-
“साहसी होऊ!”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
१०. पावललाई कस्ता गम्भीर आरोपहरू लगाइयो?
१० पावललाई आरोप लगाउनेहरू यरुसलेमबाट सिजरिया नआइपुगुन्जेल तिनलाई “हेरोदको महलमा लगी पहरा दिएर” राखियो। (प्रेषि. २३:३५) पाँच दिनपछि प्रधानपुजारी हननिया, तर्तुल्लस नाम गरेका अधिवक्ता र एल्डरहरूको एक समूह आइपुगे। सुरुमा तर्तुल्लसले यहुदीहरूको खातिर फेलिक्सले गरेका कामको प्रशंसा गरे। यस्तो प्रशंसा गरेर उनले चिप्लो घसिरहेका थिए र फेलिक्सको अनुग्रह पाउन खोजिरहेका थिए।b त्यसपछि मुख्य विषयतिर लाग्दै तर्तुल्लसले भने: “[पावल] समस्याको जड हो; यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको हामीले पायौँ। अनि यो नासरी गुटको नाइके हो। यसले मन्दिरलाई पनि बिटुलो पार्ने दुष्प्रयास गऱ्यो। त्यसकारण हामीले यसलाई पक्र्यौँ।” तर्तुल्लसले “भनेको कुरामा सहमति जनाउँदै यहुदीहरू पनि पावलविरुद्ध बोल्न थाले।” (प्रेषि. २४:५, ६, ९) यसरी उनले पावललाई देशद्रोह गर्न उक्साएको, खतरनाक गुटको नाइके भएको र मन्दिरलाई बिटुलो पारेको गम्भीर आरोपहरू लगाए। यसको सजाय मृत्युदण्ड हुन सक्थ्यो।
-
-
“साहसी होऊ!”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
b यहुदियामा “ठूलो शान्ति” कायम गरेकोमा तर्तुल्लसले फेलिक्सको प्रशंसा गरे। तर वास्तवमा भन्ने हो भने फेलिक्सअघि र पछिका राज्यपालहरूको शासनकालको तुलनामा तिनको शासनकालमा यहुदियामा खासै शान्ति थिएन। साथै तिनले गरेका सुधारहरूको लागि यहुदीहरू “अत्यन्तै आभारी” छन् भन्ने कुरा पनि सरासर झूट थियो। वास्तवमा धेरैजसो यहुदी तिनलाई घृणा गर्थे किनकि तिनी दमनकारी शासक थिए र तिनले यहुदीहरूले रोमविरुद्ध गरेको विद्रोहलाई दबाउन हिंसाको बाटो रोजेका थिए।—प्रेषि. २४:२, ३.
-