प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • ३. बिलामको चाल कुन हदसम्म सफल भयो?

      ३ के यो चाल सफल भयो? हो, केही हदसम्म सफल भयो। हजारौं इस्राएली पुरुषहरू यो चारोको लोभमा परे अनि तिनीहरूले “मोआबका छोरीहरूसँग व्यभिचार गर्नलागे।” यहाँसम्म कि तिनीहरूले मोआबी देवता अनि घिनलाग्दो बाल देवताको उपासनासमेत गर्न थाले, जो प्रजनन-क्षमता अर्थात्‌ कामवासनाका देवता थिए। परिणामस्वरूप २४,००० इस्राएलीहरू प्रतिज्ञा गरिएको देशको छेवैमा मारिए। कस्तो दुःखलाग्दो घटना!—गन्ती २५:१-९.

  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • ४. हजारौं इस्राएलीहरू अनैतिकताको पासोमा किन फसे?

      ४ इस्राएलीहरूलाई यस्तो दुःखद मार्गमा लैजाने वास्तविक कारण आखिरमा के थियो? धेरैजसो इस्राएलीहरू यहोवाबाट टाढिइसकेका थिए। तिनीहरू आफ्नो हृदय कठोर पारेर दुष्ट भइसकेका थिए। तिनीहरूले परमेश्‍वरलाई पिठिउँ फर्काए जसले तिनीहरूलाई मिश्रबाट छुटाउनुभएको थियो, उजाडस्थानमा खाना दिनुभएको थियो अनि सकुशल प्रतिज्ञा गरिएको देशको सिमानासम्म डोऱ्‍याउनुभएको थियो। (हिब्रू ३:१२) उक्‍त घटनालाई सम्झँदै प्रेषित पावलले यस्तो लेखे: “तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध राखे र एकै दिनमा तेइस हजार मारिए; हामीचाहिं तिनीहरूले जस्तो अवैध यौनसम्बन्ध नराखौं।” a—१ कोरिन्थी १०:८.

  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • a यी तेइस हजार मानिसहरूलाई यहोवा स्वयम्‌ले मृत्युदण्ड दिनुभएको थियो। गन्तीको किताबमा मर्नेहरूको संख्या २४,००० भनेर उल्लेख गरिएको छ। त्यो तथ्याङ्‌कमा ‘मानिसहरूका नायकेहरू’ पनि समावेश भएको हुन सक्छ जसको सङ्‌ख्या १,००० थियो। ती नायकेहरूलाई न्यायकर्ताहरूले मृत्युदण्ड दिएका थिए।—गन्ती २५:४, ५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने