-
परमेश्वरको ज्ञानविरुद्ध उठ्ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्!प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१९ | जून
-
-
१. प्रेषित पावलले अभिषिक्त ख्रिष्टियनहरूलाई कस्तो कडा सल्लाह दिए?
प्रेषित पावलले यस्तो कडा सल्लाह दिए: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड।” (रोमी १२:२) पावलले यी शब्दहरू प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई लेखेका थिए। परमेश्वरलाई आफ्नो जीवन समर्पण गरिसकेका र पवित्र शक्तिले अभिषेक भएका पुरुष तथा स्त्रीहरूलाई तिनले किन त्यस्तो कडा सल्लाह दिए?—रोमी १:७.
२-३. सैतानले कसरी हामीलाई परमेश्वरको विरुद्धमा उठाउने प्रयास गर्छ? हाम्रो दिमागमा “गहिरो जरा गाडेर बसेका” कुराहरूलाई हामी कसरी उखेल्न सक्छौँ?
२ पावल चिन्तित थिए किनभने कोही-कोही ख्रिष्टियनलाई सैतानको संसारमा व्याप्त हानिकारक तर्कवितर्क र मानव दर्शनले असर गरेको जस्तो देखिन्थ्यो। (एफि. ४:१७-१९) त्यस्ता कुराहरूले हामी जो-कोहीलाई पनि असर गर्न सक्छ। हामीलाई जसरी भए पनि यहोवाबाट टाढा लैजान यस युगको ईश्वर सैतानले विभिन्न चाल चल्छ। त्यसको एउटा चाल भनेको हाम्रो स्वार्थी लक्ष्य वा ख्याति कमाउन चाहने झुकावको नाजायज फाइदा उठाउनु हो। सैतानले हाम्रो पृष्ठभूमि, रहनसहन वा शिक्षादीक्षाको कुनै-कुनै पक्षलाई चलाएर हामीलाई त्यसको सोचाइमा ढाल्ने प्रयास गर्न सक्छ।
-
-
परमेश्वरको ज्ञानविरुद्ध उठ्ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्!प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१९ | जून
-
-
“आफ्नो सोचाइ नयाँ बनाओ”
४. सत्य स्विकार्दा हामीमध्ये धेरैले कस्ता परिवर्तनहरू गर्नुपरेको थियो?
४ यहोवाको वचनमा पाइने सत्य स्विकारेर उहाँको सेवा गर्ने निर्णय गर्दा तपाईँले के-कस्ता परिवर्तनहरू गर्नुपरेको थियो, सोच्नुहोस् त! हामीमध्ये धेरैले आफूमा भएको खराब आनीबानी त्याग्नुपरेको थियो। (१ कोरि. ६:९-११) यहोवाको मदत पाएर त्यस्ता खराब आनीबानी त्याग्न सकेकोमा हामी कत्ति कृतज्ञ छौँ!
५. रोमी १२:२ ले बताएअनुसार हामीले कुन दुई वटा कदम चाल्नुपर्छ?
५ तर अबउसो हामीले कुनै परिवर्तन गर्नु पर्दैन भन्ने सोचाइ कहिल्यै राख्नु हुँदैन। हुनत हामीले पहिला गर्ने गरेका गम्भीर पापहरू बप्तिस्मा गर्नुअघि नै छोडिसक्यौँ। तर ती पापहरूमा फेरि फस्न हामीलाई लोभ्याउन सक्ने जुनसुकै कुराहरूबाट अलग्गै बस्न हामीले अहिले पनि भरमग्दुर प्रयास गरिरहनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ? पावल यस्तो जवाफ दिन्छन्: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्।” (रोमी १२:२) हो, हामीले दुइटा कदम चाल्नुपर्छ। पहिलो, हामी यस संसारको ‘चालढालअनुसार चल्न छोड्नुपर्छ’ अर्थात् यस संसारले दिने आकारमा ढालिनु हुँदैन। दोस्रो, आफ्नो सोचाइ नयाँ बनाएर हामी “पूरै परिवर्तन” हुनुपर्छ।
६. येसुले मत्ति १२:४३-४५ मा भन्नुभएका शब्दहरूबाट हामी कुन कुरा सिक्छौँ?
६ यहाँ पावलले बताएको परिवर्तन बाहिरी रूपमा देखिने सतही परिवर्तन मात्र होइन। बरु यस्तो परिवर्तनले हाम्रो नसा-नसालाई छुन्छ। (“पूरै परिवर्तन कि भेष परिवर्तन” भन्ने पेटी हेर्नुहोस्) हामीले आफ्नो सोचाइ नयाँ बनाउनुपर्छ। मतलब, हामीले आफ्नो भित्री मनोभाव, भावना र झुकावलाई परिवर्तन गर्नुपर्छ। त्यसैले हामी प्रत्येकले आफूलाई यस्तो प्रश्न सोध्नुपर्छ, ‘ख्रिष्टको अनुकरण गर्न मैले गरेका परिवर्तनहरू मुखौटो लगाएको जस्तो मात्र भएको छ कि मैले मेरो मन र सोचाइलाई समेत परिवर्तन गरिरहेको छु?’ यी दुई कुराबीच आकाश-जमीनको भिन्नता छ। मत्ति १२:४३-४५ मा येसुले भन्नुभएका शब्दहरूबाट हामीले के गर्नुपर्छ भनेर बुझ्न सक्छौँ। (पढ्नुहोस्) यी शब्दहरूमा यो गहन सत्य लुकेको छ: हामीले गलत सोचाइहरू हटाउनु मात्र पर्याप्त छैन तर त्यसको ठाउँमा परमेश्वरलाई मन पर्ने सोचाइ भर्नु पनि पर्छ।
-