-
‘इपिक्युरीहरूदेखि’ होशियार रहनुहोस्प्रहरीधरहरा—१९९७ | नोभेम्बर १
-
-
मृत्युपछि फेरि जीवन पाउनु सम्भव हुनसक्दैन भन्ने शिक्षा पनि इपिक्युरीहरूले सिकाए। यो पनि बाइबलले दिने पुनरुत्थानको शिक्षा विपरीत छ। वास्तवमा प्रेरित पावलले अरैयापागसमा पुनरुत्थानबारे कुरा गरिरहेको बेला पावलको शिक्षासित सहमत नहुनेहरूमध्ये शायद इपिक्युरीहरू पनि थिए।—प्रेरित १७:१८, ३१, ३२; १ कोरिन्थी १५:१२-१४.
इपिक्युरसको दर्शनको सबैभन्दा खतरनाक पक्ष शायद चालै नपाई बिस्तारै असर गर्ने खालको पनि थियो होला। मृत्युपछि जीवन रहँदैन भन्ने विचार भएको हुँदा दुइचार दिन बाँचुञ्जेल सकभर आनन्दित भएर बस्नुपर्छ भन्ने निष्कर्षमा तिनी पुगे। तथापि, तिनको विचार पापपूर्ण जीवन बिताउनैपर्छ भन्ने नभई मृत्युपछि जीवनै नभएकोले अहिल्यै जीवनको आनन्द उठाउनुपर्छ भन्ने थियो भनेर त हामीले माथि बुझिसक्यौं।
गुप्तमा गरेको पाप कसैले थाह पाउला भन्ने डरमा बाँच्नु पक्कै पनि वर्तमान आनन्दलाई खतरामा पार्नु हुने भएकोले गुप्तमा पाप गर्न पनि इपिक्युरसले सबैलाई निरुत्साहित पारे। अति विलासी हुँदा वर्तमान आनन्दमा धक्का पुग्ने हुँदा तिनले संयमी हुन पनि प्रोत्साहन दिए। अरूसित सुमधुर सम्बन्ध कायम गर्न पनि तिनले प्रोत्साहित गरे। किनकि यसो गर्दा अरूबाट पनि त्यस्तै सम्बन्धको आनन्द पाउन सकिन्थ्यो। हो, गुप्तमा पाप नगर्नु, संयमी हुनु र मित्रहरू बनाउनु पक्कै पनि सह्रानीय छन्। त्यसोभए, इपिक्युरसको दर्शन मसीहीहरूका लागि किन खतरनाक थियो? किनकि तिनको दर्शन यस्तो विश्वासरहित दृष्टिकोणमा आधारित थियो: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—१ कोरिन्थी १५:३२.
हो, अहिल्यै आनन्दपूर्वक जीवन कसरी बिताउनसकिन्छ, त्यसबारे बाइबलले पक्कै पनि बताएको छ। तथापि, बाइबल यस्तो चेताउनी पनि दिन्छ: “अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखिछोड़।” (यहूदा २१) हो, बाइबलले बित्दै गइरहको यस वर्तमानलाई होइन तर चिरकालीन भविष्यलाई बढ्ता जोड दिन्छ। मसीहीको लागि परमेश्वरको सेवा गर्नु ठूलो चासोको विषय हो र यसरी परमेश्वरलाई प्रथम स्थान दिंदा आनन्द र सन्तुष्टि पाइँदो रहेछ भनेर उसले महसुस गर्छ। येशू पनि आफ्ना व्यक्तिगत आकांक्षाहरू पूरा गर्नेतर्फ कहिल्यै लाग्नुभएन। बरु, निःस्वार्थपूर्वक यहोवाको सेवा गर्न र मानिसहरूलाई मदत गर्न आकाश जमीन एक गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई अरूबाट त्यस्तै व्यवहार होस् भन्ने आशा गरेर त होइन तर साँचो प्रेमको खातिर अरूको भलाइ गर्नू भनेर सिकाउनुभयो। अतः प्रष्ट छ, इपिक्युरीहरूको र मसीहीहरूको प्रेरणाको स्रोत नै पूर्णतया भिन्न छ।—मर्कूस १२:२८-३१; लूका ६:३२-३६; गलाती ५:१४; फिलिप्पी २:२-४.
-
-
‘इपिक्युरीहरूदेखि’ होशियार रहनुहोस्प्रहरीधरहरा—१९९७ | नोभेम्बर १
-
-
सा.यु. चौथो शताब्दीतिरै इपिक्युरी मत हराइसकेको भए तापनि मोज गर्ने समय अहिल्यै हो भन्ने तिनीहरूकै जस्तो विचारधारा अपनाउनेहरू आज पनि छन्। यी मानिसहरू अनन्त जीवनबारे परमेश्वरले गर्नुभएको प्रतिज्ञामा अलिकता वा पटक्कै विश्वास गर्दैनन्। यद्यपि, यिनीहरूमध्ये कसै कसैले राम्रै नैतिक स्तर कायम गरिरहेका होलान्।
अतः तिनीहरूसित घनिष्ठ हुने लालसा मसीहीहरूमा जाग्नसक्छ र बानिव्यहोरा राम्रै छ भने मित्र बनाउँदैमा के बिग्रन्छ र? भन्ने तर्क पनि मनमा उठ्नसक्छ। तथापि, चालै नपाउनेगरि असर गर्ने खालका चालचलन लगायत सबै खालका “खराब संगतले” “भला चालचलनलाई बिगार्दछ” भनी कहिल्यै बिर्सनु हुँदैन। यद्यपि, त्यसो भन्दैमा हामीले आफैलाई अरूभन्दा श्रेष्ठ ठान्नु हुँदैन।
मोज गर्ने समय अहिल्यै हो भन्ने दर्शन केही व्यापारिक सेमिनार, सहायक पुस्तकहरू, उपन्यासहरू, चलचित्रहरू, टेलिभिजन कार्यक्रमहरू तथा संगीतहरूमा पनि देखा पर्छ। सोझै पापपूर्ण आचरणहरू विकास गर्न बढावा नदिए तापनि के यस्ता विश्वासरहित दृष्टिकोणहरूले हामीलाई चालै नपाई असर नपार्लान् त? उदाहरणका लागि, आफ्नै सन्तुष्टिको मात्र विचार गर्न व्यस्त भएकोले यहोवाको सार्वभौमिकताको विवादलाई नै बिर्सन नपुग्ला त? “प्रभुको काममा प्रशस्त हुँदै” जानुको साटो ‘सेवकाईलाई हल्कासित लिनुपर्ला’ भन्ने तर्क हाम्रो मनमा नआउला र? अथवा यहोवाका स्तरहरू पालन गर्नु कत्तिको ठीक वा फाइदा होला भन्ने शंकामा परेर हामी बहकिन नपुगौंला र? अतः हामी घोर अनैतिक, हिंसात्मक तथा प्रेतवादी कुराहरूको प्रभावमा पर्नदेखि सतर्क रहनुका साथै सांसारिक विचारधाराहरूद्वारा प्रभावित मानिसहरूदेखि पनि होशियार रहनु आवश्यक छ।—१ कोरिन्थी १५:५८; कलस्सी २:८.
-