प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!
    प्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
    • त्यस्तो परिस्थितिको बावजूद विश्‍वासी चेलाहरू दृढ थिए। परमेश्‍वरमाथिको विश्‍वास बलियो भएको हुँदा पावलले जस्तै तिनीहरूले पनि यसो भन्‍नसक्थे: “यसकारण हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश भइरहेको हुन्छ, तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।” तर कुन कुराले गर्दा तिनीहरू दिनदिनै नयाँ हुनसके? पावलले अगाडि यसो भने: “किनभने हाम्रो छिनभरको हलुका कष्टले हाम्रो निम्ति झन्‌ बढ़ता गरेर महिमाको अनन्त बोझ उत्पन्‍न गरिदिन्छ। हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहन्छौं, किनभने देखिने कुराहरू लौकिक मात्र हुन्‌। तर नदेखिने कुराचाहिं अनन्त हुन्‌।”—२ कोरिन्थी ४:१६-१८.

  • पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!
    प्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
    • वर्तमान संकष्टलाई क्षणिक सम्झनुहोस्‌!

      हामीलाई मन परे पनि नपरे पनि हामी दिनहुँ आफूले देख्न नचाहेका कुराहरू देख्छौं। ऐनामा हेर्दा हामी आफ्नो शरीरमा मन नपरेको त्रुटि तथा दाग अर्थात्‌ शारीरिक असिद्धताका संकेतहरू देख्छौं। त्यस्तैगरि परमेश्‍वरको वचनको ऐनामा हेर्दा हामी आफ्नो र अरूको आध्यात्मिक त्रुटि तथा दागहरू देख्छौं। (याकूब १:२२-२५) अनि दैनिक समाचारपत्र पढ्‌दा वा टेलिभिजन हेर्दा हामी अन्याय, क्रूरता र दुर्घटनासम्बन्धी थुप्रै घटनाहरू देख्छौं, जसलाई हामी आफ्नो दिमागबाट पन्छाउन सक्दैनौं।

      आफूले देखेका कुराहरूले गर्दा हामी निराश होस्‌ वा महत्त्वपूर्ण कुराबाट हाम्रो ध्यान हटोस्‌ अनि विश्‍वासमा ढलपल होस्‌ भन्‍ने शैतान चाहन्छ। त्यसोभए यस्तो हुनबाट हामी आफूलाई कसरी जोगाउनसक्छौं? त्यसका लागि प्रेरित पत्रुसले सुझाउ दिएझैं हामीले येशू ख्रीष्टको अनुकरण गर्नुपर्छ। तिनले यसो भने: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) मसीही जीवनको हरेक पक्षमा येशू उत्तम नमुना हुनुहुन्थ्यो।

      येशू हाम्रो नमुना हुनुहुन्छ भनेर औंल्याउँदा पत्रुसले मुख्यतः येशूले दुःख भोग्नुभयो भन्‍ने कुरा उल्लेख गरे। निस्सन्देह, पृथ्वीमा हुनुहुँदा येशूले अचाक्ली दुःख भोग्नुभयो। मानवजाति सृष्टि हुँदा उहाँ यहोवाको “मुख्य कालिगढ” हुनुहुन्थ्यो। (हितोपदेश ८:३०, ३१, न्युव) अतः परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँलाई थाह थियो। पाप र असिद्धताले मानवजातिको के हाल बनायो, पृथ्वीमा हुनुहुँदा उहाँले प्रत्यक्ष देख्नुभयो। दिनहुँ उहाँले मानिसहरूको असिद्धता र कमजोरीहरू देख्नुका साथै त्यसको सामना पनि गर्नुपऱ्‍यो। ती सबै कुरा उहाँलाई पक्कै पनि असह्‍य भएको हुनुपर्छ।—मत्ती ९:३६; मर्कूस ६:३४.

      येशूले अरूको लगायत आफ्नै संकष्ट पनि भोग्नुभयो। (हिब्रू ५:७, ८) तर उहाँसित सिद्ध आध्यात्मिक दृष्टि भएकोले उहाँले ती संकष्टहरूलाई वास्ता गर्नुभएन। बरु निष्ठावान्‌ भएमा अमर जीवनद्वारा उच्च पारिने इनाममाथि आफ्नो ध्यान केन्द्रित गर्नुभयो। किनभने त्यस्तो इनाम पाएपछि उहाँले मसीही राजाको हैसियतमा पीडित मानवजातिलाई यहोवाको प्रारम्भिक उद्देश्‍यअनुरूप पतित अवस्थाबाट सिद्धतामा पुऱ्‍याउन सक्नुहुन्थ्यो। यसप्रकार यी अदृश्‍य भावी प्रत्याशाहरूमा आफ्नो ध्यान केन्द्रित गर्दा उहाँले दिनहुँ संकष्टको बावजूद आनन्दपूर्वक ईश्‍वरीय सेवा गर्ने मदत पाउनुभयो। वास्तवमा पछि पावलले लेखेझैं “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.

      कठिनाइ वा संकष्टमय परिस्थितिहरूले गर्दा येशू कहिल्यै निराश हुनुभएन, नता महत्त्वपूर्ण कुरालाई बिर्सेर विश्‍वासमै ढलपल हुनुभयो। अतः उहाँका चेलाहरूको हैसियतमा हामीले उहाँको अत्युत्तम नमुनाको अनुकरण गर्नैपर्छ।—मत्ती १६:२४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने