प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 सेप्टेम्बर p. २७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “मरेकाहरू . . . बिउँताइनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • फेरि जन्मनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 सेप्टेम्बर p. २७
ज्योतिको चमकले दृष्टि गुमाएका सावल भुईँमा लडिरहेका छन्‌। तिनको वरिपरि अरू यहुदीहरू छन्‌।

पाठकहरूको प्रश्‍न

प्रेषित पावलले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भन्दा के भन्‍न खोज्दै थिए? (१ कोरिन्थी १५:८)

पहिलो कोरिन्थी १५:८ मा पावलले यसो भने: “अन्तमा उहाँ मकहाँ पनि देखा पर्नुभयो। त्यसैले म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ।” विगतमा हामीले यस पदमा पावलले येसुको स्वर्गीय महिमाको दर्शन पाउँदा आफूले अनुभव गरेको कुरा बताएका हुन सक्छन्‌ भनेर व्याख्या गर्दै आएका थियौँ। मानौँ, तिनले स्वर्गीय पुनर्जीवन सुरु हुनुभन्दा सयौँ वर्षअघि नै त्यस्तो सुअवसर पाए; यस अर्थमा तिनी ‘बेला नपुगी जन्मिए।’ तर यस पदको थप अध्ययन गर्दा हाम्रो बुझाइमा केही छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखियो।

हो, यहाँ पावलले आफू ख्रिष्टियन बन्दा के भएको थियो भनेर बताइरहेका थिए। तर तिनले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भन्दा के भन्‍न खोज्दै थिए? तिनको यस भनाइको केही सम्भावित अर्थबारे विचार गरौँ।

पावल अचानक ख्रिष्टियन बने अनि तिनको त्यो अनुभव पीडादायी र स्तब्ध पार्ने किसिमको थियो। कुनै बच्चा महिना नपुगी जन्मँदा त्यो प्रायजसो आश्‍चर्यकै कुरा हुन्छ। सावल (जो पछि पावल बने) ख्रिष्टियनहरूलाई खेदो गर्न दमिसकतर्फ जाँदै गर्दा तिनले फेरि जीवित हुनुभएका येसुको दर्शन देख्छु भनेर आसै गरेका थिएनन्‌। पावल यसरी ख्रिष्टियन बन्‍नु तिनको लागि मात्र नभई ती ख्रिष्टियनहरूको लागि पनि आश्‍चर्यलाग्दो कुरा थियो, जसको तिनी खेदो गर्न जाँदै थिए। तिनको त्यो अनुभव पीडादायी र स्तब्ध पार्ने किसिमको थियो। तिनले केही समयको लागि आफ्नो दृष्टि गुमाए।—प्रेषि. ९:१-९, १७-१९.

तिनी “गलत समयमा” ख्रिष्टियन बनेका थिए। ‘बेला नपुगी जन्मनु’ भनेर अनुवाद गरिएको मौलिक ग्रीक शब्दलाई “गलत समयमा जन्मनु” भनेर पनि अनुवाद गर्न सकिन्छ। द जेरुसलेम बाइबल-मा यस पदलाई यसरी लेखिएको छ: “मानौँ, म कसैले आसै नगरेको समयमा जन्मिएँ।” पावल ख्रिष्टियन बनेको समयसम्ममा येसु स्वर्ग फर्किसक्नुभएको थियो। पहिलो कोरिन्थी १५:८ का अघिल्ला पदहरूमा उल्लेख गरिएका चेलाहरूले जस्तै पावलले फेरि जीवित हुनुभएका येसुलाई देख्न पाएका थिएनन्‌। (१ कोरि. १५:४-८) येसु अप्रत्याशित रूपमा देखा पर्नुभएकोले त्यो “गलत समय”-जस्तो देखिए तापनि पावलले उहाँलाई देख्ने मौका पाए।

तिनले आफैलाई तुच्छ ठानिरहेका थिए। केही बाइबलविद्‌अनुसार पावलले यहाँ आफैलाई तुच्छ देखाउने किसिमको अभिव्यक्‍ति चलाएका हुन सक्छन्‌। यदि त्यसो हो भने पावलले आफू प्रेषित हुन लायकको छैन भन्‍ने कुरा नम्र भई स्विकारिरहेका थिए। हुन पनि तिनले यसपछिका पदहरूमा यसो भने: “प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्डलीको खेदो गरेँ। तर म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हुँ।”—१ कोरि. १५:९, १०.

निष्कर्षमा भन्‍नुपर्दा, पावलले यहाँ येसु आफूसामु अचानक, आसै नगरेको समयमा देखा पर्नुभएको, आफू अप्रत्याशित समयमा ख्रिष्टियन बनेको वा यस्तो भव्य दर्शन पाउन आफू लायकको नभएको कुरालाई सङ्‌केत गरेका हुन सक्छन्‌। जेहोस्‌, पावल आफूले पाएको यस सुअवसरको मोल गर्थे। यस घटनाले गर्दा येसु मृत्युबाट ब्युँतनुभयो भन्‍ने कुरामा तिनी शतप्रतिशत पक्का भए। त्यसैले मानिसहरूलाई येसु फेरि जीवित हुनुभएको विषयमा साक्षी दिँदा तिनी अक्सर यस अप्रत्याशित घटनाबारे पनि बताउने गर्थे।—प्रेषि. २२:६-११; २६:१३-१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने