-
हामी कसरी परमेश्वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. हामीले कसरी यहोवाको उपासना गर्नुपर्छ?
यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ मात्र हाम्रो भक्तिको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) यसको अर्थ हामीले उहाँलाई प्रेम गर्नुपर्छ अनि उहाँको मात्र उपासना गर्नुपर्छ। साथै उहाँको उपासना गर्न कुनै मूर्ति, तस्बिर वा प्रतिमा प्रयोग गर्नु हुँदैन।—यसैया ४२:८ पढ्नुहोस्।
हामीले चढाउने उपासना यहोवाको लागि “पवित्र अनि ग्रहणयोग्य” हुनुपर्छ। (रोमी १२:१) भन्नुको मतलब, हामी उहाँले तोक्नुभएको नैतिक स्तरअनुसार चल्नुपर्छ। उदाहरणको लागि, यहोवालाई प्रेम गर्नेहरूले वैवाहिक जीवनको लागि उहाँले तोक्नुभएको स्तरलाई प्रेम गर्छन् अनि त्यसअनुसार चल्छन्। साथै तिनीहरू अस्वस्थकर आनीबानीबाट परै बस्छन्। जस्तै: तिनीहरू सुर्तीजन्य पदार्थ र लागूपदार्थ सेवन गर्दैनन् वा रक्सीको दुरुपयोग गर्दैनन्।a
-
-
उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्
समर्पित ख्रिष्टियनहरूले आफ्नो जीवन पूर्णतया यहोवाको सेवामा प्रयोग गर्छन्। ख्रिष्टियनहरूले ‘आफ्नो शरीरलाई पवित्र बलिदानको रूपमा परमेश्वरलाई अर्पण’ गर्नुपर्ने भएकोले तिनीहरूले स्वास्थ्यको ख्याल राख्नुपर्छ। रोमी १२:१, २ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
आफ्नो स्वास्थ्यको ख्याल राख्न तपाईँलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?
तपाईँ कुन-कुन तरिकामा त्यसो गर्न सक्नुहुन्छ?
-