प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमीहरूले सबै भन्दा उत्तम समाचार पाउँछन्‌
    प्रहरीधरहरा—१९९० | अगस्त १
    • पावलको दिनमा, रोम राजनैतिक शक्‍तिको एउटा केन्द्र थियो। यसकारण, पावलले बुद्धिमानी साथ, मसीहीहरूलाई यो सल्लाह दिनु भयो: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वर बाहेक अरूको अख्तियार हुँदैन।” (रोमी १३:१) मसीहीहरूको आपसी व्यवहार पनि धार्मिकता अनुसार जीवन बिताउनु पर्ने एउटा भाग हो। “आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहोओ, किनभने आफ्नो छिमेकीलाई प्रेम गर्ने [मानिसले] व्यवस्था पूरा गरेको हुन्छ।”—रोमी १३:८.

  • रोमीहरूले सबै भन्दा उत्तम समाचार पाउँछन्‌
    प्रहरीधरहरा—१९९० | अगस्त १
    • [पेटी/चित्र]

      “परमेश्‍वर बाहेक अरूको [सांसारिक] अख्तियार हुँदैन।” यसको अर्थ, प्रत्यक शासकलाई परमेश्‍वरले नियुक्‍त गर्नु भएको होइन। सांसारिक शासकहरूले शासन गर्ने अनुमति मात्र परमेश्‍वरबाट पाएकाछन्‌। धेरै यस्ता परिस्थितिहरू पनि थिए, जहाँ मानव शासकहरू बारे परमेश्‍वरलाई अग्रिम ज्ञान थियो र तिनीहरू बारे उहाँले अगमवाणी गर्नुभयो र यस प्रकार, तिनीहरू “परमेश्‍वरबाट खटिएका” भए।—रोमी १३:१.

      [पेटी/चित्र]

      “येशू ख्रीष्टलाई धारण गर।” भनेर मसीहीहरूलाई आदेश दिइएको छ। यसको अर्थ, तिनीहरूले “शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी” नगरी, येशूको पाइलामा हिड़दै, आफ्नो जीवनमा शारीरिक कुराहरूलाई भन्दा अध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिनु हो।—रोमी १३:१४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने