प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 No. १ pp. १२-१३
  • हामीलाई आशा दिने शिक्षाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई आशा दिने शिक्षाहरू
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले दुष्ट मानिसहरूलाई हटाउनुहुनेछ
  • ईश्‍वरले सैतानलाई नाश गर्नुहुनेछ
  • ईश्‍वरले रोगबिमार र मृत्यु हटाउनुहुनेछ
  • हाम्रो सृष्टिकर्ताले पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नुहुनेछ
  • ईश्‍वरले मरिसकेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • तपाईंको भविष्य आनन्दमय हुनसक्छ!
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 No. १ pp. १२-१३
मानिसहरू सुन्दर बगैँचामा जनावरहरूसित खेल्दै छन्‌ र प्रशस्त खानेकुराको आनन्द उठाउँदै छन्‌।

हामीलाई आशा दिने शिक्षाहरू

ईश्‍वरले चाँडै रोमाञ्चकारी परिवर्तनहरू ल्याउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले दुःखकष्टको अन्त गर्नुहुनेछ र मानिसहरू पृथ्वीमा आनन्दित भई बाँच्न सक्नेछन्‌। (भजन ३७:११) हामी यस प्रतिज्ञामा किन विश्‍वास गर्न सक्छौँ? “परमेश्‍वर झूट बोल्नुहुन्‍न, किनकि उहाँ मानिस हुनुहुन्‍न” भनी बाइबल बताउँछ। (गन्ती २३:१९) सृष्टिकर्ताले गर्नुहुने केही परिवर्तनहरू विचार गरौँ।

ईश्‍वरले दुष्ट मानिसहरूलाई हटाउनुहुनेछ

“दुष्टहरू झारझैँ सप्रे पनि र गलत काम गर्नेहरूको फलिफाप भए पनि तिनीहरू सदाको लागि नष्ट हुनेछन्‌।”—भजन ९२:७.

अघिल्लो लेखमा छलफल गरेजस्तै दुष्टहरू बढिरहेका छन्‌। तर यो देखेर हामीले अचम्म मान्‍नुपर्दैन। “अन्तको दिनमा” मानिसहरू एकदमै खराब हुनेछन्‌ भनेर बाइबलको २ तिमोथि ३:१-५ मा भविष्यवाणी गरिएको थियो। तर केको अन्तको दिन? ईश्‍वरको आज्ञा पालन गर्न नचाहने मानिसहरूले भरिएको संसारको। चाँडै ईश्‍वरले खराब मार्ग त्याग्न नचाहने मानिसहरूलाई नाश गर्नुहुनेछ। त्यसपछि असल मानिसहरू अर्थात्‌ ईश्‍वरको आज्ञा पालन गर्न चाहने मानिसहरू मात्र पृथ्वीमा बाँकी रहनेछन्‌। “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९.

ईश्‍वरले सैतानलाई नाश गर्नुहुनेछ

‘शान्ति दिनुहुने परमेश्‍वरले सैतानलाई कुच्याउनुहुनेछ।’—रोमी १६:२०.

सैतान र त्यसका प्रेतहरूलगायत सबै दुष्टहरू नाश भएपछि पृथ्वीभरि शान्ति छाउनेछ। हाम्रो सृष्टिकर्ताले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “कसैले पनि [तिमीहरूलाई] तर्साउनेछैन।”—मिका ४:४.

ईश्‍वरले रोगबिमार र मृत्यु हटाउनुहुनेछ

“परमेश्‍वरको वासस्थान मानिसहरूमाझ छ। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:३, ४.

दुःखकष्ट र रोगबिमार हुनेछैन किनभने सैतान, आदम, हव्वा र हाम्रो त्रुटिपूर्ण अवस्थाले गर्दा निम्तिएको सबै हानिलाई ईश्‍वरले सच्याउनुहुनेछ। फलस्वरूप “मृत्यु हुनेछैन।” सृष्टिकर्तालाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्नेहरू सधैँभरि जिउनेछन्‌। तर कहाँ?

हाम्रो सृष्टिकर्ताले पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नुहुनेछ

“उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.

ईश्‍वरले दुष्ट मानिसहरूलाई हटाउनुभएपछि पृथ्वीले हर्ष मनाउनेछ! चारैतिर सुन्दर अनि हराभरा बगैँचाहरू हुनेछन्‌ र पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ। (भजन ७२:१६) समुद्र, ताल र नदीहरूमा कन्चन पानी बग्नेछ अनि तिनमा जीवन भरिभराउ हुनेछ। पृथ्वी कुन हदसम्म प्रदूषित थियो भनेर समेत हामीले बिर्सन्छौँ होला। मानिसहरू आफैले बनाएको घरमा बसोबास गर्नेछन्‌। अनि कोही पनि घरबारविहीन, भोकभोकै र गरिब हुनेछैन।—यसैया ६५:२१, २२.

ईश्‍वरले मरिसकेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ

“[मानिसहरू] फेरि जीवित हुनेछन्‌।”—प्रेषित २४:१५.

के तपाईँ आफ्ना मरिसकेका प्रिय जनहरूलाई फेरि भेट्‌न चाहनुहुन्छ? सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताले तिनीहरूलाई यस सुन्दर पृथ्वीमा जीवित पार्नुहुनेछ। तपाईँले तिनीहरूलाई चिन्‍नुहुनेछ र तिनीहरूले पनि तपाईँलाई चिन्‍नेछन्‌। त्यो समय कत्ति हर्षमय हुनेछ, कल्पना गर्नुहोस्‌! यो आशा पूरा हुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ? किनभने बाइबलमा मरिसकेका वयस्क र केटाकेटीलाई फेरि जीवित पारिएको र आफ्नो परिवारसित पुनर्मिलन भएको उदाहरणहरू पाउन सक्छौँ। यसबाहेक येसुले मरिसकेका मानिसहरूलाई थुप्रै मानिसहरूको अगाडि फेरि जीवित पार्नुभएको थियो।—लुका ८:४९-५६; युहन्‍ना ११:११-१४, ३८-४४.

अहिले म साँच्चै खुसी छु

“दुःखकष्ट, रोगबिमार र मृत्यु नहुने सुन्दर पृथ्वीबारे पहिलो चोटि सुनेको दिन मलाई अझै पनि याद छ। यो कुरा सुन्दा मलाई मनमनै हाँस उठेको थियो। तर बाइबल पढ्‌दै जाँदा यो अद्‌भुत किताब र यसमा भएका प्रतिज्ञाहरूमा किन भरोसा गर्न सक्छु भनेर बुझेँ। बाइबल ईश्‍वरले दिनुभएको किताब हो भनेर म विश्‍वस्त भएको छु। पहिला-पहिला म दुःखी र चिन्तित देखिन्थेँ तर अहिले म साँच्चै खुसी छु। यो कुरा मेरो परिवार र साथीभाइले पनि याद गरेका छन्‌।”—रवि।

रवि।

थप जानकारी पाउनुहोस्‌:

सुन्दर पृथ्वीमा मानिसहरू सधैँभरि जीवन बिताउने ईश्‍वरको उद्देश्‍यबारे थप जानकारी पाउनको लागि jw.org/ne जानुहोस्‌ र बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ > जीवन र मृत्यु अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने