-
“आत्मामा जोशिलो होओ”प्रहरीधरहरा—२००९ | अक्टोबर १
-
-
९. पावल आत्मा-अभिषिक्त ख्रीष्टियानहरूलाई शरीरका अंगहरूसित किन तुलना गर्छन्?
९ रोमी १२:४, ५, ९, १० पढ्नुहोस्। पावल अभिषिक्त ख्रीष्टियानहरूलाई शरीरका अंगहरूसित तुलना गर्छन् जो तिनीहरूका शिर ख्रीष्टसित एक भई सेवा गर्छन्। (कल. १:१८) जसरी शरीरमा विभिन्न काम गर्ने थुप्रै अंग हुन्छन्, “त्यसरीनै हामी जो धेरै छौं, . . . ख्रीष्टको एउटै शरीर हौं” भनी तिनी आत्मा-अभिषिक्त ख्रीष्टियानहरूलाई स्मरण गराउँछन्। त्यसैगरि, पावलले एफिससका अभिषिक्त ख्रीष्टियानहरूलाई यस्तो अर्ती दिए: “हामी सबै कुरामा उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दै जाऔं, जो शिर हुनुहुन्छ, जसबाट प्रत्येक भागलाई ठीक नापको कामबमोजिम प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले सारा शरीर ठीक-ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”—एफि. ४:१५, १६.
-
-
“आत्मामा जोशिलो होओ”प्रहरीधरहरा—२००९ | अक्टोबर १
-
-
११. हाम्रो एकता कुन कुरामा आधारित छ अनि पावलले अर्को के सल्लाह दिए?
११ यस्तो एकता प्रेममा आधारित छ जुन “सिद्धताको गाँठो” हो। (कल. ३:१४) यसलाई जोड दिंदै पावलले रोमी अध्याय १२ मा हाम्रो प्रेम “निष्कपटको” हुनुपर्छ र “भ्रातृप्रेममा एक दोस्रोतर्फ मायालु” हुनुपर्छ भने। यसो गर्दा आपसमा आदर गर्न सकिन्छ। प्रेरित पावल भन्छन्: “मानमा एउटाले अर्कोको बढता कदर गर।” त्यसो भन्दैमा प्रेमलाई भावुकतासित गाँस्न पटक्कै मिल्दैन। मण्डलीलाई सफा राख्न हामीले सकेजति सबै गर्नुपर्छ। प्रेमबारे सल्लाह दिंदै पावलले अझै भने: “जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।”
-