“सुसमाचारको कारण लज्जित् नभएका”
“सुसमाचार सँग म शर्माउँदिन, किनभने विश्वास गर्ने हरेकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो।”—रोमी १:१६
१. सुसमाचार प्रति अक्सर मानिसहरूले के कस्तो प्रतिकृया देखाँउछन् तर संसारका अविश्वासी मानिसहरूले परमेश्वरको राज्यको सुसमाचार प्रति कुन दृष्टिकोण अपनाउनेछन्?
एक जना मानिसको निम्ति जुन कुरा सुसमाचार होला, त्यही कुरा अर्को मानिसको निम्ति सुसमाचार न होला। साधारणतया, सुसमाचार ल्याउने मानिसले हार्दिक् स्वागत पाउँछ र सुसमाचार सुन्न मानिसहरू उत्सुक्ता साथ कान थापछन्। तर, संसारका अविश्वासी मानिसहरूका निम्ति परमेश्वरको राज्यको सुसमाचार र मुक्तिको सन्देश आनन्दायक हुनेछैन भनेर बाइबलमा अगमवाणी गरिएको थियो।—२ कोरिन्थी २:१५,१६ सँग तुलना गर्नुहोस्।
२. आफूले घोषणागर्नु भएको सुसमाचार बारे पावलले के भन्नु भयेको थियो र उहाँले त्यस बेला घोषणागर्नु भएको समाचार आज पनि सुसमाचार किन हो?
२ सर्वसाधारणलाई सुसमाचार सुनाउन पठाइएको एक जना प्रेरित पावल हुनु हुन्थियो। आफ्नो यो जिम्मेवारी प्रति पावलले कस्तो विचार राख्नु भयो? उहाँले एसो भन्नु भएको छ: “सकेसम्म, तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न, म तैयार छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ।” प्रेरित पावलले रोमका मसीहीहरूलाई पत्र पठाउनु भएको २,००० वर्ष पश्चात्, त्यो समाचार आज पनि सुसमाचार हुनको निम्ति, वास्तवमा धेरै समय सम्म टिक्नु सक्ने सुसमाचार हुनुपर्यो। भनौं भने, त्यो एउटा “अनन्त सुसमाचार” हो।—प्रकाश १४:६।
३, ४. उहाँ सुसमाचार देखि शर्माउनु हुँदैन भनेर पावलले किन भन्नु भयो?
३ प्रेरित पावलले किन उहाँ सुसमाचार सँग शर्माउँनुहुँदैन भन्नु भयो? उहाँले शर्माउनु पर्ने के कारण थियो? किनभने त्यो एउटा लोक-प्रिय समाचार थिएन। त्यो समाचार एक जना मानिसको विषयमा थियो जसलाई काठमा झुण्ड्याएर, एउटा अपराधीलाई झैं, सबै हेर्ने मानिसहरूका आँखामा अपमानित् पारेर, मारेका थिये। यो मानिसले साढेतीन वर्ष, सारा प्यालेसटिनमा सुसमाचार सुनाउँदै र यहुदीहरू, विषेश गरी तिनीहरूका धर्मगुरूहरू बाट, कड़ा विरोधको सामना गर्दै हिड़नु भएको थियो। अब, त्यही तिरस्कृत मानिसको नाममा आउँदा, पावले पनि ठीक त्यस्तै प्रकारका हिंसात्मक् विरोधको सामनागर्नु परिरहेको थियो।—मत्ती ९:३५; यूहन्ना ११:४६-४८, ५३; प्रेरित ९:१५, २०, २३।
४ यस प्रकारको विरोधले गर्दा, पावल र येशुका अन्य चेलाहरू लज्जित् हुनु पर्ने हो भनेर अरूहरूले सोच्न सक्थिये होलान्। किनभने हाल पावल पनि त्यही मत्मा लाग्नु भएको थियो, जुन मत्लाई उहाँले पहिला लाज र शर्मको विषय ठान्नु भएको थियो। येशु ख्रीष्टका चेलाहरू माथि अपमान थपोरने काममा पावलले व्यक्तिगत् रूपमा भागलिनु भएको थियो। (प्रेरित २६:९-११) तर उहाँले त्यस प्रकारको काम त्यागनु भयो। फल:स्वरूप, उहाँ र साथमा मसीही हुने अरूहरूले हिंसात्मक् सतावट अनुभव गरे।—प्रेरित ११:२६।
५. सुसमाचार देखि शर्माउनु हुँदैन भन्नुको अर्थ पावलले कसरी बताउनु भयो?
५ आफू येशुको एक जना चेला हो भनेर कुनै मानिस लज्जित् भएकोभए, उसले मानिसहरूको विचार-धारा अपनाएको हुने थियो। प्रेरित पावल त्यस प्रकारका मानिस हुनु हुदैंन थियो। बरू, आफूले प्रचार गर्नु भएको सुसमाचार बारे लज्जित् न हुनु भएको कारण, उहाँले यी शब्दहरूमा व्यक्त गर्नु भयो: “विश्वास गर्ने हरेकको मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो।” (रोमी १:१६) येशु ख्रीष्टले जुन परमेश्वरको उपासना र प्रशंसा गर्नु हुन्थियो, त्यही सर्व महीमित् परमेश्वरको प्रशंसनीय उद्देश्यको पूर्तिको निम्ति, परमेश्वरको शक्ति येशुको एक जना चेला द्वारा प्रकट भइ रहेको छ भने, त्यो कुनै शर्मको कारण होइन।—१ कोरिन्थी १:१८; ९:२२, २३ संग तुलना गर्नुहोस।
विश्व भरि सुसमाचारको प्रचार
६, ७. (क) सुसमाचार सम्बन्धी के जिम्मेवारी यहोवाका साक्षीहरूले निभाउन कोशिश गरिरहेकाछन् र यसको परिणाम के भएकोछ? (ख) हामी डरले गर्दा साक्षीदिने काम बाट पछि कहिले पनि हटन न चाहेता पनि, समय समयमा के गर्नु आवश्यकहोला? (द्रस्टब्य हेर्नुहोस्)
६ पावल जस्तै, आज यहोवाका साक्षीहरू पनि, परमेश्वरको महीमित पुत्र, येशु ख्रीष्टका चेलाहरू हुन्। यीनै आफ्ना साक्षीहरूलाई नै, यहोवाले यो “महिमाको सुसमाचारको” धनराशि सुम्पनु भएको छ। (१ तिमोथी १:११) यो वजनदार जिम्मेवारी उठाउन यहोवाका साक्षीहरू असफल भएका छैनन् र यस बारे लज्जित हुनु हुदैंन भनेर यिनीहरूले प्रोत्साहन पाएका छन्। (२ तिमोथी १:८) डर अथवा लाजको कारण, साक्षी दिने काम र हामी यहोवाका साक्षी हौं भनेर स्वीकार गर्न देखि पछि न हट्नु, अति महत्वपूर्ण कुरा हो।a
७ यस प्रकार, निडर र साहसी भएर, साक्षी दिएको हुनाले, विश्वभरि राज्यको सुसमाचारको प्रचार र सर्वमहान परमेश्वरको नामको घोषणा पृथ्वीभरी भएको छ। परमेश्वरको पुत्रले एसो भन्नु भएको छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।” (मत्ती २४:१४) आज सुसमाचारको प्रचार २१० मुलुकहरूमा भइ रहेकोछ र अझ पनि यो प्रचारको काम समाप्त भएकोछैन। सुसमाचारको कारण हामी नशर्माउदै, भविष्यलाई साहस्सित सामना गर्नेछौं र येशुको प्राचीन चेलाहरूले झैं, यस प्रकार प्रार्थना गर्दर्छौं “र अब, हे यहोवा,. . .तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्।”—प्रेरित ४:२९।
८. सबै जातिहरू बाट आइ पर्ने विरोधले गर्दा, यहोवाका साक्षीहरू किन निरूत्साहित् हुनुहुदैंन?
८ हो, प्रथ्वीका सबै दैशहरूमा यहोवाका साक्षीहरू घृणा र विरोधका पात्रहरू भएकाछन्, तर एकमात्र साँचो परमेश्वरका सत्य उपासकहरूको यो एउटा पहिचान हुनेछ भनेर अगमवाणी गरिएको थियो। (यूहन्ना १५:२०,२१; २ तिमोथी ३:१२) यसकारण, निरूत्साहित् र निराश हुनुको सट्टा, तिनीहरू सर्वसत्ताधारी यहोवाको अनुमोदन् प्राप्त सङ्गठन भित्र छन् र तिनीहरू यहोवाको नजरमा ग्रहणयोग्य हुन् भनेर, सुसमाचारका प्रचारक्हरू निर्धक्क भएर बस्छन्।
९. सारा संसार हाम्रा विरूद्धमा उठेता पनि हामीलाई किन डर छैन?
९ कहिले न बिर्सनुहोस्: सारा ब्रह्माण्डको परम-प्रधान परमेश्वर हाम्रो समर्थक् हुनुहुन्छ। संसार र त्यस्का जम्मै धार्मिक् सम्प्रदायहरू र राजनीतिक् दलहरू हाम्रा विरूद्धमा उठेता पनि हामीलाई के को डर? परमेश्वरको एक मात्र पुत्रको विरूद्धमा सारा संसार थियो र आज हामी पनि त्यही परिस्थितिमा हुन शर्माउदैनौं। यस विषयमा, उहाँले आफ्ना चेलाहरूलाई एसो भन्नु भएको थियो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नभन्दा अघाड़ि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसार बाट छानं, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ।”—यूहन्ना १५:१८, १९।
१०. विषेशगरी कुन क्षेत्र बाट यहोवाका साक्षीहरू माथि सतावट आएकोछ तर यसले गर्दा तिनीहरू किन शर्मिन्दा छैनन्?
१० यसै कारण सारा संसारमा, यहोवाका साक्षीहरूले सतावट सहँदै आएका छन्, विषेश गरी मसीही जगत भनौंदो सम्प्रदायहरूका समर्थन गर्ने राष्ट्रहरूमा। मसीही जगत बाट सतावट भोग्यो भन्दैमा, यहोवाका यी साक्षीहरू मसीही होइनन् भन्नु मिल्दैन। यसको विपरित्, तिनीहरू सत्य मसीहीहरू, येशु ख्रीष्टका पिता र परमेश्वरका, अथवा यहोवाका साक्षीहरू हुन् भन्ने तिनीहरूले गरेको दावा सत्य प्रमाणित् हुन्छ। तिनीहरू परमेश्वरका साक्षीहरू हुनाकारण, धर्म सम्बन्धी कुराहरूका लागि सतावट भोग्नु पर्दा, तिनीहरू शर्माउदैनन्। तसर्थ, प्रथम शताब्दीका मसीहीहरूलाई पावलले नशर्माउन भनेर लेख्नु भएको उपदेश आज यहोवाका साक्षीहरू माथि नै उचित् रूपमा प्रयोग हुन्छ।—फिलिप्पी १:२७-२९।
घोषणा गरिने योग्यको सर्वोत्तम समाचार
११. हामी यहोवाका साक्षी हौं भन्दैमा, येशु ख्रीष्टको अनुसरण गर्न किन छाड़दैनौं?
११ यशैया ४३:१० मा यहोवाले आफ्ना छानिएका जनहरू सँग गर्नु भएको प्रतिज्ञाको पूर्तिमा, यहोवाका साक्षीहरूले निर्भयतासाथ आफूलाई दिइएको नाउँ अपनाएका छन्। तर तिनीहरू येशु ख्रीष्टका पछि लाग्न छाड़ेका छैनन्। ख्रीष्ट तिनीहरूका अगुवा हुनुहुन्छ र तिनीहरू उहाँकै उदाहरण अनुसरण गर्दछन्। येशु स्वयम् यहोवाको एकजना साक्षी हुनुहुन्छ। भनौं भने, उहाँ यहोवाको प्रमुख साक्षी हुनुहुन्छ।—१ तिमोथी ६:१३; प्रकाश १:५।
१२. यहोवाका साक्षीहरूले विश्वभरि कुन प्रकारको समाचार प्रचार गर्छन् र किन?
१२ विश्वभरि यहोवाका साक्षीहरूले प्रचारगर्दै हिड़ेका समाचार, घोषणा गरिनु सकिने समाचारहरू मध्य सर्वोत्तम् समाचार हो। जुन मानव परिवारको मुक्तिको निम्ति आफ्नो एकलौता पुत्र पठाउनु भयो, त्यही मानव परिवार माथि राज्यगर्न यहोवाले नियुक्त गर्नु भएको मसीही राज्य भन्दा अझ लाभदायक, मानिसजातिको निम्ति अरू कुनै राज्य पनि हुनु सक्दैन। (यशैया ९:६,७) आज पृथ्वीमा राज्यको सुसमाचार जस-जसलाई सुनाइदैछ, तिनीहरूले त्यो समाचार स्वीकारेर मानव सिद्धता साथ, पार्थिव प्रमोदवनमा अनन्त जीवनको वरदानको योग्यको हुने मौका पाइरहेकाछन्।
१३. मसीही राज्यको शासन सर्वोत्तम् श्रेणीको हुनेछ भनेर हामी किन भन्न सक्छौं र साक्षीहरूले लाज न मान्दै के को सिफारिस गर्छन्?
१३ आफ्ना प्रजा हुनेहरूका उद्धारको निम्ति येशु एउटा सङ्कष्टमय मृत्यु ता भोग्न तैयारहुनु भयो भने, तिनीहरूका लागि अब उहाँले एउटा सर्वोत्तम सरकारको प्रबन्ध भन्दा कम केही गर्नुहुनेछैन। पृथ्वीका प्रत्यक मानव सृष्टिलाई हामी यो अनुरोध गर्दछौं: त्यो सरकारको एक जना विश्वासी र आज्ञाकारी प्रजा हुनुहोस्। सारा मानवजातिको सामने हामी निष्कपट साथ जुन् सरकारको सिफारिस गर्दछौं, त्यो सरकारको नाम लिन हामी शर्माउदैनौं। हामी माथि सतावट आएता पनि, राज्यको घोषणागर्ने काम बाट पछि हट्ने छैनौं। प्रेरित पावलले झैं, हामी प्रत्यकले एसो भन्दछौं: “म सुसमाचार सित शर्माउदिन।”
१४. येशुले भन्नुभए अनुसार, हाम्रो पालोमा राज्यको प्रचार कतिको विस्तृत रूपमा हुनेछ?
१४ राज्यको सुसमाचारको प्रचार विश्व-व्यापी स्तरमा हुनेछ भनेर येशुले अग्रिम घोषणागर्नु भएको थियो र त्यस प्रकारको समाचारको लागि यस्तो वैभवशाली अगमवाणी भन्नु उचित पनि थियो। (मर्कूस १३:१०) पृथ्वीको छेउ सम्मै परमेश्वरको राज्यको सुसमाचारको प्रचार हुनेछ भनेर अगमवाणी गर्न उहाँ शर्माउनु भएन। (प्रेरित १:८) मानिसहरू भएका जुन सुकै ठाउँमा पनि तिनीहरूलाई राज्यको सुसमाचार सुनाउन आफ्ना चेलाहरूले हर कोशिश गर्नेछन् भनेर येशु विश्वस्त हुनुहुन्थियो।
१५, १६. (क) सुसमाचार कस- कस कहाँ पुर्याउनु पर्छ? (ख) शैतानको सङ्गठनबाट सतावट आएता पनि, प्रचारको काम किन पुरा हुने नै छ?
१५ पृथ्वीका निवासीहरूको सङ्ख्या आज अरबौं पुगेको छ र यिनीहरू सबै महा-द्वीपहरू र समुद्रका टापुहरूमा फैलिएकाछन्। तापनि, सुसमाचार सुनाउन जानका लागि, यहोवाका साक्षीहरूका लागि कुनै ठाउँ पनि धेरै टाढा भएकोछैन। आखिर, समस्त पृथ्वी यहोवा परमेश्वरको लाक्षणिक् पाउदानहो। (यशैया ६६:१) यो पाउदानको हर भागमा बस्ने मानिसहरूलाई मुक्तिको यो समाचार सुनाउन आवश्यक्छ।
१६ मसीहको हातमा स्थापित् भइसकेको शाही सरकार, आजको आनन्दमय सुसमाचार हो। शैतानको संसारबाट जतिसुकै अधम सतावट आएता पनि, “सारा पृथ्वीमा” “राज्यको यो सुसमाचारलाई” एउटा स्थापित् वास्तविक्ताको रूपमा प्रचारगर्न, परमेश्वरको आत्माले, मसीहको साँचो चेलाहरूलाई अन्तसम्म बल दिनेछ भनेर येशुलाई थाहा थियो।—मत्ती २४:१४
यहोवा र येशु ख्रीष्टको नाम लिन लज्जित नहुने
१७. साँचो उपासकहरूले के को शरम मान्दैनन्? (ख) मर्कूस ८:३८ मा येशुले के नियम प्रतिपालनगर्नु भयो र त्यसको महत्व के हो?
१७ परम प्रधान परमेश्वरले आफ्नो नाम यहोवा राख्न हिचकिचाउनु भएन। यस कारण उहाँका विश्वासी उपासकहरू पनि त्यो नाम लिन देखिन् शर्माउनु हुँदैन। यिनीहरू, परमेश्वरलाई एकाग्र उपासना र आज्ञाकारिता चढाउनेहरू हुन् भनेर सबैले थाहा पाउँदा र मानिलिंदा, साँचो उपासकहरू रमाउँदछन्। आफ्नो बारे, येशुले, मर्कूस ८:३८ मा यो सिद्धान्त अथवा नियम बसाल्नु भएकोछ: “यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको एश्वर्यमा पवित्र दूतगणसित आउँदा, त्यस देखि शर्माउनेछ।” यसरी नै, जो प्रभु येशु ख्रीष्टको पिता र परमेश्वरको नाम लिन देखिन् शर्माउनेछ, यहोवा पनि यस प्रकारका मानिस सँग शर्माउनु उचित हुनेछ। त्यसको अविश्वासी जीवन पद्धतिले गर्दा जुन मानिस सँग यहोवा लज्जित हुनुहुनेछ, त्यो मानिस, परमेश्वरको स्वर्गीय अथवा पार्थीव संसारमा बाँच्न अयोग्य साबित हुनेछ।—लूका ९:२६
१८. (क) मत्ती १०:३२, ३३ मा उल्लेखित् येशुका शब्दहरू हाम्रा मन र हृदय भित्र किन गाड़िएर राख्नुपर्छ ? (ख) मानिसको डर मानेर येशु र यहोवालाई जसले अस्वीकार गर्छन्, तिनीहरूको के हुनेछ? (द्रस्टब्यमा आधारित उदाहरणहरू दिनुहोस्)
१८ येशु ख्रीष्टका यी शब्दहरू सधैं हाम्रा हृदय र मनमा गाड़िएर बसोस्: “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु।” (मत्ती १०:३२, ३३; लूका १२:८, ९) त्यही हिसाबले, प्रभु येशु ख्रीष्टको पिता र परमेश्वरलाई जसले अस्विकार गदर्छ, त्यसलाई उहाँले पनि अस्वीकार गर्नुहुनेछ। जुन घरानाको प्रमुख पुत्र, येशु ख्रीष्ट हुनुहुन्छ, त्यो घरानामा त्यस प्रकारको मानिसले कुनै ठाउँ पाउनेछैन। परमेश्वरले नियुक्त गर्नुभएको समयमा त्यो मानिस नष्टुहनेछ।b
१९, २०. (क) यहोवाको नाम पवित्र गरिओस् भनेर जस- जसले प्रार्थना गरेका हुन्छन्, तिनीहरू किन लाजमा पर्ने छैनन्? (ख) राज्यका निडर प्रचारकहरूले के सफलता पूर्वक गर्न सकेकाछन् र यो कस्को समर्थन द्वारा भएको हो?
१९ “हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पुरा होस्।” भनेर येशुले आफ्ना चेलाहरूलाई सिकाउनु भएको प्रार्थना पुरा हुनेछ। (मत्ती ६:९, १०) त्यस बेलामा, येशुका मायालु चेलाहरूलाई शर्ममा पार्ने कुनै कुरा हुनेछैन। मृत्यु कहिले अनुभव नगरिकन सधैं बाँचेर बस्न सक्ने आजको लाखौं मानिसहरूका साथ, परमेश्वरको हजार वर्षे राज्य भित्र उहाँको आवाज सुनेर चिहान बाट निस्केर आउने हजारौं लाखौं व्यक्तिहरू मिलेर यहोवाको नामको जयजयकार र प्रशंसा गर्नेछन्। एउटा पार्थीव प्रमोदवनमा सधैं बाँच्ने मौका तिनीहरूले पाउनेछन्।
२० परमेश्वरको राज्यका सुसमाचारको निडर प्रचारकहरूले विश्वभरि विरोधको सामनागर्दै पनि, एउटा विश्वव्यापी साक्षीदिने कामगर्न सफल भएका छन् किनभने, तिनीहरूलाई पछिबाट बल दिन अलौकिक् शक्तिहरूछन् अर्थात् स्वर्गका दूत्गणहरू। यसैकारण, यहोवाका साक्षीहरू “परमेश्वरको डर” मान्दै “उहाँलाई महिमा” दिन्छन्।—प्रकाश १४:६, ७
परमेश्वरको डरमान्न र उहाँलाई महिमादिन न शर्माउने
२१. यहोवाका साक्षीहरूले के गर्न लाज मानेका छैनन् र यसको के परिणाम भएको छ?
२१ परमेश्वरको व्यक्तिगत् नाम, यहोवा, समेत प्रयोग गरेर, परमेश्वरको डर मान्न र उहाँलाई महिमा दिन यहोवाका साक्षीहरू शर्माउदैनन् भन्ने कुराको प्रमाण तिनीहरूले दिएकाछन्। यसलेगर्दा, वर्णनगरेर, गर्न नसकिने आशीष तिनीहरूले पाएकाछन्। यी आशीषहरू, परम प्रधान परमेश्वरले गर्नु भएका प्रतिज्ञाहरूको पूर्तिको रूपमा आएकाछन्। यसद्वारा उहाँनै एकमात्र सत्य र जीवित परमेश्वर र सारा ब्रह्माण्डको सर्वसत्ताधारी हुनुहुन्छ भन्ने वास्तविकता अझ प्रमाणित् भएकोछ!
२२. यहोवाका साक्षीहरूले अधम सतावटको सामना किन गर्नेछन् तर तिनीहरूले के आनन्द उपभोग गर्न पाउनेछन्?
२२ भविष्यमा चाँड़ै, सरकारहरू, संसारका धार्मिक शासनहरूको विरूद्धमा उठनेछन् र मसीही जगत समेत, तिनीहरू जम्मैको अस्तीत्व मेटिदिनेछन्। (प्रकाश १७:१६, १७) त्यतिबेला, यहोवाका साक्षीहरूले सांसारिक तत्वहरू बाट अधम सतावटको सामना गर्नेछन्। अनन्तको परमेश्वरले तिनीहरूलाई साथ नदिनुभएता, तिनीहरूले त्यो सतावट बाँचेर सहनसक्ने थिएनन्। तर तिनीहरू सँग उहाँ हुनुहुनेछ। तिनीहरूले, सबै मसीही विरोधीहरू र यहोवाको विरोध गर्ने शत्रुहरूलाई त्यही परमेश्वरले नाश गर्नु भएको देख्न पाउने छन्, जुन परमेश्वरलाई यी साक्षीहरूले एकाग्र उपासना चढाउदै आएका छन्। सत्य धर्मराज्यको शत्रु साबित भएर नष्टुहने शर्म भोग्नुको सट्टा, तिनीहरूले यहोवाको निम्ति यो भजन गाउने महान आनन्द अनुभव गर्नेछन्: “अनादि देखिन् अनन्त सम्म तपाईं परमेश्वर हुनुहुन्छ।”—भजन ९०:२
२३. यहोवाका साक्षीहरूले लाज मान्नु पर्ने किन केही कारण छैन र यसको परिणाम के हुनेछ?
२३ तिनीहरू परमेश्वर अथवा येशु ख्रीष्टको पितामा गौरव गर्ने छन्, किनभने उहाँकै पुत्र द्वारा, एउटा पार्थीव प्रमोदवनमा मानव सिद्धता र सुखसित अनन्त जीवनको आनन्द उठाउन मानव परिवारले छुटकारा पायेको हो। येशु ख्रीष्ट द्वारा यहोवा परमेश्वरले स्वयम्लाई वास्तवमा एउटा महान र शक्तिशाली परमेश्वर साबित गर्नु भएकोछ! आफ्नो सर्व-शक्तिको दुरूपयोग होईन, सुप्रयोग गर्नुहुन्छ भन्ने कुरा पनि उहाँले सुन्दर रूपमा प्रदर्शित् गरिदिनु भएकोछ! हामीले उहाँ र उहाँको एकलौतो पुत्र, येशु ख्रीष्टको कारण शर्माउनु पर्ने केही खण्डैछैन। हामी त्यो महिमा-युक्त सुसमाचारको प्रचारक् हुन शर्माउदैनौं, जुन् सुसमाचारले, येशु ख्रीष्ट द्वारा प्रकटहुने यहोवाको सर्व विजयी शक्तिलाई अघि सार्दछ र यस सम्बन्धमा, येशुले पनि आफ्नो पार्थीव जीवनको आखिरी घड़ीहरूमा एसो भन्नु भएकोथियो: “ढाड़स गर, मैले संसारलाई जितेकोछु!” (यूहन्ना १६:३३) हामी पनि यही मार्गमा हिड़दा, सधैं प्रेरित पावलको उदाहरण अनुसरणगरौं, किनभने उहाँ सुसमाचारको कारण कहिले शर्माउनु भएन। हामीले पनि त्यसै गर्यौं भने, सर्व शक्तिमान परमेश्वर हामी देखिन् लज्जितहुनु हुनेछैन। (w90 1/1)
[फुटनोट]
a हामीहरू यहोवाका साक्षी हौं भनेर सबैका सामने स्वीकार्न लाज मान्न नचाहे तापनि, कुनैबेला “सर्प झैं चालाक” हुनुपर्छ। (मत्ती १०:१६) खुल्लम खुल्ला हामी यहोवाका साक्षी हौं भनेर हिड़ने कुनै बेला छ भने, यसो गर्नु नहुने बेला पनि छ भन्ने कुरा, जर्मनीमा नाट्सीहरूको पालोका यहोवाको साक्षीहरूलाई राम्रो सँग थाहा थियो।—प्रेरित ९:२३-२५ सँग तुलना गर्नुहोस्।
b मानिसहरूको डरले गर्दा, येशु र यहोवालाई अस्वीकार गर्ने व्यक्तिहरूले संसार बाट सहानुभूति पाउन सक्दैन भनेर बारम्बार प्रमाणित् भइ सकेकोछ। उदाहरणका लागि, निम्न प्रकाशनहरूमा पाइने विशेष लेखहरू हेर्नुहोस्: अङ्ग्रेजी भाषाको प्रहरीदुर्ग, मई १, १९८९, पाना १२; १९८२ यरबूक, पाना १६८; १९७७ यरबुक, पाना १७४-६; १९७४ यरबुक, पाना १४९-५०, १७७-८। अर्को तिर, सुसमाचारका कठोर विरोधीहरूले पनि साक्षीहरूले येशु र यहोवालाई तिरस्कार गर्नेछन् भनेर आशा गर्दैनन्। (१९८९ यरबुक, पाना ११६-१८) मत्ती १०:३९ र लूका १२:४ पनि हेर्नुहोस्।
सारांशमा प्रश्नहरू
▫ सुसमाचार प्रचारगर्ने विषयमा, प्रेरित पावलले झैं, हामीले पनि के कस्तो विचार राख्नुपर्ने र किन?
▫ यहोवाका साक्षीहरूले घोषणागर्ने समाचार इतिहासको सर्वोत्तम् समाचार किन हो?
▫ येशु आफ्नो राज्य- शक्ति सित आउनुहुँदा उहाँलाई स्वीकार्न लाज मान्नेहरूको विषयमा के चेताउनी दिनुभयो?
▫ यहोवा र येशुलाई इन्कार गर्नेहरूको के हुनेछ?
▫ लाज नमानीकन सुसमाचारको घोषणा गर्नेहरू ले सफलातापूर्वक के गर्न सकेकाछन् र किन?