प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌
    प्रहरीधरहरा—२००९ | डिसेम्बर १
    • १३. (क) सन्‌ २०१० को वार्षिक पद के हो? (ख) कुन अर्थमा प्रेम कहिल्यै टल्दैन?

      १३ यसपछि पावलले प्रेम के हो र के होइन भनेर व्याख्या गरे। ( १ कोरिन्थी १३:४-८ पढ्‌नुहोस्‌) प्रेमको सम्बन्धमा तपाईंले कस्तो गरिरहनुभएको छ, अब केलाउनुहोस्‌। मुख्यतया पद ७ र पद ८ का सुरुका अभिव्यक्‍तिहरूलाई विचार गर्नुहोस्‌: ‘प्रेमले सबै कुरा सहन्छ। प्रेम कहिल्यै टल्दैन।’ यो सन्‌ २०१० को वार्षिक पद हो। ख्रीष्टियान मण्डली स्थापना भएको सुरु-सुरुतिर प्रयोग गरिएका अगमवाणी गर्ने र विभिन्‍न भाषामा बोल्नेजस्ता आत्माका वरदानहरू रद्दी तुल्याइने छन्‌ भनेर पावलले पद ८ मा बताएको कुरालाई याद गर्नुहोस्‌। तिनीहरू बन्द हुने थिए। तर प्रेम भने सधैं रहनेछ। यहोवा प्रेमको मूल सार हुनुहुन्छ र उहाँ अनन्त हुनुहुन्छ। त्यसैले प्रेम कहिल्यै टल्दैन वा अन्त हुँदैन। अनन्त परमेश्‍वरको एउटा गुणको रूपमा यो सधैंभरि रहिरहनेछ।—१ यूह. ४:८.

  • कहिल्यै नटल्ने प्रेम खेती गर्नुहोस्‌
    प्रहरीधरहरा—२००९ | डिसेम्बर १
    • प्रेम कहिल्यै टल्दैन

      २०, २१. (क) प्रेम किन सर्वोत्कृष्ट छ? (ख) तपाईं किन प्रेमको मार्ग पछ्याउन दृढ हुनुहुन्छ?

      २० प्रेमको उत्तम मार्ग पछ्याउनु बुद्धिमानी कुरा हो भनेर आज हामी यहोवाका जनहरूमाझ देख्छौं। साँच्चै, सबै परिस्थितिमा यो सर्वोत्कृष्ट छ। प्रेरित पावलले यस सत्यलाई कसरी जोड दिए याद गर्नुहोस्‌। पहिला तिनले आत्माको वरदान रद्दी हुन्छ र ख्रीष्टियान मण्डली बाल्यावस्थाबाट बढेर परिपक्व अवस्थामा पुग्छ भनी बताए। त्यसपछि यी शब्दहरूद्वारा आफ्नो कुरा टुङ्‌ग्याए: “तर विश्‍वास, आशा, प्रेम, यी तीन रहन्छन्‌, र यिनमा सर्वोत्तमचाहिं प्रेम हो।”—१ कोरि. १३:१३.

      २१ अन्ततः हामीले विश्‍वास गरेका कुराहरू यथार्थमा परिणत हुनेछन्‌ र तिनीहरूमा विश्‍वास गर्नुपर्ने छैन। सबै कुरा नयाँ भइसकेपछि हामीले पूरा भएको हेर्न चाहेका प्रतिज्ञाहरूमा आशा गर्नुपर्ने छैन। तर प्रेम नि? यो कहिल्यै टल्ने वा अन्त हुने छैन; रहिरहनेछ। अनन्त जीवनलाई मनमा राख्दा हामीले पक्कै पनि परमेश्‍वरको प्रेमका अझ धेरै पक्ष देख्ने र बुझ्ने छौं। कहिल्यै नटल्ने प्रेमको उत्तम मार्ग पछ्याउने सम्बन्धमा परमेश्‍वरको इच्छाबमोजिम गर्दा तपाईं सधैंभरि रहन सक्नुहुनेछ।—१ यूह. २:१७. ( w 09 12/15)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने