिला यस्तो लेखेका थिए: “व्यवस्थाका अधीनमा रहनेहरूलाई हात पारूँ भनेर . . . व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा भएको जस्तै म भएँ।” (१ कोरिन्थी ९:२०-२३) पावलले महत्त्वपूर्ण धर्मशास्त्रीय सिद्धान्तहरू बिथोलित भएको मामिलामा कहिल्यै सम्झौता गरेनन्‌ तर तिनले धर्म-गुरुहरूको सल्लाह पालन गर्न सकिन्छ भन्‍ने महसुस गरे। (प्रेरित २१:१५-२६) तिनले यसो गर्नु गलत थिएन। भाकलको प्रबन्ध कुनै गैरशास्त्रीय कुरा थिएन र मन्दिर मूर्तिपूजाको लागि नभई शुद्ध उपासनाको लागि प्रयोग गरिन्थ्यो। त्यसकारण, अरूलाई बाधा नपुगोस्‌ भनेर पावलले धर्म-गुरुहरूको सल्लाहअनुसारै गरे। (१ कोरिन्थी ८:१३) यसको लागि पावललाई पक्कै पनि विनम्रताको आवश्‍यकता पऱ्‍यो। यसले तिनीप्रति हाम्रो मूल्यांकन अझ बढाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने