प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?
    प्रहरीधरहरा—२००८ | सेप्टेम्बर १
    • परमेश्‍वरको नजिक हुनुहोस्‌

      के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?

      रोमी ८:३८, ३९

      हामीमध्ये कसलाई पो माया चाहिंदैन र? साँच्चै, परिवार अनि साथीभाइको मायाको अनुभूति हुँदा हामी मौलाउँछौं। तर दुःखको कुरा, मानव सम्बन्धहरू एकदमै कमजोर र अनिश्‍चित हुन सक्छ। माया गरेको मान्छेले हामीलाई चोट पुऱ्‍याउन सक्छ, लत्त्याउन सक्छ अथवा सम्बन्ध समेत तोड्‌न सक्छ। तर कोही हुनुहुन्छ जसको प्रेम कहिल्यै टल्दैन। यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूप्रति देखाउने प्रेमबारे रोमी ८:३८, ३९ मा मनमोहक ढंगमा वर्णन गरिएको छ।

  • के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?
    प्रहरीधरहरा—२००८ | सेप्टेम्बर १
    • “न उँचाइले, न गहिराइले।” यहोवाले आफ्ना जनहरूलाई जस्तोसुकै परिस्थिति अर्थात्‌ उतार-चढावको बावजूद पनि प्रेम गर्नुहुन्छ।

      “न अरू कुनै सृष्टिले।” वफादार उपासकहरूलाई यहोवाको प्रेमबाट कुनै पनि कुराले बिलकुलै अलग गर्न सक्दैन भनेर पावलले यी शब्दहरूद्वारा स्पष्ट पारेका छन्‌।

      फेरबदल हुने अथवा ओइली जाने मानव प्रेम जस्तो नभई परमेश्‍वरको प्रेम उहाँलाई विश्‍वास गर्नेहरूप्रति अपरिवर्तनीय हुन्छ। अनि अनन्त पनि। यो कुरा थाहा पाउँदा हामी परमेश्‍वरको नजिक जान र उहाँप्रतिको आफ्नो प्रेमको सबूत दिन यथासक्दो गर्न निश्‍चयै उत्प्रेरित हुन्छौं। (w08 8/1)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने