-
रोमी इतिहासबाट पाठप्रहरीधरहरा—२००२ | जून १५
-
-
रोमी इतिहासबाट पाठ
“मैले एफिससमा जङ्गली जानवरहरूसित मानिसको चालामा लडेको भएदेखि।” कतिपय मानिसहरू १ कोरिन्थी १५:३२ ले पावललाई रोमको रंगशालामा भिड्ने सजाय दिइएको थियो भन्न खोजेको हो भन्ने सोचाइ राख्छन्। चाहे तिनले भिडेका हुन् वा नहुन्, त्यो समयमा रंगशालामा नमरुन्जेलसम्म लडिरहनु सामान्य कुरा थियो। रंगशाला र त्यहाँ हुने घटनाहरूबारे इतिहासले के बताउँछ?
-
-
रोमी इतिहासबाट पाठप्रहरीधरहरा—२००२ | जून १५
-
-
तपाईं सोध्नुहोला, ‘ती तरबारबाजहरू को थिए?’ तिनीहरू खेलबाट उत्तेजित भएका वा मान तथा धन कमाउने लोभमा फसेकाहरू तथा दास, मृत्युदण्ड दिइएका अपराधी, युद्धबन्दीहरू हुन्थे। सबैलाई झ्यालखानाजस्तो स्कूलमा प्रशिक्षण दिइन्थ्यो। जोकी इ स्पेट्टाकोली (खेल तथा तमासाहरू) भन्ने पुस्तकले बताएअनुसार प्रशिक्षण लिइरहेका तरबारबाजहरूलाई “सधैं पहरा दिएर राखिन्थ्यो र असाध्यै कडा अनुशासन तथा नियम र अत्यन्तै कठोर सजाय दिइन्थ्यो . . . यस्तो व्यवहारले गर्दा थुप्रैले आत्महत्या वा विद्रोह गर्थे।” तरबारबाज बन्नको लागि प्रशिक्षण दिइने रोमको सबैभन्दा ठूलो स्कूलमा कम्तीमा पनि एक हजार जना अट्ने कोठरीहरू थिए। हरेक मानिसको आ-आफ्नै विशेषता हुन्थ्यो। कोही हातहतियार, ढाल र तरबार लिएर लड्थे भने कोही जाल र त्रिशुल लिएर लड्थे। अरू कोहीलाई चाहिं सिकार भनिने अर्को एउटा लोकप्रिय खेलमा जंगली जनावरसँग भिड्न लगाइन्थ्यो। के पावलले यस्तै घटनालाई संकेत गरिरहेका हुन सक्छन्?
-
-
रोमी इतिहासबाट पाठप्रहरीधरहरा—२००२ | जून १५
-
-
रंगशालामा बिहानको समय सिकार गर्नको लागि छुट्याइएको हुन्थ्यो। सबै प्रकारका जंगली जनावरहरूलाई रंगशालाभित्र हुल्न लगाइन्थ्यो। विशेष गरी, दर्शकहरू साँढे र भालुको भिडन्त हेर्न मन पराउँथे। प्रायजसो, दुवैलाई सँगै बाँधेर एउटा नमरुन्जेलसम्म तिनीहरूलाई लड्न लगाइन्थ्यो र बाँचेकोलाई चाहिं सिकारीले मार्थ्यो। अरू लोकप्रिय जोडीहरू सिंह तथा बाघ र हात्ती तथा भालुको हुन्थ्यो। जतिसुकै मूल्य परे तापनि सिकारीहरूले विभिन्न देशका कुनाकाप्चाबाट ल्याएका चितुवा, गैंडा, जलगैंडा, जिराफ, हुँडार, उँट, ब्वाँसो, बँदेल र मृगजस्ता विशेष जनावरहरू मार्ने कला प्रदर्शन गर्थे।
प्राकृतिक वातावरणले सिकारलाई अझै अविस्मरणीय बनाउँथ्यो। जंगलजस्तै देखाउनको लागि चट्टान, पोखरी र रूखहरू प्रयोग गरिन्थे। कुनै-कुनै रंगशालामा भूमिगत लिफ्ट वा बन्द ढोकापछाडिबाट जादूझैं गरी जनावरहरू देखा पर्थे। जनावरहरूको अप्रत्याशित स्वभावले खेल अझ चाखलाग्दो बनाउँथ्यो तर सिकारलाई अझै विशेष आकर्षक बनाउने कुरा त क्रूरता थियो।
-