प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “म सिजरलाई अपिल गर्छु!”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • ५. फेस्तसले पावलसित कस्तो व्यवहार गरे?

      ५ केही दिनपछि फेस्तस सिजरियाको “न्यायासनमा बसे।”b तिनीसामु पावल र पावललाई आरोप लगाउनेहरू थिए। तिनीहरूको निराधार आरोपहरूको खण्डन गर्दै पावलले यसो भने: “मैले न यहुदीहरूको व्यवस्थाविरुद्ध न मन्दिरविरुद्ध न त सिजरविरुद्ध नै केही पाप गरेको छु।” प्रेषित पावल निर्दोष थिए अनि तिनले छुटकारा पाउनुपर्थ्यो। फेस्तसले कस्तो निर्णय सुनाउने थिए? यहुदीहरूलाई खुसी पार्न तिनले पावललाई यस्तो प्रश्‍न सोधे: “के तिमी यरुसलेम गएर मसामु यी कुराहरूको फैसला गरिएको चाहन्छौ?” (प्रेषि. २५:६-९) कस्तो वाहियात प्रस्ताव! पावललाई यरुसलेम पठाइयो भने तिनका आरोपकहरू नै तिनका न्यायाधीश हुने थिए र तिनलाई अवश्‍य मृत्युदण्ड दिने थिए। यतिबेला फेस्तसले साँचो न्याय गर्न चाहेका थिएनन्‌ तर आफ्नै राजनैतिक स्वार्थ पूरा गर्न खोजिरहेका थिए। पहिलेको राज्यपाल पन्तियस पिलातसले पनि येसुको मुद्दामा यस्तै व्यवहार गरेका थिए। (युह. १९:१२-१६) आजका न्यायाधीशहरूले पनि राजनैतिक दबाबमा परेर गलत निर्णय सुनाउन सक्छन्‌। त्यसैले परमेश्‍वरका जनहरू मुछिएका मुद्दाहरूमा अदालतले हाम्रो विपक्षमा निर्णय सुनाउँदा हामी अचम्म मान्दैनौँ।

  • “म सिजरलाई अपिल गर्छु!”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • b “न्यायासन” मञ्चमा राखिएको एउटा कुर्सी थियो। उच्च पारिएको स्थानले न्यायाधीशले गरेको निर्णय अन्तिम निर्णय हो र त्यसलाई मान्यता दिनुपर्छ भन्‍ने कुरा बुझाउँथ्यो। येसुमाथि लगाइएका अभियोगहरूको सुनुवाइ हुँदा पिलातस न्यायासनमा बसेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने