प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
    प्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
    • ३ “जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभए पछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नु भयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभए पछि, कचौरा लिएर यसो भन्‍नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्ने गर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।’—१ कोरिन्थी ११:२३-२६.a

  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
    प्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
    • ३ “जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभए पछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नु भयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभए पछि, कचौरा लिएर यसो भन्‍नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्ने गर। किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।’—१ कोरिन्थी ११:२३-२६.a

  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
    प्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
    • “यस्को अर्थ मेरो शरीर हो”

      ५, ६. (क) रोटी लिएर येशूले के गर्नु भयो? (ख) उहाँले कुन प्रकारको रोटी प्रयोग गर्नु भयो?

      ५ स्मरणार्थको सम्बन्धमा पावलले “प्रभुबाट जे” पाएका थिए, त्यसको विषयमा हामीले पढ़ेका छौं। यस बारे सुसमाचारका तीन जना अरू लेखकहरूले पनि विवरण दिएका छन्‌ र ती मध्य एक जना ता येशूले यो उत्सवको स्थापना गर्नु हुँदा उपस्थित थिए। (१ कोरिन्थी ११:२३; मत्ती २६:२६-२९; मर्कूस १४:२२-२५; लूका २२:१९, २०) यी तीनै विवरण अनुसार, येशूले पहिले रोटी लिनु भयो, प्रार्थना गर्नु भयो र त्यस पछि रोटी भँचाएर बाँटी दिनु भयो। त्यो रोटी के थियो? त्यसको ठाउँमा आज के प्रयोग गरिन्छ? त्यसले के लाई प्रतिनिधित्व गर्छ?

      ६ त्यहाँ येशूको सामने यहूदी निस्तार चाड़मा प्रयोग हुने सामग्रीहरू मध्य अखमिरी रोटी थियो जसलाई मोशाले “कष्टको रोटी” भने। (व्यवस्थाविवरण १६:३; प्रस्थान १२:८) यस प्रकारको रोटी गहुँले बनेको हुन्‌थियो जसमा नून, खमीर अथवा अरू कुनै मसाला मिसाएको हुँदैन थियो। अखमिरी भएको हुनाले, (हिब्रूमा मात्साह) रोटी चेप्टो र टुक्रेर जाने खालको हुन्‌थियो; त्यसलाई भाँचेर खानु पर्थियो।—मर्कूस ६:४१; ८:६; प्रेरित २७:३५.

      ७. स्मरणार्थको अवसरमा यहोवाका साक्षीहरूले कस्तो रोटी प्रयोग गर्छन्‌?

      ७ प्रभुको साँझको भोजमा येशूले अखमिरी रोटी प्रयोग गर्नु भएको थियो र आज यहोवाका साक्षीहरूले पनि त्यसै गर्छन्‌। जौ, प्याज अथवा अदुवा र अरू मसालाहरू प्रयोग गरिएका छैनन्‌ भने, यहूदीहरूले साधारणतया खाने मात्सोथ भए काम चल्छ। (माथि उल्लेखित मसालाहरू प्रयोग गरेर बनाइएको मात्सोथ “कष्टको रोटी” हुनै सक्दैन.) अथवा मण्डलीका प्राचीनहरूले कसैलाई गहुँ र पानीसित अखमिरी रोटी पकाउन लाउन सक्छन्‌। गहुँ पाइँदैन भने, जौ, चामल, मकै अथवा अरू कुनै अन्‍नले अखमिरी रोटी बनाए हुन्छ। पातलो गरेर बेले पछि त्यसलाई एउटा तावामा पकाउन सकिन्छ।

      ८. अखमिरी रोटी एउटा सुहाउँदो प्रतिक किन हो र त्यसबाट खानुको अर्थ के हो? (हिब्रू १०:५-७; १ पत्रुस ४:१)

      ८ खमीर न भएको यस प्रकारको रोटी सुहाउँदो हुनेछ किनभने बाइबलमा खराबी अथवा पापको प्रतिनिधित्व खमीरले गर्दछ। मण्डलीका एक जना अनैतिक मानिसको विषयमा पावलले एसो भने: ‘अलिकता खमीरले जम्मै ढिकालाई खमीरी बनाइहाल्छ भन्‍ने के तिमीहरूलाई थाह छैन? पूरानो खमीरलाई निकाल, र तिमीहरू विना खमीरका भएझैं नया ढिका बन। किनभने हाम्रो निस्तार चाड़को बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ। यसकारण हामी नता पुरानो खमीरले, न कुकर्म र दुष्टताको खमीरले, तर निष्कपट र सत्यताको अखमिरी रोटीले चाड़ मनाऔं।’ (१ कोरिन्थी ५:६-८; मत्ती १३:३३; १६:६, १२ सँग तुलना गर्नुहोस्‌) अखमिरी रोटी येशूको शरीरको एउटा सुहाउँदो प्रतिक हो किनभने उहाँ “पवित्र, निष्कपट, निष्कलङ्‌क, पापीहरूबाट अलग हुनुभएको” थियो। (हिब्रू ७:२६) येशू आफ्नो सिद्ध देह साथ उपस्थित हुनु भएकै बेलामा, उहाँले आफ्ना प्रेरितहरूलाई एसो भन्‍नु भएको थियो: “लेओ, खाओ, यस्को अर्थ मेरो शरीर हो।” (मत्ती २६:२६, ए न्यु ट्रान्सलेशन अफ दी बाइबल, बाइ जेम्स मोफेट) त्यो रोटी खानुको अर्थ त्यो व्यक्‍तिले येशूको बलिदानबाट हुने लाभमा विश्‍वास गर्नु हो र त्यसलाई स्वीकार पनि गर्नु हो। तर यति मात्र होइन।

  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
    प्रहरीधरहरा—१९९१ | फेब्रुअरी १
    • a “जुन रात उहाँ पक्राउ पर्नु भयो, प्रभु येशूले रोटी लिनु भयो; धन्यबाद दिनु हुँदै, त्यसलाई भाँच्नुभयो र एसो भन्‍नु भयो: ‘तिमीहरूका लागि यो मेरो शरीर हो; मेरो सम्झनामा यो गर्ने गर।’ त्यसैगरी खाइसक्नु भएपछि, कचौरा लिनुभएर यसो भन्‍नु भयो: ‘यो कचौरा नया करार हो; मेरो सम्झनामा प्रत्यक चोटी पिउने गर।’”—एन एक्सप्यानडेड प्याराफ्रेस अफ दी एपिसल्स अफ पल, बाइ एफ. एफ. ब्रुस.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने