प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उच्च अख्तियारवालाहरूको भूमिका
    प्रहरीधरहरा—१९९१ | जून १
    • साँचो मसीहीहरू ‘अख्तियारवालाको विरोध गर्दैनन्‌’

      ३, ४. (क) क्रान्तिलाई बढ़ावा दिने मसीही भनाउँदाहरूले कुन सिद्धान्तहरू भङ्‌ग गर्दैछन्‌? (ख) यहोवाका साक्षीहरूको विषयमा एक जना व्यक्‍तिले के थाहा लगाए?

      ३ पहिलो शताब्दीमा, आफ्ना चेलाहरूवारे येशूले भन्‍नुभयो: “तिनीहरू संसारका होइनन्‌ जस्तो म होइन।” (यूहन्‍ना १७:१४) आफूलाई मसीही कहलाउने कसैले पनि क्रान्तिलाई सघाउ पुर्‌याउँछ भने त्यो निश्‍चय संसारको भाग हो। त्यो येशूको चेला होइन, नता त्यो “उच्च अख्तियारवालाहरूका अधीनमा बसेको हुनेछ।” (रोमी १३:१) त्यसताले प्रेरित पावलको यस चेताउनीलाई ध्यान दिएमा असल हुनेछ: “अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्‍वरको धार्मिक विधानको विरोध गर्दछ, औ जस जसले विरोध गर्दछन्‌, तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्‌।”—रोमी १३:२.

      ४ मसीही जगतमा भएका धेरै मानिसहरू जस्ता न भएर, यहोवाका साक्षीहरू हात-हतियारसित कुनै सरोकार राख्दैनन्‌। एक जना मानिसले युरोपमा यो कुरा पत्ता लगाए। तिनले यसरी लेखेकाछन्‌: “धर्म र राजनीतिले ल्याएको फल देखेर, स्थापित सामाजिक व्यवस्थालाई भताभुङ्‌ग पार्नकालागि मैले आफूलाई समर्पण गरें। म एउटा आतङ्‌ककारी समूहमा सम्मिलित भएँ र सबै किसिमका हात-हतियारहरू चलाउने तालिम पाएँ; र मैले धेरै हतियारबन्द डकैतीहरूमा भागलिएँ। मेरो जीवन निरन्तर जोखिममा थियो। समय बित्दै जाँदा यो स्पष्ट भयो कि हामी एउटा जित्न नसक्ने युद्ध लड़िरहेका थियौं। म एउटा निरुत्साहित मानिस भएँ जसलाई आशारहित जीवनले घेरेको थियो। तब एक जना साक्षीले हाम्रो ढोका घच्‌घच्याइन्‌। तिनले मलाई परमेश्‍वरको राज्यवारे भनिन्‌। त्यो एउटा व्यर्थको कुरा लागेर मैले मेरी श्रीमतीलाई सुन्‍नु भनी सल्लाह दिएँ। उनले सुनिन्‌ र गृह बाइबल अध्ययन शुरू भयो। अन्तमा अध्ययनमा उपस्थित हुन मपनि तयार भएँ। मानवजातिलाई दुष्ट्याइँतर्फ घचेटने शक्‍तिवारे जानकारी पाउँदा, जुन आराम अनुभव मैले गरें त्यसलाई म शब्दमा व्यक्‍त गर्न सक्‍तिन। राज्यको अद्‌भुत प्रतिज्ञाले मलाई बाँच्ने आशा र जीवनमा एउटा उद्देश्‍य दिएको छ।”

      ५. मसीहीहरू उच्च अख्तियारवालाहरूका अधीनमा शान्तिपूर्वक किन बस्दछन्‌, र कहिलेसम्म यसो हुनेछ?

      ५ मसीहीहरू परमेश्‍वर र ख्रीष्टका राजदूत वा प्रतिनिधिहरू हुन्‌। (यशैया ६१:१, २; २ कोरिन्थी ५:२०; एफिसी ६:१९, २०) तसर्थ, यस संसारका सङ्‌घर्षमा तिनीहरू तटस्थ रहन्छन्‌। कुनै राजनीतिक प्रणाली आर्थिक दृष्टिले अरू भन्दा बढ़ी सफल देखिएतापनि, अनि कुनैले अरूभन्दा बढ़ी स्वतन्त्रा दिएतापनि, मसीहीहरू कुनै एउटा प्रणालीलाई अर्को भन्दा उच्च ठान्दैनन्‌ नता त्यसको सिफारिसनै गर्दछन्‌। तिनीहरूलाई थाह छ कि यी सबै प्रणालीहरू असिद्ध छन्‌। परमेश्‍वरको राज्य नआउञ्जेलसम्म यी प्रणालीहरू चलिरहनु “परमेश्‍वरको प्रबन्ध हो।” (दानियल २:४४) यसकारण, मसीहीहरू सुसमाचार प्रचार गरेर अरूको अनन्त भलाइका कामलाई अघि बढ़ाउँदै, अख्तियारवालाहरूका अधीनमा रहेर शान्तिपूर्वक बस्दछन्‌।—मत्ती २४:१४; १ पत्रुस ३:११, १२.

  • उच्च अख्तियारवालाहरूको भूमिका
    प्रहरीधरहरा—१९९१ | जून १
    • ७. कसैले कानून उल्लङ्‌घन गर्छ भने, त्यसलाई सजाय दिने अधिकर कसको हुन्छ र किन?

      ७ धेरैजसो सरकारहरूले भन्‍नेछन्‌ कि तिनीहरूका कानूनहरूको उद्देश्‍य प्राय: एउटै हुन्छ, अर्थात्‌ नागरिकहरूको भलाइ गर्नु र समाजमा राम्रो सुव्यवस्थाको बृद्धि गराउनु। त्यसकारण, तिनीहरूले हत्या, चोरी जस्ता असामाजिक कार्य गर्नेहरूलाई दण्ड दिन्छन्‌, र बाहनको गति सीमा र बाहन बिसाउने ठाउँ सम्बन्धी नियमहरू बनाउँछन्‌। जाना-जानी कसैले ती नियमहरू भङ्‌ग गर्छन्‌ भने, त्यसले अख्तियारवालाको विरोध गरेको हुन्छ र त्यसले “दण्डको आज्ञा” पाउनेछ। दण्डको आज्ञा कसबाट? परमेश्‍वरबाटनै हुनु कुनै जरुरी छैन। यहाँ न्याय भनेर अनुवाद गरिएको युनानी शब्दले यहोवाबाट आउने न्याय भन्दा निजामती कार्यप्रणालीलाई सङ्‌केत गरेको हुनसक्‍तछ। (१ कोरिन्थी ६:७ सँग तुलना गर्नु होस्‌) कसैले गैर कानुनी काम गर्दछ भने, त्यसलाई दण्ड दिने अधिकार उच्च अख्तियारवालाको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने