-
“नामेट हुने शत्रु, मृत्यु हो”प्रहरीधरहरा—१९९८ | जुलाई १
-
-
१० यहाँ उल्लेख गरिएको “अन्त” ख्रीष्टको हजार वर्षीय राज्य सकेपछि हुन्छ, जुनबेला येशूले विनम्रता अनि वफादारीपूर्वक परमेश्वर आफ्नो पितालाई राज्य फर्काउनुहुन्छ। (प्रकाश २०:४) ‘सबै कुरा ख्रीष्टमा गाभ्ने’ परमेश्वरको उद्देश्य त्यतिबेलासम्म पूरा भइसकेको हुनेछ। (एफिसी १:९, १०) तथापि, त्यसअघि ख्रीष्टले परमेश्वरको सार्वभौमिकताको विरोध गर्ने “सारा अख्तियार र शक्ति” नष्ट गर्नुहुनेछ। यो आरमागेडोनको युद्धमै नष्ट भइजाने कुरा होइन। येशूले त्योभन्दा ठूलो विनाश गर्नुहुनेछ। (प्रकाश १६:१६; १९:११-२१) पावल भन्छन्: “[ख्रीष्टले] सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२५, २६) हो, आदमले गर्दा भोग्नुपरेको पाप र मृत्यु त्यसका पूरै परिणामसमेत हटाइनेछन्। यसको मतलब परमेश्वरले “चिहानमा” हुनेहरूलाई पुनः जीवित पारेको हुनुपऱ्यो।—यूहन्ना ५:२८.
-
-
“नामेट हुने शत्रु, मृत्यु हो”प्रहरीधरहरा—१९९८ | जुलाई १
-
-
१५. पुनरुत्थान हुनेहरूको “पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम . . . इन्साफ” हुनेछ भनेको के हो?
१५ अनि पुनरुत्थान हुनेहरूको “पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम . . . इन्साफ” कसरी हुनेछ? यी पुस्तकहरू पहिले पहिले गरेका कामहरूको खाता होइन। किनकि कुनै पनि व्यक्ति मरेपछि जीवनभर गरेका सम्पूर्ण पापदेखि मुक्त हुन्छ। (रोमी ६:७, २३) तथापि, पुनरुत्थान भएका मानिसहरू अझै पनि आदमको पापको वशमा हुन्छन्। तसर्थ माथि उल्लेख गरिएको पुस्तक पक्कै पनि येशू ख्रीष्टको बलिदानको पूर्णतया लाभ उठाउन पालन गर्नुपर्ने ईश्वरीय निर्देशनहरूको पुस्तक हुनुपर्छ। आदमको पाप जरैदेखि हटेपछि मात्र पूर्णतया ‘मृत्युलाई नामेट’ गरिनेछ। हजार वर्षको अन्तपछि परमेश्वर “सबै थोकको सर्वेसर्वा” हुनुहुनेछ। (१ कोरिन्थी १५:२८, नयाँ संशोधित संस्करण) त्यसउप्रान्त मानिसजातिलाई प्रधानपूजाहारी वा छुटकाराको मोल तिरिदिने व्यक्तिको आवश्यक पर्नेछैन। आदम पहिले जत्तिको सिद्ध थियो, सबै जना त्यत्तिकै सिद्ध हुनेछन्।
-