प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको उद्देश्‍यले महिमित सफलता हासिल गर्छ
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
    • भविष्यमा अद्‌भुत स्वतन्त्रता

      ११. महासंकष्टबाट बच्नेहरूले कस्तो अद्‌भुत स्वतन्त्रताको आनन्द उठाउनेछन्‌?

      ११ महासंकष्टको चरमोत्कर्षमा पुग्दा, आरमागेडोनमा पृथ्वीबाट सबै दुष्टता हटाएपछि शैतान अर्थात्‌ दियाबल “यस संसारको देव” रहिरहनेछैन। यहोवाका उपासकहरूले शैतानका धूर्त प्रभावको सामना गर्नुपर्नेछैन। (२ कोरिन्थी ४:४; प्रकाश २०:१, २) त्यस उप्रान्त झूटो धर्मले यहोवाको गलत प्रतिनिधित्व गर्नेछैन अनि मानव समाजमा हानिकारक प्रभाव पार्नेछैन। साँचो परमेश्‍वरका सेवकहरूले मानव अख्तियारवालाहरूको हातमा अन्याय तथा अत्याचार भोग्नेछैनन्‌। कस्तो अद्‌भुत स्वतन्त्रताको आनन्द उठाउन सकिनेछ!

      १२. कसरी सबै जना पाप र त्यसका असरहरूबाट मुक्‍त हुनेछन्‌?

      १२ “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” येशूले मानिसजातिका पापहरू रद्द गर्न आफ्नो बलिदानको मोलको पूर्ण उपयोग गर्नुहुनेछ। (यूहन्‍ना १:२९) येशू पृथ्वीमा हुनुहुँदा एक जना मानिसको पाप क्षमा गर्नुभएको प्रमाणस्वरूप त्यस व्यक्‍तिलाई निको पार्नुभयो। (मत्ती ९:१-७; १५:३०, ३१) त्यसरी नै, परमेश्‍वरको राज्यको स्वर्गीय राजाको हैसियतमा ख्रीष्ट येशूले चमत्कारपूर्ण ढंगमा अन्धा, गुंगा, बहिरा, अंगभंग भएका, मानसिक बिरामी र अन्य रोगबिमार भोगिरहेकाहरूलाई निको पार्नुहुनेछ। (प्रकाश २१:३, ४) सबै आज्ञाकारी मानिसहरूको लागि “पापको अधीनमा भएको व्यवस्था” रद्द गरिनेछ अनि फलतः तिनीहरूको सोचाइ तथा कार्य, तिनीहरू स्वयं तथा परमेश्‍वरको लागि मनमोहक हुनेछ। (रोमी ७:२१-२३) सहस्र राज्य शासनको अन्तमा तिनीहरू मानव सिद्धतामा पुग्नेछन्‌ अनि एक मात्र साँचो परमेश्‍वरको ‘स्वरूप र प्रतिरूपमा’ हुनेछन्‌।—उत्पत्ति १:२६.

      १३. सहस्र शासनको अन्तमा ख्रीष्टले कस्तो कदम चाल्नुहुनेछ र परिणाम कस्तो हुनेछ?

      १३ ख्रीष्टले मानिसजातिलाई सिद्धतामा पुऱ्‍याएपछि आफूलाई सुम्पिएको अख्तियार पितालाई फर्काउनुहुनेछ: “उहाँले सारा प्रभुत्व, सारा अख्तियार र शक्‍ति नामेट गरेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुनेछ, तब अन्त हुन्छ। किनकि उहाँले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ।” (१ कोरिन्थी १५:२४, २५) स्रहर्ष राज्य शासनले आफ्नो उद्देश्‍य पूरा गरिसकेको हुनेछ; त्यसपछि यहोवा र मानिसजातिबीच सहायक सरकारको खाँचो पर्नेछैन। पाप र मृत्यु पूरै हटाएर मानिसजातिले छुटकारा पाइसकेपछि उद्धारकको रूपमा येशूको आवश्‍यकता पर्नेछैन। बाइबल यस्तो वर्णन गर्छ: “जब सबै कुरा उहाँको अधीनमा भएका हुन्छन्‌, तब परमेश्‍वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।”—१ कोरिन्थी १५:२८.

      १४. सिद्ध पारिएका मानिसहरूले के सामना गर्नुपर्नेछ र किन?

      १४ यसपछि, सिद्ध तुल्याइएका मानिसजातिले एक मात्र साँचो परमेश्‍वरको सधैंभरि उपासना गर्ने छनौट गरेको देखाउने मौका पाउनेछन्‌। यसर्थ, तिनीहरूलाई आफ्ना सन्तानको हैसियतमा पूर्णतया स्वीकार्नुअघि उहाँले ती सिद्ध मानिसहरूको अन्तिम परीक्षा गर्नुहुनेछ। शैतान र त्यसका प्रेतहरू अगाध खाँदबाट निकालिनेछन्‌। यहोवालाई साँच्चै प्रेम गर्नेहरूलाई यसले कुनै स्थायी नोक्सानी पुऱ्‍याउनेछैन। तर विश्‍वासघाती भई यहोवाप्रति अनाज्ञाकारी हुनेहरू सदाको लागि सर्वनाश गरिनेछन्‌ अनि त्यस सँगसँगै सुरुको विद्रोही र त्यसका प्रेतहरू पनि नाश हुनेछन्‌।—प्रकाश २०:७-१०.

      १५. यहोवाका सबै बुद्धिमान्‌ सृष्टिमाझ कस्तो अवस्था पुनः कायम हुनेछ?

      १५ त्यसपछि अन्तिम परीक्षाको बेला उहाँको सार्वभौमिकता उच्च पार्ने सिद्ध मानवहरूलाई परमेश्‍वरले आफ्नो सन्तानको रूपमा स्वीकार्नुहुनेछ। त्यसबेलादेखि परमेश्‍वरको विश्‍वव्यापी परिवारको हैसियतमा उहाँका सन्तानहरूले महिमित स्वतन्त्रताको पूरा उपभोग गर्नेछन्‌। स्वर्ग र पृथ्वीका सबै बुद्धिमान्‌ सृष्टि, उहाँलाई एक मात्र साँचो परमेश्‍वरको हैसितयमा उपासना गर्न पुनः एकताबद्ध हुनेछन्‌। यहोवाको उद्देश्‍यले महिमित सफलता हासिल गर्नेछ! के तपाईं त्यो आनन्दित, अनन्तकालीन, विश्‍वव्यापी परिवारको भाग हुन चाहनुहुन्छ? चाहनुहुन्छ भने, हामी तपाईंलाई बाइबलले १ यूहन्‍ना २:१७ मा दिएको यो सल्लाह मनमा राख्न प्रोत्साहन दिन्छौं: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने