-
फेरि जीवित हुने पक्का आशा!प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | डिसेम्बर
-
-
फेरि जीवित पारेर स्वर्ग लगिने थुप्रै व्यक्तिमध्ये येसु पहिलो हुनुहुन्थ्यो (अनुच्छेद १५-१६ हेर्नुहोस्)b
१५. “जीवित पारिने” “सबै” मानिसमा को समावेश छन्?
१५ याद गर्नुहोस्, पावलले “ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ” भने। (१ कोरि. १५:२२) पावलले यो पत्र कोरिन्थका अभिषिक्त ख्रिष्टियनहरूलाई लेखेका थिए, जो मृत्युबाट जीवित भएर स्वर्ग जाने थिए। ती ख्रिष्टियनहरू ‘ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका थिए अनि पवित्र जनहरू बन्न बोलाइएका थिए।’ पावलले “मृत्युको चिर निद्रामा परेका ख्रिष्टका चेलाहरू”-बारे पनि उल्लेख गरे। (१ कोरि. १:२; १५:१८; २ कोरि. ५:१७) परमेश्वरको प्रेरणा पाएर लेखेको अर्को पत्रमा पावलले “[येसुजस्तै] मरेर उहाँसित एक भएका”-हरू ‘उहाँजस्तै फेरि जीवित भएर उहाँसित एक हुनेछन्’ भनेर लेखे। (रोमी ६:३-५) येसुलाई अदृश्य शरीरमा ब्युँताएर स्वर्ग लगियो। त्यसैले पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका सबै चेलालाई पनि अदृश्य शरीरमा ब्युँताएर स्वर्ग लगिने थियो।
-
-
फेरि जीवित हुने पक्का आशा!प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | डिसेम्बर
-
-
१७. पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका चेलाहरूले कहिले स्वर्गीय इनाम पाउने थिए?
१७ पावलले कोरिन्थीहरूलाई पत्र लेखेको समयमा पवित्र शक्तिद्वारा अभिषेक भएका ख्रिष्टका चेलाहरूलाई स्वर्ग लैजाने काम सुरु भइसकेको थिएन। बरु पावलले यो काम भविष्यमा हुनेछ भनेर यसरी सङ्केत गरे: “हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई। त्यसपछि जो ख्रिष्टका हुन्, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।” (१ कोरि. १५:२३; १ थिस्स. ४:१५, १६) अहिले हामी भविष्यवाणी गरिएको ख्रिष्टको “उपस्थिति”-मा बाँचिरहेका छौँ। त्यसैले प्रेषितहरू र अरू अभिषिक्त ख्रिष्टियनहरू, जो मरिसकेका थिए, तिनीहरूले ‘येसुजस्तै फेरि जीवित भएर उहाँसित एक हुन’ र स्वर्गीय इनाम पाउन उहाँको उपस्थितिलाई पर्खनुपर्ने थियो।
-