-
हामी कसरी सही निर्णय गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. अरूको अन्तस्करणको कदर गर्नुहोस्
मानिसहरूको निर्णय फरक-फरक हुन सक्छ। हामी अरूको अन्तस्करणको कदर गरेको कसरी देखाउन सक्छौँ? यी दुइटा परिस्थिति विचार गर्नुहोस्:
परिस्थिति १: मेकअप गर्न मन पराउने एउटी बहिनी अर्को मण्डलीमा सर्छिन्। तर त्यस मण्डलीका थुप्रै बहिनीलाई अरूले मेकअप गरेको देख्दा अप्ठ्यारो लाग्छ।
रोमी १५:१ र १ कोरिन्थी १०:२३, २४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती बहिनीले कस्तो निर्णय गर्लिन्? तपाईँको अन्तस्करणले कुनै कुरा गर्न दिन्छ तर तपाईँसँगै भएको व्यक्तिको अन्तस्करणले दिँदैन भने तपाईँ के गर्नुहुनेछ?
परिस्थिति २: एक जना भाइलाई बाइबलले ठिक्क मात्रामा रक्सी पिउन निषेध गरेको छैन भनेर थाह छ। तैपनि तिनी रक्सी पटक्कै नपिउने निर्णय गर्छन्। तिनलाई एउटा जमघटमा बोलाइन्छ र त्यहाँ तिनले अरू भाइहरूले रक्सी पिइरहेको देख्छन्।
उपदेशक ७:१६ र रोमी १४:१, १० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती भाइले कस्तो निर्णय गर्लान्? तपाईँको अन्तस्करणले गर्न नदिने कुरा अर्को व्यक्तिले गरिरहेको देख्दा तपाईँ के गर्नुहुनेछ?
सही निर्णय गर्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ?
१. के गर्ने भनी निर्णय गर्न यहोवासित मदत माग्नुहोस्।—याकुब १:५.
२. कस्ता सिद्धान्त लागू हुन्छन् भनेर थाह पाउन बाइबल र बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। तपाईँ अनुभवी ख्रिष्टियनहरूसित पनि सल्लाह माग्न सक्नुहुन्छ।
३. तपाईँको निर्णयले आफ्नो र अरूको अन्तस्करणमा पार्ने असरबारे सोच्नुहोस्।
-
-
तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
६. तपाईँ वैवाहिक जीवनमा आउने समस्याहरू समाधान गर्न सक्नुहुन्छ
वैवाहिक जीवनमा समस्याहरू त पक्कै आउँछन्। त्यसैले दुवैले मिलेर समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ। भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका पतिपत्नीबीचको सम्बन्ध चिसिँदै गएका सङ्केतहरू के-के थिए?
तिनीहरूले वैवाहिक सम्बन्ध बलियो बनाउन कस्ता कदम चाले?
पहिलो कोरिन्थी १०:२४ र कलस्सी ३:१३ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
यो सल्लाह लागू गर्दा वैवाहिक सम्बन्ध कसरी बलियो हुन्छ?
हामीले एकअर्काको आदर गर्नुपर्छ भनेर बाइबलले बताउँछ। आदर गर्नुमा अर्को व्यक्तिसित दयालु र मर्यादित व्यवहार गर्नु समावेश छ। रोमी १२:१० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के पति वा पत्नीले आफ्नो विवाहित जोडीले आदर गरेपछि मात्र आदर गर्छु भन्ने सोचाइ राख्नु उचित हो? तपाईँलाई किन त्यस्तो लाग्छ?
-
-
हामीले आफ्नो पहिरन र रूपरङ्गमा किन ध्यान दिनुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
कस्तो लुगा लगाउने र कोरीबाटी गर्ने भन्ने विषयमा हामी सबैको आ-आफ्नै रुचि छ। हामीले बाइबलका केही आधारभूत सिद्धान्त पालन गऱ्यौँ भने आफ्नो रुचिको पहिरन लगाउनुका साथै यहोवालाई पनि खुसी बनाउन सक्छौँ।
१. हामीले पहिरन र कोरीबाटी छान्दा कस्ता सिद्धान्त विचार गर्नुपर्छ?
हामीले “शालीनतासाथ र सुझबुझ चलाउँदै भद्र पहिरन” छान्नुपर्छ र आफ्नो रूपरङ्ग सफा राख्नुपर्छ। यसो गऱ्यौँ भने हामी “परमेश्वरको भक्ति” गर्छौँ भनेर अरूले देख्नेछन्। (१ तिमोथि २:९, १०) यी चार वटा सिद्धान्त विचार गर्नुहोस्: (१) हाम्रो पहिरन “भद्र” हुनुपर्छ। तपाईँले मण्डलीका सभाहरूमा यहोवाका सेवकहरूको रुचि फरकफरक छन् भन्ने कुरा देख्नुभएको होला। तर हाम्रो पहिरन र कोरीबाटीबाट हामी उहाँको आदर गर्छौँ भनेर देखिन्छ। (२) “शालीन” पहिरन भनेको अरूमा यौन उत्तेजना नजगाउने र आफूतर्फ बढ्तै ध्यान नखिच्ने रूपरङ्ग हो। (३) हामी पहिरन र कोरीबाटीको सन्दर्भमा “सुझबुझ” चलाउँछौँ भने हरेक स्टाइल वा फेसनको पछि लाग्दैनौँ। (४) हाम्रो रूपरङ्गबाट हामी “परमेश्वरको भक्ति” गर्छौँ अर्थात् साँचो परमेश्वर यहोवाको उपासना गर्छौँ भनेर सधैँ प्रस्टै देखिनुपर्छ।—१ कोरिन्थी १०:३१.
२. हाम्रो रूपरङ्गले सङ्गी उपासकहरूमा कस्तो असर पार्न सक्छ?
हुनत हामीसित कस्तो लुगा लगाउने भनेर छनौट गर्ने स्वतन्त्रता छ तर हाम्रो रूपरङ्गले अरूमा कस्तो असर पार्न सक्छ भनेर विचार पुऱ्याउनुपर्छ। हामी कसैलाई पनि ठेस नपुऱ्याउन सक्दो कोसिस गर्छौँ। बरु ‘आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पार्न’ हरप्रयास गर्छौँ।—रोमी १५:१, २ पढ्नुहोस्।
३. हाम्रो रूपरङ्गले कसरी अरूलाई साँचो उपासनातर्फ आकर्षित गर्न सक्छ?
हुनत हामी सधैँ भद्र पहिरन लगाउन कोसिस गर्छौँ तर मण्डलीका सभाहरूमा उपस्थित हुँदा र सुसमाचार सुनाउने काममा भाग लिँदा आफ्नो पहिरनमा विशेष ध्यान दिन्छौँ। हाम्रो पहिरनले गर्दा हामीले सुनाउने महत्त्वपूर्ण सन्देशदेखि मानिसहरूको ध्यान खलबलिएको चाहँदैनौँ। बरु हाम्रो रूपरङ्गले गर्दा मानिसहरू सत्यतर्फ आकर्षित भएको र यसले “हाम्रा उद्धारक, परमेश्वरको शिक्षाको शोभा” बढाएको चाहन्छौँ।—तितस २:१०.
अझ खोतल्नुहोस्
हाम्रो पहिरन र रूपरङ्ग ख्रिष्टियनहरूको लागि उपयुक्त छ कि छैन भनेर कसरी पक्का गर्न सक्छौँ, बुझ्नुहोस्।
हाम्रो रूपरङ्गबाट हामी अख्तियारवालाहरूको आदर गर्छौँ कि गर्दैनौँ भनेर देखिन सक्छ। यहोवाले हाम्रो हृदयको कुरा देख्न सक्नुहुने भए तापनि हामीले आफ्नो रूपरङ्गबाट उहाँको आदर गरेको देखाउनुपर्छ
४. सफा र चिटिक्क रूपरङ्गले यहोवाप्रतिको आदर झल्काउँछ
हाम्रो रूपरङ्गमा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण के हो? भजन ४७:२ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
हामी यहोवाको नामद्वारा चिनिने भएकोले पहिरन छान्ने सन्दर्भमा कस्तो निर्णय गर्नुपर्छ?
के तपाईँलाई मण्डलीका सभाहरूमा उपस्थित हुँदा र सुसमाचार सुनाउने काममा भाग लिँदा हामीले आफ्नो रूपरङ्गलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?
५. पहिरन र कोरीबाटीको सन्दर्भमा सही छनौट गर्नुहोस्
हाम्रा लुगाहरू महँगा होऊन् वा सस्ता, ती सफा र अवसर सुहाउँदो हुनुपर्छ। पहिलो कोरिन्थी १०:२४ र १ तिमोथि २:९, १० पढ्नुहोस्। त्यसपछि हामी किन तल बताइएका जस्ता लुगा लगाउन चाहँदैनौँ, छलफल गर्नुहोस्:
ह्वार्ल्याङ्ग परेको वा अति नै अनौपचारिक देखिने किसिमको।
टिमिक्क कस्सिने, अङ्ग प्रदर्शन हुने वा यौन उत्तेजना जगाउने किसिमको।
हुनत ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नु पर्दैन तर यसले यहोवाको सोचाइ बुझ्न मदत गर्छ। व्यवस्था २२:५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
हाम्रो पहिरन र कोरीबाटी किन पुरुषहरूलाई स्त्रीहरूजस्तो र स्त्रीहरूलाई पुरुषहरूजस्तो देखाउने किसिमको हुनु हुँदैन?
पहिलो कोरिन्थी १०:३२, ३३ र १ युहन्ना २:१५, १६ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
हाम्रो रूपरङ्गले गर्दा टोलछिमेकमा वा मण्डलीमा कसैलाई ठेस नपुगोस् भनेर किन विचार पुऱ्याउनुपर्छ?
तपाईँको टोलछिमेकका मानिसहरू सामान्यतया के-कस्ता पहिरन लगाउँछन् र कोरीबाटी गर्छन्?
के तपाईँलाई तीमध्ये कुनै-कुनै पहिरन र कोरीबाटी ख्रिष्टियनहरूलाई उपयुक्त हुँदैन जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?
हामीले यहोवालाई स्वीकार्य विभिन्न किसिमको पहिरन र कोरीबाटी रोज्न सक्छौँ
कोही-कोही भन्छन्: “मलाई जे मन पर्छ, त्यही लगाउँछु। यो मेरो अधिकार हो।”
के तपाईँलाई पनि त्यस्तै लाग्छ? किन?
सारांश
हामीले आफ्नो रूपरङ्गको सन्दर्भमा सही छनौट गर्दा यहोवा र अरूको आदर गरेको देखाइरहेका हुन्छौँ।
तपाईँले के सिक्नुभयो?
यहोवा हाम्रो पहिरन र कोरीबाटीमा किन चासो लिनुहुन्छ?
हामीले आफ्नो रूपरङ्गको सन्दर्भमा कस्ता सिद्धान्त विचार गरेर निर्णय गर्नुपर्छ?
हाम्रो रूपरङ्गले साँचो उपासनाप्रति अरूको दृष्टिकोणमा कस्तो असर पार्न सक्छ?
अझ धेरै जान्नुहोस्
तपाईँको पहिरन देख्दा अरूले तपाईँबारे कस्तो सोचाइ राख्न सक्छन्, थाह पाउनुहोस्।
तपाईँले ट्याटु खोप्ने सन्दर्भमा राम्ररी सोचविचार गर्नु किन महत्त्वपूर्ण छ, बुझ्नुहोस्।
“बाइबलले जीउमा कुनै किसिमको आकृति खोप्नेबारे के भन्छ?” (jw.org को लेख)
हामीलाई सही निर्णय गर्न मदत गर्ने अरू सिद्धान्त विचार गर्नुहोस्।
“के तपाईँको पहिरनले परमेश्वरको महिमा गर्छ?” (प्रहरीधरहरा, सेप्टेम्बर २०१६)
परमेश्वरलाई खुसी बनाउन चाहने एउटी स्त्रीले रूपरङ्गबारे अरूको छनौटप्रति सन्तुलित दृष्टिकोण राख्न कसरी सिकिन्?
“मैले पहिरन र कोरीबाटीप्रति आफ्नो दृष्टिकोण सच्याउनुपर्थ्यो” (ब्यूँझनुहोस्!, डिसेम्बर २२, २००३)
-