प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ४९ points १-६
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
  • जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ४९ points १-६
पाठ ४९. एक जवान दम्पतीले पाको उमेरका आनन्दित दम्पतीलाई हेर्छन्‌।

पाठ ४९

तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

नवविवाहित दम्पतीहरूले विवाहको दिनमा अनुभव गरेको आनन्द सधैँभरि रहने आशा गर्छन्‌ अनि यो सम्भव छ। लामो समयदेखि वैवाहिक जीवन बिताइरहेका र बाइबल सिद्धान्तहरू लागू गर्न मेहनत गरिरहेका ख्रिष्टियन दम्पतीहरूले यो कुरा बुझेका छन्‌।

१. बाइबलले पतिहरूलाई कस्तो सल्लाह दिन्छ?

यहोवाले पतिलाई परिवारको शिर नियुक्‍त गर्नुभएको छ। (एफिसी ५:२३ पढ्‌नुहोस्‌।) तिनले परिवारको हित हुने निर्णयहरू गरेको उहाँ चाहनुहुन्छ। बाइबलले पतिहरूलाई यस्तो सल्लाह दिन्छ: “आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो।” (एफिसी ५:२५) यसको अर्थ के हो? मायालु पतिले पत्नीसित सधैँ दयालु व्यवहार गर्छन्‌, चाहे घरमा हुँदा होस्‌ वा अरूसामु। तिनी पत्नीलाई खतराहरूदेखि जोगाउँछन्‌ अनि उनको शारीरिक र भावनात्मक आवश्‍यकता पूरा गर्न सक्दो प्रयास गर्छन्‌। (१ तिमोथि ५:८) सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी पत्नीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न नेतृत्व लिन्छन्‌। (मत्ति ४:४) उदाहरणको लागि, तिनी पत्नीसित मिलेर प्रार्थना गर्न र बाइबल पढ्‌न सक्छन्‌। तिनले पत्नीको मायालु हेरविचार गर्दा यहोवासितको आफ्नो सम्बन्ध पनि बलियो बनाइरहेका हुन्छन्‌।—१ पत्रुस ३:७ पढ्‌नुहोस्‌।

२. बाइबलले पत्नीहरूलाई कस्तो सल्लाह दिन्छ?

परमेश्‍वरको वचनले भन्छ: “पत्नीले . . . आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।” (एफिसी ५:३३) उनले कसरी त्यसो गर्न सक्छिन्‌? उनले पतिका असल गुणहरूबारे सोच्न सक्छिन्‌। पतिले उनको र छोराछोरीको हेरचाह गर्न गरेको मेहनतबारे पनि उनले विचार गर्न सक्छिन्‌। उनले पतिका निर्णयहरूलाई समर्थन गरेर, तिनीसित दयालुपूर्वक बोलेर र तिनीबारे अरूसित असल कुरा गरेर तिनको आदर गरेको देखाउन सक्छिन्‌। पति यहोवाका उपासक होइनन्‌ भने पनि उनलाई यो सल्लाह लागू हुन्छ।

३. दम्पतीहरूले कसरी वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छन्‌?

विवाहित दम्पतीबारे बाइबलले भन्छ: “ती दुई एउटै शरीर हुन्छन्‌।” (मत्ति १९:५) यसको मतलब तिनीहरूले एकअर्काबीचको प्रेमलाई कमजोर बनाउन सक्ने जुनसुकै झुकाव हटाउन हरप्रयास गर्नुपर्छ। तिनीहरूले कसरी त्यसो गर्न सक्छन्‌? नियमित रूपमा एकअर्कासित समय बिताएर अनि मायालुपूर्वक आफ्नो विचार र भावना खुलस्त रूपमा व्यक्‍त गरेर। तिनीहरू यहोवासितको सम्बन्धलाई बाहेक कुनै पनि कुरालाई वा कसैलाई आफ्नो जोडीभन्दा महत्त्वपूर्ण ठान्दैनन्‌। तिनीहरू आफ्नो पति वा पत्नीबाहेक अरू कसैसित ज्यादै नजिक नहुन हरप्रयास गर्छन्‌।

अझ खोतल्नुहोस्‌

कस्ता बाइबल सिद्धान्तले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छन्‌, थाह पाउनुहोस्‌।

एक दम्पती मायालुपूर्वक हात समाउँछन्‌ र एकअर्कालाई हेरेर मुस्कुराउँछन्‌। चित्रहरूको सँगालो: आनन्दित दम्पतीहरूले आफ्नो वैवाहिक सम्बन्ध विभिन्‍न तरिकामा बलियो बनाउँछन्‌। यस पाठमा दृश्‍यहरू दोहोरिएका छन्‌।

४. पतिहरू हो, आफ्नी पत्नीलाई प्रेम गर्नुहोस्‌ र उनको राम्ररी हेरविचार गर्नुहोस्‌

बाइबलले भन्छ: “पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।” (एफिसी ५:२८, २९) यसको अर्थ के हो? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: पतिहरू हो! आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌ (९:५३)

  • पतिले पत्नीलाई प्रेम गरेको र उनको हेरचाह गरेको कुन-कुन तरिकामा देखाउन सक्छन्‌?

कलस्सी ३:१२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पतिले वैवाहिक जीवनमा यी गुणहरू कसरी देखाउन सक्छन्‌?

एक पति खाटमा ढल्किरहेकी बिरामी पत्नीको लागि चिया ल्याउँदै छन्‌। पति र पत्नी मिलेर भाँडा माझ्दै र पुछ्‌दै छन्‌। पति र पत्नी बाइबल अध्ययन गर्दै छन्‌। पति र पत्नी साइकल चलाउँदै छन्‌। पति र पत्नी कुनै समस्याबारे कुरा गर्दै छन्‌।

५. पत्नीहरू हो, आफ्नो पतिलाई प्रेम र आदर गर्नुहोस्‌

पति यहोवाका सेवक होऊन्‌ या नहोऊन्‌, तिनको आदर गर्न बाइबलले पत्नीलाई प्रोत्साहन दिन्छ। पहिलो पत्रुस ३:१, २ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • तपाईँको पतिले अहिले यहोवाको उपासना गर्दैनन्‌ होला। तैपनि भविष्यमा तिनले पनि यहोवाको उपासना गरेको तपाईँ पक्कै चाहनुहुन्छ। तपाईँको विचारमा तिनलाई हरबखत सुसमाचार सुनाउँदा प्रभाव पर्छ कि असल चालचलन र गहिरो आदर देखाउँदा? किन?

पति र पत्नी मिलेर सही निर्णयहरू गर्न सक्छन्‌। तर कहिलेकाहीँ पत्नी आफ्नो पतिको कुरासित सहमत नहुन सक्छिन्‌। त्यतिबेला उनले शान्तपूर्वक र आदरपूर्वक आफ्नो विचार बताउन सक्छिन्‌। तर के गर्दा परिवारको हित हुन्छ भनेर निर्णय गर्ने जिम्मेवारी यहोवाले पतिलाई दिनुभएको छ भनेर उनले स्विकार्नुपर्छ। उनले पतिको निर्णयलाई समर्थन गर्न सक्दो प्रयास गर्नुपर्छ। उनले त्यसो गर्दा परिवारमा सबै जना खुसी हुन्छन्‌। पहिलो पत्रुस ३:३-५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पत्नीले पतिको आदर गर्दा यहोवालाई कस्तो लाग्छ?

६. तपाईँ वैवाहिक जीवनमा आउने समस्याहरू समाधान गर्न सक्नुहुन्छ

वैवाहिक जीवनमा समस्याहरू त पक्कै आउँछन्‌। त्यसैले दुवैले मिलेर समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: वैवाहिक बन्धन बलियो बनाउनुहोस्‌ (५:४४)

  • भिडियोमा देखाइएका पतिपत्नीबीचको सम्बन्ध चिसिँदै गएका सङ्‌केतहरू के-के थिए?

  • तिनीहरूले वैवाहिक सम्बन्ध बलियो बनाउन कस्ता कदम चाले?

पहिलो कोरिन्थी १०:२४ र कलस्सी ३:१३ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यो सल्लाह लागू गर्दा वैवाहिक सम्बन्ध कसरी बलियो हुन्छ?

हामीले एकअर्काको आदर गर्नुपर्छ भनेर बाइबलले बताउँछ। आदर गर्नुमा अर्को व्यक्‍तिसित दयालु र मर्यादित व्यवहार गर्नु समावेश छ। रोमी १२:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के पति वा पत्नीले आफ्नो विवाहित जोडीले आदर गरेपछि मात्र आदर गर्छु भन्‍ने सोचाइ राख्नु उचित हो? तपाईँलाई किन त्यस्तो लाग्छ?

कोही-कोही भन्छन्‌: “हामीबीच पहिलाजस्तो माया-प्रेम छैन।”

  • बाइबलले तिनीहरूलाई मदत गर्न सक्छ भनेर तपाईँ कसरी बुझाउन सक्नुहुन्छ?

सारांश

पति र पत्नीले एकअर्कालाई प्रेम र आदर गर्दा अनि बाइबलका सिद्धान्तहरू लागू गर्दा आनन्दित हुन सक्छन्‌।

तपाईँले के सिक्नुभयो?

  • सुखी वैवाहिक जीवनको लागि पतिले के गर्न सक्छन्‌?

  • सुखी वैवाहिक जीवनको लागि पत्नीले के गर्न सक्छिन्‌?

  • तपाईँ विवाहित हुनुहुन्छ भने कुन बाइबल सिद्धान्तले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

पारिवारिक जीवन कसरी सुखी बनाउन सकिन्छ भन्‍ने विषयमा केही व्यावहारिक सुझाव पढ्‌नुहोस्‌।

सुखी परिवार—तर कसरी? (पुस्तिका)

वैवाहिक जीवनमा यहोवाको सल्लाह लागू गर्दा पाइने आशिष्‌हरूबारे प्रस्ट पार्ने म्युजिक भिडियो हेर्नुहोस्‌।

हाम्रो गहिरो माया (४:२६)

पतिको शिरत्वको अधीनमा बस्नु भनेको के हो, केलाउनुहोस्‌।

“स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?” (प्रहरीधरहरा, मे १, २०१०)

एक दम्पतीले सम्बन्धविच्छेदजस्ता गम्भीर समस्याहरू कसरी समाधान गर्न सके?

परमेश्‍वरको मदतले हाम्रो वैवाहिक सम्बन्ध फेरि जोड्‌न सक्यौँ (५:१४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने